Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई उद्योग वाणिज्य संघमा चिमरीया निर्वाचित
    समाचार

    कनकाई उद्योग वाणिज्य संघमा चिमरीया निर्वाचित

    ramBy ram२०७५ पुष १३, शुक्रबार १४:२३ गते2 Mins Read

      कनकाई \ व्यवसायीहरुको साझा संस्था कनकाई उद्योग वाणिज्य संघको विहिवार सम्पन्न निर्वाचनवाट स्थानीय युवा व्यवसायी त्रिलोचन चिमरीया अध्यक्षमा निर्वाचित भएका छन् ।

        नेपाली कांग्रेसको नेतृत्वमा राप्रपा, संघिय समाजवादी फोरम र विवेकशिल साझा पार्टी सहितको समर्थन रहेको व्यवसायीहरुको लोकतान्त्रीक समावेशी समूहको नेतृत्व गरेका चिमरीयासहित उनको सम्पूर्ण टिम नै विजयी भएको हो । विहिवार रातभरी भएको मतगणनाको अन्तिम परिणाम शुक्रवार विहान १० वजे मात्र सार्वजनिक भएको हो ।

      नव निर्वाचित अध्यक्ष चिमरीयाले ७२७ मत प्राप्त गर्न सफल भएका छन् भने अध्यक्षका प्रत्याशी संयुक्त व्यवसायी प्यानलका मिनाल तिम्सिनाले ५११ मत प्राप्त गरेका छन् । मत परिणामलाई हेर्दा चिमरीया र तिम्सिना विच २ सय १६ मतको अन्तर रहेको देखिन्छ । वरिष्ठ उपाध्यक्षका लागि संयुक्त व्यवसायी प्यानलवाट सोमनाथ उप्रेती यस अघि नै निर्विरोध भइसकेका थिए ।

      त्यसैगरी कार्यसमितिको वाणिज्य उपाध्यक्षमा निर्वाचित अर्जुन वोहोराले ६५३ मत प्राप्त गरी विजय भएका छन् भने उनका प्रतिस्पर्धी कृष्णप्रसाद चुडालले ५५६ मत प्राप्त गरेका छन् । उद्योग उपाध्यक्षमा पुण्यप्रसाद सिटौलाले ६५४ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी अनिल गोयलले ५२४ मत प्राप्त गरेका छन् । महासचिवमा तुलसी विमलीले ८१४ मत प्राप्त गरी विजयी भए भने प्रतिस्पर्धी खिनमाया खतिवडाले ४१६ मत प्राप्त गरेकी छन् । वाणिज्य सचिवमा डम्वरप्रसाद प्रसाई(प्रकाश)ले ६३१ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिस्पर्धी विश्वविजय खरेलले ५६६ मत प्राप्त गरेका छन् ।

      उद्योग सचिवमा राजकुमार शाहले ६३४ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिस्पर्धी पदम ओलीले ५४५ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा भरतकुमार अधिकारीले ६९४ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिस्पर्धी अनिता मैनालीले ४२५ मत प्राप्त गरेकी छन् ।त्यसै गरी खुल्ला सदस्य तर्फ क्रमशः सन्तोष प्रसाईँले ७०९, भरत सापकोटाले ६०८, गंगाराम गजुरेल(सञ्जय)ले ६५२, झलक सिटौलाले ६९२, माधव पोखरेलले ६३० , दिपक खतिवडाले ६२० मत प्राप्त गरी विजयी भएका छन् भने महिला सदस्यमा भुमा गौतमले ६३१, शान्तादेवी अधिकारीले ७०५ र तारामाया राईले ६०७ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिका संयोजक प्रेमप्रसाद चुडालले वताएका छन् ।

       खुल्ला सदस्य तर्फका प्रतिस्पर्धी सुवास डाँगीले४९५, गोविन्द सुवेदीले ५१९, टंकप्रसाद भट्टराईले ४७५, उत्सव वास्तोलाले ४९३, श्रीप्रसाद खरेलले ५८०, नवराज सुवेदीले ४८७ मत प्राप्त गरेका छन् । त्यस्तै महिला तर्फका प्रतिस्पर्धी लक्ष्मी वस्नेतले ४९९, चित्रकुमारी श्रेष्ठले ४८५ र निर्मला चाम्लिङ्ले ५६५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । निर्वाचनका लागि संस्थाका पूर्व अध्यक्ष तथा एसोसिएट सदस्य साथै व्यवसायी सहित जम्मा १३ सय ८७ व्यवसायीहरु मतदाताका रुपमा रहेका थिए भने १२ सय ६१ मत मात्र खसेको वताइएको छ ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.