कनकाई खबर \ झापाको कनकाई ३ स्थित सुरुङ्गा निवासी ४८ वर्षिय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।
स्थानीय शान्तीटोल निवासी उप्रेती थरका ती पुरुषको उपचारका क्रममा विराटनगरमा निधन भएको बताइएको छ । चार दिनअघि कोरोना संक्रमण देखिएपछि उनलाई विर्तामोडस्थित एक हस्पिटलमा लगिएकोमा थप उपचारकालागि त्यहाँबाट बिराटनगर रेफर गरिएको थियो । उपचारकै क्रममा विराटनगरमा उनको मृत्यु भएको बताइएको छ ।
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts