Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुरुङगाका गौरव ः डा.फुयाललाई जेसीजको उत्कृष्ट नागरिक सम्मान

    २०८२ माघ ३, शनिबार २१:०७ गते

    डिपिएल कनकाईको पदभार ग्रहण गर्दै शिक्षासेवी ओमविक्रम

    २०८२ माघ ३, शनिबार १५:१७ गते

    एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती

    २०८२ पुष २७, आईतवार १७:१३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » त्रिलोचन चिमरीयासँगको कुराकानी
    अन्तरवार्ता

    त्रिलोचन चिमरीयासँगको कुराकानी

    ramBy ram२०७५ पुष १२, बिहीबार ०२:०४ गते5 Mins Read

      व्यववसायीहरुको साझा संस्था वाणिज्य संघको यस निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा राप्रपा, संघिय समाजवादी फोरम र विवेकशिल साझा पार्टी सहितको समर्थनमा रहेको व्यवसायीहरुको लोकतान्त्रीक समावेशी समूहको प्यानलमा यस क्षेत्रका युवाहरु माझ लोकप्रिय सामाजिक व्यक्तित्व युवा व्यवसायी त्रिलोचन चिमरीयाले अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गर्दै प्यानलको नेतृत्व गरेका छन् ।

       सुरुङ्गा जेसीजको स्थापनाकालदेखी विभिन्न जिम्मेवारीमा रहँदै वर्ष २०१५ मा अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरीसकेका चिमरीयाले आफ्नो नेतृत्वमा जेसीजमा रहँदा पनि राष्ट्रिय साथै क्षेत्रीयस्तरका महत्वपूर्ण कार्यक्रमहरु सफलता पूर्वक सम्पन्न गरिसकेका छन् । सुरुङ्गा जेसीजको आयोजनामा सम्पन्न भएको राष्ट्रिय महत्वको फुटवल खेल सुरुङ्गा गोल्ड कपलाई आफ्नो अध्यक्षतामा सफलतापूर्वक सम्पन्न गरीसकेका चिमरीया युवाहरु विचमा स्वच्छ छवि भएका युवा व्यवसायीका रुपमा परिचित छन् ।

       कनकाई खेलकुद प्रतिष्ठान, पृथ्वी सहकारी संस्था लगायतका सामाजिक संघसंस्थामा कार्यसमितिको विभिन्न जिम्मेवारीमा रहेर कार्यसम्पादन गर्दै आएका चिमरीयाले यस अघि झापा उद्योग वाणिज्य संघ शाखा सुरुङ्गाको सहसचिवको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका हुन् । सामाजिक व्यक्तित्वका रुपमा समाजमा स्थापित वर्तमानमा कनकाई नगर वडा नं. ३ का वडा अध्यक्ष समेत रहेका पुराना व्यवसायी पिता रुद्रप्रसाद र माता धनमाया चिमरीयाका कान्छा सुपुत्र, विगत २० वर्षदेखि सुरुङ्गामा संचालित पाथीभरा हार्डवेयरका संचालक समेत रहेका त्रिलोचनले आफ्नो नेतृत्वमा वाणिज्य संघले नयाँ दिशा पाउँने प्रतिवद्धता व्यक्त गरेका छन् । संघको यो निर्वाचनको सेरोफेरोमा रहेर जनसंसदका लागि रामप्रसाद निरौलासँग गरिएको कुराकानीको सार संक्षेप ः
    वाणिज्य संघमा तपाईको उम्मेद्वारी किन ?
    कनकाई उद्योग वाणिज्य संघ नितान्त व्यवसायीहरुको संस्था भएकाले यसको नेतृत्व पनि व्यवसायीले नै गर्नु पर्ने वाध्यता छ । सोही अनुरुप विगत २० वर्षदेखि यस कनकाई नगरको सुरुङ्गा वजारमा व्यवसाय गरेर वसेको यस क्षेत्रको स्थापित व्यवसायी भएकाले आम व्यवसायीहरुको सुख दुखमा आँफू नजिक रहेको मैले महसुस गरेको छु । विगतमा पनि उद्योग वाणिज्य संघको पदाधिकारीमा रहेर काम गरिसकेको अनुभवका आधारमा यस क्षेत्रका व्यवसायीहरुको हक, हित र समग्र कनकाई उद्योग वाणिज्य संघको आउँने भावि दिनमा यसलाई अझै अगाडी वढाएर लैजानका लागि संघको यो निर्वाचनमा मेरो उम्मेद्वारी हो ।
    व्यवासायीहरुले तपाईलाई नै भोट दिनु पर्ने कारण के होला ?
    म विगत लामो समयदेखी व्यवसायमा आवद्ध भएकाले कनकाई उद्योग वाणिज्य संघसँग जोडीएका यस क्षेत्रका सम्पूर्ण व्यवसायीहरुसँग मैले एक आपसमा भावना र विचार साँटेको छु । हरेक व्यवसायीका सुख दुखमा म आँफू सँगै रहेको छु । सामाजिक गतिविधिको क्षेत्रमा क्रियाशिल रहँदै सुरुङ्गा जेसीजको अध्यक्षको जिम्मेवारीमा रहँदा लामो समयदेखी निर्माणाधिन अवस्थामा रहेको जेसीज भवनको माथिल्लो तला सहित निर्माण कार्य सम्पन्न गरी मेरै कार्यकालमा भवन उद्घाटन भएको हो । नेपाल जेसीजको अत्यन्तै महत्वपूर्ण र ठूलो कार्यक्रम काउन्सीलर एकाडेमी मेरै अध्यक्षतामा सुरुङ्गा जेसीजको आतिथ्यतामा भव्यताका साथ सम्पन्न भएको हो । हजारौं मानिसहरुको उपस्थिति रहेको सुरुङ्गा जेसीजको आयोजनामा वर्ष २०१५ मा सव्य र भव्य रुपमा सम्पन्न भएको सुरुङ्गा गोल्ड कप मेरो अध्यक्षतामा सम्पन्न भएको थियो । म कुरामा भन्दा पनि काममा विश्वास गर्ने मानिस भएकाले मैले यस उद्योग वाणिज्य संघको नेतृत्व गर्ने अवसर पाएमा यस संस्थालाई मेरो कार्यकालमा सम्पूर्ण टिमको सहयोगमा वाणिज्य संघलाई व्यवसायीहरुको आस्थाको धरोहरको रुपमा लिएर जाने लगायत अन्य धेरै योजनाहरुका साथ आँफू निर्वाचनमा आएकाले व्यवसायीहरुले मलाई भोट गर्नु पर्ने कारणहरु धेरै छन् ।
    तपाईको चुनाव जित्ने आधार के छन् ?
    म लगायत मेरो सम्पूर्ण टिमलाई यस नगरमा रहेका क्रियाशिल राजनितिक दलहरुको साथ सहयोग रहेको छ । हाम्रो समूहमा यस कनकाई उद्योग वाणिज्य संघमा सफल नेतृत्व गरिसक्नु भएका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष ज्युहरुको आशिर्वाद रहेको छ । हाम्रो घोषणा पत्रमा हामीले आम व्यवसायी साथै समग्र संस्थाको हितका लागि उत्कृष्ट कार्ययोजना अघि सारेका छौं । सवै भन्दा ठूलो कुरा त म र मेरो टिम अव सम्पूर्ण व्यवसायीहरुको मन मस्तिष्कमा वसीसकेका छौं । त्यस कारण आम व्यवसायीहरुले हामी सवैलाई आआफ्नो मनमा राखेर आफ्नो अमूल्य मत प्रदान गरी म लगायत मेरो सम्पूर्ण टिमलाई विजय गराउँने कुरामा म विश्वस्त छु ।

