Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा सुविधा सम्पन्न होटल क्वीन प्यालेस
    मनोरञ्जन

    सुरुङ्गामा सुविधा सम्पन्न होटल क्वीन प्यालेस

    कनकाई खबरBy कनकाई खबर२०७८ बैशाख २, बिहीबार १०:३९ गते2 Mins Read

    कनकाई खबर / अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधासहित झापाको सुरुङ्गामा होटल क्वीन फेमिली रेष्टुरेन्ट एण्ड बार संचालनमा आएको छ ।

    एक विशेष कार्यक्रमका विच सोमबार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले क्वीन प्यालेसको समुद्घाटन गरेका छन् । उद्घाटन सप्ताहका रुपमा रिवन काटेर प्यालेसको उद्घाटन गर्दै नगर प्रमुख पोखरेलले कनकाईको समृद्धिकालागि क्वीन प्यालेसले थप एक ईटा माथि चढाएको बताए । मुलुकमा सरकारका तीन तह क्रियाशिल भएसँगै जुनसुकै पनि व्यवसायको क्षेत्रमा लगानी गर्न व्यवसायीहरु उत्साहित भएको भन्दै नगर प्रमुख पोखरेलले जुनसुकै पनि पेशा वा व्यवसायका क्षेत्रमा धैर्यता र लगनशिलताका साथ अघि बढेको खण्डमा सफलता टाढा नहुने बताए । होमस्टेको राम्रो सम्भावना रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र कनकाई नगरीमा संचालनमा आएका होटल साथै पार्टी प्यालेसहरुले खानेकुरामा नेपाली मौलिक परम्परालाई समेत सँगै लिएर अघि बढ्न सकेमा हाम्रो मौलिकताले स्थायीत्व पाउँने कुरामा जोड दिँदै नगर प्रमुख पोखरेलले यस तर्फ व्यवसायीहरुलाई सचेत हुन अनुरोध गरेका छन् ।

    लामो समयसम्म भारतको दिल्लीमा बसेर होटल व्यवसाय संचालन गरेका यस क्षेत्रका युवा व्यवसायी विजय गजुरेलले करोडौको लगानीमा पार्किङ्ग सहितको सुविधा सम्पन्न होटल संचालनमा ल्याएका हुन् ।
    एक पटकमा ५ सय जनालाई सेवा दिन सकिने निजी लगानीको तीन तले भवनमा संचालनमा आएको होटल क्वीनले आफ्नै ब्राण्ड बनाएर अघि बढ्ने उद्येश्य राखेको संचालक विजय गजुरेल बताउँछन् । होटलको पहिलो तलामा मदिरा साथै धुम्रपान निषेध गरिएको फेमिली रेष्टुरेन्ट एण्ड फाष्टफुड संचालनमा छ । दोस्रो तलामा एसी रेष्टुरेन्ट एण्ड बार साथै तेस्रो तलामा खुल्ला रेष्टुरेन्ट बारका साथमा कार्यक्रम हल संचालनमा रहेको बताइएको छ ।

    होटल क्वीन धार्मिक तथा पर्यटकीय नगरी कनकाईको सुरुङ्गामा संचालनमा आएपनि विर्तामोड, काँकरभिट्टा, दमक, इटहरी, धरान साथै नेपाल बाहिर समेत रहेका आफ्ना ग्राहकहरु नयाँ स्वादकालागि यहाँ आउँने गरेको संचालक गजुरेलले बताए । सामाजिक क्षेत्रमा समेत सक्रियताका साथ अघि बढ्दै आएका गजुरेलले स्थानीय क्षेत्रलाई प्राथमिक्तामा राखी संचालनमा ल्याएको होटल व्यवसायमा ३५ जनाले रोजगार पाएका छन् ।
    होटलमा सम्बन्धित खाद्य परिकारका पोख्त सेफहरु सम्बन्धित देशबाटै ल्याइएको र खानेकुरामा कुनै सम्झौता नगरिएको संचालक गजुरेल बताउँछन् । होटल वढी सुविधा सम्पन्न र खानेकुरामा शुद्धता भएपनि खाद्य सामाग्रीको मुल्य भने अन्य सामान्य होटलको जस्तै भएको होटल संचालक गजुरेलले जानकारी दिए ।

    नेपाल बाहेक अन्य देशमा पाइने विरेनी, दार्जिलिङ्गको मम लगायत अन्य खाद्य सामाग्रीहरु होटल क्वीन प्यालेसमै उपलव्ध हुने भएकाले एक पटक भ्रमण गर्न स्थानीयवासीलाई समेत संचालकले अनुरोध गरेका छन् । उद्घाटनको एक सातासम्म राष्ट्रिय कलाकारहरु मनोज गजुरेल, मेलिना राई लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.