Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई भेट्रान कपः हाम्रो इटहरी फाइनल प्रवेश
    खेलकुद

    कनकाई भेट्रान कपः हाम्रो इटहरी फाइनल प्रवेश

    कनकाई खबरBy कनकाई खबर२०७८ बैशाख ९, बिहीबार १७:०५ गते2 Mins Read

    सुरुङ्गा \ सुनसरीको हाम्रो इटहरी भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

    बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा झापाको दुधे भेट्रान्स क्लबलाई १–० गोल अन्तरले हराउँदै हाम्रो इटहरीले फाइनलमा स्थान पक्का बनाएको हो ।

    खेलको पहिलो हाफमा हाम्रो इटहरीले गरेको एक गोल नै जितका लागि काफी भयो । खेलको २१ औँ मिनेटमा हाम्रो इटहरीका डेनिम राईले उत्कृष्ट गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । राईको करिब २५ यार्ड लामो फ्रिकिक प्रहारले सोझै जाली चुमेको थियो ।

    यसअघि १५ औँ मिनेटमा हाम्रो इटहरीका जोनी तामाङको प्रहार गोलबार छेउबाट बाहिरिएको थियो ।

    त्यस्तै, खेलको तेस्रो मिनेटमा दुधेका भीष्मप्रसाद खरेलको प्रहार गोलरक्षकले बचाएका थिए । प्रेम घिमिरेले सेन्टर लाइनभन्दा पछाडिबाट दिएको पास खरेलले हाम्रो इटहरीको रक्षापंक्ति बिट भएको मौकामा एक्लै गोल लिएर अघि बढेका थिए । तर, उनको प्रहार फितलो हुँदा गोलमा परिणत हुन सकेन ।

    त्यस्तै, छैटौँ मिनेटमा प्रेम घिमिरेको प्रहार हाम्रो इटहरीका गोल रक्षकको हातबाट फुस्किएपछि गरेको प्रहार गोल हुन सकेन । खेल मैदान हिलाम्मे भएका कारण खेलाडीले गोल नियन्त्रण लिन सकेका थिएनन् ।

    आजको खेलको म्यान अफ द म्याच हाम्रो इटहरीका रामशरण चौधरी घोषित भए । उनलाई ढुवानी व्यवसायी तथा फुटबलप्रेमी श्याम प्रसाईंले नगद दुई हजार रुपैयाँ प्रदान गरे ।

    शनिबार हुने फाइनल खेलमा हाम्रो इटहरीले आयोजक कनकाई भेट्रान्स क्लबको सामना गर्नेछ ।

    कनकाई भेट्रान्स क्लबको आयोजनामा कनकाई माविको खेल मैदानमा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार पाउँदा उपविजेताले नगद ६१ हजार र ट्रफी पाउनेछ ।f

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.