Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई भेट्रान्स कपः आयोजक फाइनल प्रवेश
    खेलकुद

    कनकाई भेट्रान्स कपः आयोजक फाइनल प्रवेश

    कनकाई खबरBy कनकाई खबर२०७८ बैशाख ८, बुधबार १५:५७ गते2 Mins Read

    कनकाई खबर \ आयोजक कनकाई भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

    बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरको विराट बुद्ध स्पोर्टिङ्ग क्लबलाई २–१ गोल अन्तरले हराउँदै आयोजक कनकाईले फाइनलमा स्थान पक्का बनाएको हो ।

    खेलको पहिलो हाफमा विराट बुद्धले अग्रता बनाए पनि दोस्रो हाफमा आयोजकले दुई गोल फर्काएको थियो । खेलको २९ औँ मिनेटमा विराट बुद्धका निराजन बस्नेतले उत्कृष्ट गोल गरेका थिए । कनकाईको रक्षापंक्ति बिट भएको मौकाको फाइदा उठाउँदै बस्नेतले गोल गरेका थिए ।

    त्यस्तै, ३४ औँ मिनेटमा विराट बुद्धका विराटकुमार भूजलको प्रहार कनकाईका गोल रक्षक सञ्जय ठाकुरले सुन्दर बचाउ गरेका थिए ।

    दोस्रो हाफमा भने आयोजक कनकाई लयमा फर्किएको थियो । खेलको ४९ औँ मिनेटमा कनकाईका रमेश गुरुङले पहिलो गोल गर्दै खेल बराबरीमा ल्याए । सन्तोष बस्नेतको पासमा गुरुङले बललाई पोस्टको दिशा दिएका थिए ।
    त्यस्तै, खेलको ६१ औँ मिनेटमा कनकाईले दोस्रो गोल गर्दै आफ्नो जित निश्चित गरेको थियो । रमेश गुरुङको पासमा राजु खड्काले गोल गरेका थिए ।

    ६२ औँ मिनेटमा कनकाईले दोस्रो गोल गरेपछि विराट बुद्धले खेल मैदान छोडेको थियो । म्याच रेफ्री लक्ष्मण जैसवालले विराट बुद्धलाई खेलमा फर्किन आग्रह गरे पनि नमानेपछि कनकाईले खेल जितेको निर्णय गरेका थिए ।

    यसैबीच, समय अवधि नसकिँदै खेल मैदान छाड्ने विराट बुद्धलाई झापा जिल्लाभरि कुनै पनि प्रतियोगितामा सहभागी नगराइने म्याच रेफ्रीले निर्णय गरेका छन् । आयोजक कनकाई भेट्रान्स क्लबले पनि निर्णायकको अन्तिम निर्णय नै आयोजकको निर्णय भएको जनाएको छ ।

    आजको खेलको म्यान अफ द म्याच आयोजक कनकाईका पूर्ण सुब्बा घोषित भए । उनलाई ढुवानी व्यवसायी तथा फुटबलप्रेमी श्याम प्रसाईंले नगद दुई हजार रुपैयाँ प्रदान गरे । कनकाईले फाइनल खेल दुधे र इटहरीबीचको विजेतासँग खेल्नेछ ।

    कनकाई भेट्रान्स क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार पाउँदा उपविजेताले नगद ६१ हजार र ट्रफी पाउनेछ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.