Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई भेट्रान कपमा आयोजक विजयी
    खेलकुद

    कनकाई भेट्रान कपमा आयोजक विजयी

    कनकाई खबरBy कनकाई खबर२०७८ बैशाख ४, शनिबार १६:२० गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई ३ स्थित सुरुङ्गामा आयोजित १ नम्बर प्रदेशस्तरीय प्रथम भेट्रान कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई भेट्रान क्लब विजयी भएको छ । जीतसँगै आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो ।

    कनकाई माविको खेलमैदानमा शनिबारदेखि सुरु प्रतियोगितामा आयोजकले ३–० गोलअन्तरले भद्रपुर भेट्रान क्लबलाई पराजित गरेको हो । आयोजकका लागि तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रतिस्पर्धात्मक खेलमा आयोजकका लागि भुपेन लिम्बूले पहिलो गोल खेलको ४७औँ मिनेटमा गरेका थिए । त्यस्तै, रमेश बाँस्तोलाले ५८औँ र नरेन्द्रमणि लिम्बूले ७३औँ मिनेटमा गोल गरेर टिमका लागि जीत सुनिश्चित गरे ।
    खेलको म्यान अफ दी म्याच पहिलो गोलकर्ता भुपेन लिम्बू घोषित भए । उनलाई युवा व्यवसायी श्याम प्रसाईले नगद २ हजार प्रदान गरे । उनको खेल मन पराएर स्थानीय खेलप्रेमी लय उप्रेतीले पनि नगद ५ सय पुरस्कार प्रदान गरे ।कनकाई भेट्रान क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । आइतबार हाम्रो इटहरी भेट्रान क्लब र बिर्तामोड भेट्रान क्लबबीच खेल हुनेछ ।

    प्रतियोगिताको उद्घाटन नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका थिए । उज्यालो नेपालका अभियन्ताका रुपमा परिचित घिसिङ्को सम्मान स्वरुप विभिन्न जातजातीका साँस्कृतिक प्रस्तुती समेत रहेका थिए । सोही अवसरमा घिसिङ्लाई तामाङ् घेदुङ् कनकाई नगर समितिले विशेष सम्मान गरेको थियो । क्लबका अध्यक्ष राजेन्द्र खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, कनकाई ३ का वडाध्यक्ष रुद्रप्रसाद चिमरियाले खेलको सफलताको कामना गरेका थिए ।
    प्रतियोगिताको सहआयोजकका रुपमा रहेको संस्था कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष दिनानाथ खतिवडाले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सहआयोजक संस्था सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष भिमप्रसाद भट्टराईले गरेका थिए ।

    प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार पाउँदा उपविजेताले नगद ६१ हजार र ट्रफी पाउनेछ । कनकाई भेट्रान क्लबले अन्य ९ वटा स्थानीय सामाजिक संघसंस्थालाई सहयोगी बनाएर बैशाख ४ देखि ११ गतेसम्म प्रतियोगिता संचालन गर्ने जनाएको छ । आयोजकले कनकाई उद्योग वाणिज्य संघ, कनकाई खेलकुद प्रतिष्ठान, सुरुङ्गा जेसीज, लायन्स क्लव अफ सुरुङ्गा, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गा, रोटरी क्लब अफ सुरुङ्गा, ज्ञानज्योति युवा क्लब, ह्वाईट वास क्रिकेट क्लव र सुरुङ्गा सहकार्य युवा क्लवलाई प्रतियोगिताको सहयोगी संस्था बनाएको क्लवका अध्यक्ष राजेन्द्र खतिवडाले बताए । प्रदेश नम्बर १ का झापा, मोरङ र सुनसरीका गरी आठवटा टिमले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.