Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा पूर्ण निषेधाज्ञा, आदेश उल्लंघन गरे कडा कारबाही
    राष्ट्रिय

    झापामा पूर्ण निषेधाज्ञा, आदेश उल्लंघन गरे कडा कारबाही

    कनकाई खबरBy कनकाई खबर२०७८ बैशाख २२, बुधबार ०५:२३ गते5 Mins Read

    झापा \ जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको छ । आज बुधबार मध्यरातिदेखि बैशाख ३१ गते मध्यरातिसम्म निषेधाज्ञा लागु हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले निकालेको आदेशमा उल्लेख छ ।

    झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि निषेधाज्ञा लगाइएको हो । जिल्ला प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन समेत निर्देशन दिएको छ । आदेशको उल्लंघन गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाइएको छ ।

    अत्यावश्यक सेवा बाहेकका सबै सवारी साधन र पसल समेत बन्द गरिएको छ । यसअघि झापामा बैशाख २६ गतेसम्म आंशिक निषेधाज्ञा कायम थियो । कोरोना संक्रमणको दर उच्च गतिमा बढेपछि तिमिल्सिनाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।

    आदेशमा यसो भनिएको छ –

    १. सर्वसाधारणका लागि
    – अत्यावश्यक काम (औषधि, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु वा सेवा खरिद) बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्कने ।
    – नेपाल सरकारद्वारा तोकिएको समाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्ड (नियमित रुपमा साबुन पानीले हात धुने, अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गर्ने) को अनिवार्य पालना गर्ने ।
    – हाट बजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायत भिडभाड हुने कार्य नगर्ने नगराउने ।
    – कोभिड–१९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारका कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्ने ।

    २. सरकारी/सार्वजनिक कार्यालय तथा बैंक÷वित्तीय संस्था सञ्चालन सम्बन्धमा

    – सरकारी र सार्वजनिक कार्यालय तथा बैंक÷वित्तीय संस्थाहरुमा अनावश्यक भिडभाड हुन नदिने र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालय आलोपालो पद्धति अनुसार कर्मचारी खटाई काम नियमित राख्ने व्यवस्था मिलाउने ।
    घरबाटै गर्न सकिने कामको हकमा ‘वर्क फ्रम होम’ को व्यवस्था गर्ने, यसरी आलोपालोमा अनुपस्थित हुने कर्मचारीको हकमा कार्यालय प्रमुखले कोभिड काज जनाउने । साथै, सरकारी, सार्वजनिक र अत्यावश्यक सेवाका कर्मचारीलाई कार्यालयको परिचय–पत्रका आधारमा सवारी साधन चलाउन पाइने ।

    ३. पसल तथा व्यवसाय सञ्चालन सम्बन्धमा

    – खाद्यवस्तु, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध डेरी, निर्माण सामग्री लगायत अत्यावश्यक पसल व्यवसायहरु बिहान ६ः०० बजेदेखि बिहान १०ः०० बजे सम्म सञ्चालन गर्ने । डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष मात्र बिहान ६ः०० बजेदेखि बिहान १०ः०० बजेसम्म सञ्चालन गर्ने । अन्य पसल व्यवसाय पूर्ण रुपले बन्द गर्ने । स्थानीयस्तरमा होम डेलिभरीका लागि आवश्यक व्यवस्था मिलाउन सकिनेछ ।

    – होटल तथा रेष्टुरेन्ट, मिठाई र चिया पसल समेत पूर्ण रुपले बन्द गर्ने । अनलाइन अर्डरका होम डेलिभरी तथा ग्राहक स्वयम् आएर प्याकिङ्ग गरी लैजाने ‘टेक अवे’ विधि प्रयोग गरी सञ्चालन गर्ने । होटलमा भेटघाट तथा जम्मा हुने गरी सेवा प्रदान गर्न नपाइने ।

    – सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, पार्क, सलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना, आदि सञ्चालन गर्न नपाइने ।

    ४. सवारी साधन सञ्चालन सम्बन्धमा

    – अत्यावश्यक सेवाहरु बाहेकका सबै प्रकारका सार्वजनिक एवम् निजी सवारी साधन मिति २०७८ बैशाख २२ गते राति १२ः०० बजे देखि बैशाख ३१ गते राति १२ बजेसम्म झापा जिल्लाभर सञ्चालनमा पूर्ण रुपले रोक लगाउने ।

    – अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, इन्धन तथा लुब्रिकेन्ट, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध, तथा दूग्धजन्य पदार्थ, पशुपंक्षी तथा पशुपंक्षीजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेको सवारी साधन, बैंक, वित्तीय संस्था, रेडक्रस, दूरसञ्चार, विद्युत, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाकसेवा लगायतका सवारी साधनहरु विषय उल्लेख गरी सञ्चालन गर्न पाउने ।

    ५. उद्योग, कल–कारखाना र निर्माण कार्य सञ्चालन सम्बन्धमा

    – उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सकेसम्म थोरै जनशक्तिबाट सञ्चालन गर्ने र त्यस्ता जनशक्तिलाई खान र बस्ने सुविधा उद्योग परिसरभित्रै मिलाउने, छुट्टै क्वारेन्टिनको व्यवस्था सम्बन्धित उद्योगले गर्ने ।
    – राष्ट्रिय गौरव र महत्वका आयोजना÷परियोजनाको निर्माण कार्यलाई निरन्तरता दिने । निर्माण सामग्री बोकेका सवारी साधन चल्न पाउने ।
    – सार्वजनिक तथा निजी निर्माण कार्य गराउँदा कामदारलाई निर्माणस्थलमा नै राख्ने व्यवस्था मिलाएर सञ्चालन गर्ने ।

    ६. विवाह तथा मृत्यु संस्कार सम्बन्धमा

    – विवाहको लागि बढीमा १० जनासम्म जन्ती जान आउन दुलाह दुलहीसहित २ वटा सवारी साधनमा ५÷५ जनासम्म व्यक्ति ब्यानर राखेर प्रयोग गरी जिल्लाभित्र वा अन्य जिल्लामा आवतजावत गर्नु पर्दा अनुमति पास आवश्यक नपर्ने ।
    – विवाह (दुलाह दुलहीसहित) तथा ब्रतबन्ध आयोजनाका लागि २५ जनाभन्दा बढी नहुने गरी सहभागी हुन पाउने ।

    – मृत्यु संस्कार, बिरामी कुरुवाको रुपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानु पर्दा सम्बन्धित व्यक्तिले उक्त व्यहोरा खुल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा सम्बन्धित स्थानीय तहको सिफारिस) सहित जिल्ला प्रशासन कार्यालयमा अनुमतिका लागि निवेदन पेस गर्नुपर्ने ।

    ७. सीमा नाका सम्बन्धमा

    – विश्वव्यापी रुपमा फैलिँदै गइरहेको कोभिड–१९ संक्रमण अत्यधिक बढिरहेकोले सोको नियन्त्रणका लागि सीमा नाका काँकरभिट्टाबाट विदेशी नागरिकको प्रवेश स्थगन गर्ने । आपूर्ति प्रणाली नियमित राख्न काँकरभिट्टा सीमा नाका यथावत सञ्चालन गर्ने । आपूर्ति प्रणाली सम्बद्ध ढुवानी साधनका चालक र सहचालकलाई स्वास्थ्य मापदण्ड पालना गर्ने गरी आवतजावत गर्न दिइने ।

    – काँकरभिट्टा नाकाबाट प्रवेश गर्ने नेपाली नागरिकहरुको अभिलेख राख्ने, एन्टिजेन परीक्षण गर्ने, परीक्षणबाट पोजिटिभ देखिएकालाई आवश्यकता अनुसार नजिकको आइसोलेसन केन्द्र वा मेची अस्पतालमा थप उपचार गराउने, नेगेटिभ देखिएकालाई आवश्यक समन्वय गरी निजको गन्तव्यमा पठाउने व्यवस्था मिलाउने । यसको जानकारी सम्बन्धित स्थानीय तहलाई गराउने ।

    ८. सभा सम्मेलनको हकमा

    – सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमिनार जस्ता कार्यहरु सञ्चालन गर्न नपाइने ।
    ९. विविध

    – सञ्चारकर्मी/पत्रकारको हकमा सूचना संकलन तथा सम्प्रेषण गर्न सूचना विभागले जारी गरेको परिचय–पत्र वा सम्बन्धित सञ्चार गृह वा पत्रकार महासंघको परिचयपत्रको आधारमा आवतजावत गर्न दिने ।
    – अत्यावश्यक उपयोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यबृद्धि गर्ने, जम्माखोरी गर्ने, लुकाउने वा आपूर्तिमा अवरोध गर्नेहरु उपर कानुन बमोजिम कडा कारबाही गर्ने ।

    १०. आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.