Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा प्रदेशस्तरीय भेट्रान कप फुटबल प्रतियोगिता संचालन हुने
    खेलकुद

    कनकाईमा प्रदेशस्तरीय भेट्रान कप फुटबल प्रतियोगिता संचालन हुने

    कनकाई खबरBy कनकाई खबर२०७८ बैशाख १, बुधबार ००:४१ गते3 Mins Read

    कनकाई खबर \ झापाको कनकाई -३ स्थित सुरुङ्गामा १ नम्बर प्रदेशस्तरीय प्रथम भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ।

    कनकाई भेट्रान क्लबले अन्य ९ वटा स्थानीय सामाजिक संघसंस्थालाई सहयोगी बनाएर बैशाख ४ गतेदेखि बैशाख ११ गतेसम्म कनकाई माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता संचालन गर्ने भएको हो ।
    आयोजक कनकाई भेट्रान क्लबले मंगलवार सुरुङ्गामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको थियो ।आयोजकले कनकाई उद्योग वाणिज्य संघ, कनकाई खेलकुद प्रतिष्ठान, सुरुङ्गा जेसिज, लायन्स क्लव अफ सुरुङ्गा, नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गा, रोटरी क्लब अफ सुरुङ्गा, ज्ञानज्योति युवा क्लब, ह्वाईट वास क्रिकेट क्लव र सुरुङ्गा सहकार्य युवा क्लवलाई प्रतियोगिताको सहयोगी संस्था बनाएको क्लवका सल्लाहकार ज्योतीकुमार उप्रेतीले बताए । प्रदेश नम्बर १ का झापा, मोरङ र सुनसरीका आठवटा टिमले प्रतियोगितामा सहभागिता जनाउने सल्लाहकार उप्रेतीले जानकारी दिए ।
    झापाका आयोजक कनकाई भेट्रान क्लब सहित भद्रपुर भेट्रान क्लब, दमक – लखनपुर भेट्रान क्लब र दूधे भेट्रान क्लब प्रतियोगितामा सामेल हुनेछन् ।यस्तै मोरङको एक मात्र विराट बुद्ध भेट्रान क्लब प्रतियोगितामा सहभागी हुन आउने छ । आयोजक समितिका अध्यक्ष राजेन्द्र खतिवडाका अनुसार सुनसरीबाट धरान भेट्रान क्लब र हाम्रो ईटहरी भेट्रान क्लबले सहभागिता जनाउनेछन् ।
    प्रतियोगिताका विजेता टिमले १ लाख १ हजार नगसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष खतिवडाले बताए । यस्तै उपविजेताले नगद ६१ हजार पाउने भएका छन् ।
    खेलमा प्रत्येक टिमबाट ४० वर्ष नाघेका ८ जना र ४५ वर्ष नाघेका ३ जना खेलाडी मैदानमा हुनेछन् । खेलाडी परिवर्तन हुँदा पनि सोही उमेर समूहका खेलाडीलाई मात्र मैदान प्रवेश दिइने आयोजक समितिले नियम बनाएको छ ।
    अध्यक्ष खतिवडाका अनुसार फिफाको नियम अनुसार प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताका मेन अफ दि सिरिजले नगद ५ हजार पाउने छन् । यस्तै मेन अफ दि म्याचले २ हजार पाउने छन् ।आयोजकले जिम्मेवारी बाँडफाँड गर्दै प्रतियोगितालाई भव्य बनाउन विभिन्न ९ वटा उपसमितिहरु गठन गरेको छ ।
    आर्थिक समितिमा तुलसी बिमली, प्रचारप्रसार समितिमा रमेश मैनाली, टीम व्यवस्थापन समितिमा दिलकुमार कार्की, खेलाडी व्यवस्थापन समितिमा नकुल देव आले मगरलाई जिम्मेवारी प्रदान गरिएको अध्यक्ष खतिवडाले बताए ।

    यस्तै मैदान व्यवस्थापन समितिमा कैलाश कार्की, अतिथि सत्कार समितिमा श्यामकुमार राई, मंच व्यवस्थापनमा रवीन ढुंगाना र सांस्कृतिक उपसमितिमा रमेशकुमार कार्कीलाई जिम्मेवारी प्रदान गरिएको आयोजक समितिले जानकारी दिएको छ । आयोजकले प्रतियोगिता सम्पन्न गर्न ५ लाख ६ हजारको आम्दानी खर्चको अनुमान सार्वजनिक गरेको छ । कनकाई नगरपालिकाले खेलकुदका लागि आर्थिक बर्ष ०७७ \ ०७८मा ५० लाख बजेट विनियोजन गरेपनि कनकाई भेट्रान क्लबले आयोजना गर्न लागेको प्रथम संस्करणको प्रतियोगितामा ६१ हजारमात्र उपलब्ध गराउन लागेको आयोजक समितिले गुनासो गरेको छ ।

    नगरपालिकाले खेलकुद र नगरका भेट्रान खेलाडीलाई उपेक्षा गरेको आयोजकहरुले आरोप लगाएका छन् । ‘पछिल्ला संस्करणहरुपनि आयोजना गर्ने लक्ष्यका साथ आयोजकले तयारी गरेको छ । तर, नगरपालिकाले अपेक्षा भन्दा न्यून रकम दिएर प्रतियोगिता सम्पन्न गर्न आयोजकलाई चुनौती थपिदिएको छ,’ आयोजक समितिका अध्यक्ष खतिवडाले भने ।

    यता कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले प्रतियोगिता सम्पन्न गर्नकालागि पालिकाले प्रदान गर्ने भनिएको रकममा पुनर्विचार गर्न सकिने बताएका छन् ।
    ‘आयोजक समितिका साथीहरुसँग समन्वय गरेर पालिकाले कम्तिमा प्रथम पुरस्कार प्रदान गर्न सकिनेछ,’ नगर प्रमुख पोखरेलले भने । आयोजकलाई खेलप्रति उत्साहित बनाउन र उनीहरूको मनोबल उच्च राख्ने गरी नगरपालिकाले सहयोग गर्ने उनले बताएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.