Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई खबरको क्यालेन्डर विमोचन साथै महासंघमा निर्वाचितलाई सम्मान
    समाचार

    कनकाई खबरको क्यालेन्डर विमोचन साथै महासंघमा निर्वाचितलाई सम्मान

    कनकाई खबरBy कनकाई खबर२०७८ बैशाख १२, आईतवार १०:५९ गते2 Mins Read

    शान्ता अधिकारी,
    कनकाई \ झापाको कनकाईमा प्रधान कार्यालय रहेको कनकाई खबर साप्ताहिकले नयाँ वर्षको अवसरमा प्रकाशन गरेको क्यालेन्डर( भित्ते पात्रो) को विमोचन गरिएको छ ।

    कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष समेत रहेका क्रियाशिल पत्रकार राम निरौलाको नेतृत्वमा स्थानीय अग्रज पत्रकार, लेखक, साहित्यकार लगायत अन्य सहयोगी शुभचिन्तकहरुको प्रत्यक्ष सहभागिता रहेको साप्ताहिक पत्रिकाको क्यालेन्डर कनकाई ४ का वडाअध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता गोविन्द पौडेलले विमोचन गरेका हुन् ।

    तीन वर्ष अघि मात्र कनकाईबाट प्रकाशन सुरु गरेको यस साप्ताहिक पत्रिकाले प्रकाशनको प्रारम्भदेखि नै पत्रकारीताको मूल धारमा रहेर गतिविधि गरेको भन्दै नगर प्रवक्ता पौडेलले खुशी व्यक्त गरेका छन् । छोटो समयमा नै प्रविधिको उच्चतम रुपमा प्रयोग गर्दै यस क्षेत्रको एउटा शसक्त संचारको माध्यम बन्न सफल भएको भन्दै नगर प्रवक्ता पौडेलले प्रकाशन समूहको सफलताको कामना गरेका छन् ।

    झापाका विभिन्न स्थानीय तहका पाठकहरुको हात हातमा पत्रिका पुर्याउँने प्रयासमा लागेको कनकाई खबरले प्रकाशन गरेको सचेतनामूलक क्यालेन्डर साप्ताहिक पत्रिकाको हकमा झापाकै पहिलो अभ्यास भएको प्रकाशन समूहको ठहर छ । प्रविधिको विकाससँगै कनकाई खबर डटकम न्युज पोर्टल मार्फत स्वदेश तथा विदेशमा समेत आफ्नो पहुँच कायम गर्न सफल भएको कनकाई खबर साप्ताहिकले आफ्ना पाठकलाई मोवायल सेटमा पनि ईपेपर मार्फत जुनसुकै देशमा पत्रिका पढ्न सक्ने व्यवस्था मिलाएको बताइएको छ ।

    कनकाई खबर साप्ताहिक तथा अनलाइन न्युज पोर्टलका सम्पादक तथा प्रकाशक एवम् कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कनकाई नगरपालिकाका प्रवक्ता गोविन्द पौडेलको प्रमुख आतिथ्य रहेको थियो ।

    कार्यक्रममा हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा १ नं. प्रदेशको कार्यसमिति सदस्यमा निर्वाचित झापाका क्रियाशिल पत्रकार सुरुङ्गा निवासी लिलाराज झापाली साथै प्रदेश पार्षदमा निर्वाचित डिल्लीराम घोर्साईँलाई आफ्नो गृहनगर कनकाईमा स्वागत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी नगर प्रवक्ता पौडेल, कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष राम निरौला, संस्थापक अध्यक्ष तीर्थराज खरेल, उपाध्यक्ष सावित्रा दहाल भट्टराई, सचिव मनोज बस्नेत, सदस्य चन्द्र बस्नेत लगायत प्रेस क्लवका अन्य पदाधिकारीहरुबाट समेत खादा र अविर लगाएर स्वागत सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्दै नवनिर्वाचित प्रदेश सदस्य झापालीले आफ्नो कार्यकालमा पत्रकारहरुको क्षमता अभिवृद्धिका साथै पेशागत हकहितकालागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

    कनकाई सुरुङ्गा प्रेस क्लवका सचिव मनोज बस्नेतले संचालन गरेको कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष एवम् कनकाई खबर साप्ताहिकका भाषा सम्पादक तीर्थराज खरेल, क्लवकी वर्तमान उपाध्यक्ष एवम् नारी संचार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दहाल भट्टराईले शुभकामना मन्तव्य राखेका थिए।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.