    निर्वाचित भएपछिका तपाइँका योजनाहरु के कस्ता छन् ?
    निर्वाचित भएपछिका हाम्रा सवै कार्य योजनाहरुलाई हामीले हाम्रो १३ वँुदे घोषणा पत्रमा समेत सार्वजनिक गरिसकेका छौं । हाम्रा प्रतिवद्धता सहितका योजनाहरुलाई हामीले आम व्यवसायीहरुको हातहातमा पुर्याइसकेका छौं । व्यवसायीक हकहित र संरक्षणको लागि आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर सदैव व्यवसायीहरुको संरक्षण गर्ने कुराको प्रतिवद्धतालाई हामीले कठोरता पूर्वक आफ्नो भावि योजनाका रुपमा राखेका छौं । संस्थाको कार्य क्षेत्रभित्र रहेका विभिन्न वजारमा समस्याको रुपमा रहेका खुद्रा व्यवसायी, बधशाला, फलफूल तथा सब्जी भण्डारणको दिर्घकालिन व्यवस्थापनका लागि सम्वन्धित निकायसँग समन्वय गर्ने साथै फलफुल तथा सब्जीमण्डीको छुट्टै व्यवस्थापन गराई व्यवस्थित बजार सञ्चालनको लागि पहल गर्नेछौं । व्यवसायीहरुका लागि व्यवस्थित किसिमको सार्वजनिक शौचालय, खानेपानीको व्यवस्थापनमा हाम्रो कार्य तत्काल अघि वढ्ने छ । वाणिज्य संघको सम्पतिका रुपमा रहेको कनकाई अतिथि सदनको माथिल्लो तलाको निर्माण गरि प्रयोगमा ल्याइने छ । साथै अतिथि सदन वाहिर रहेको आफ्नै निजि जग्गामा संघको कार्यालय भवन निर्माण गरि कार्यालयलाई व्यवस्थित गर्दै लगिनेछ । व्यवसायीहरुलाई कर सम्वन्धि तालिम लगायतका हामीले भावी योजनाका रुपमा घोषण पत्र मार्फत गरेका प्रतिवद्धताहरुलाई अक्षरस पूरा गर्ने प्रयास गर्ने कु्राको विश्वास दिलाउँन चाहन्छु ।
    आम व्यवसायीहरुको हितका लागि तपाईको प्राथमिक्तामा के कस्ता कुराहरु पर्लान् त ?
    संस्थाको नेतृत्वमा पुगेपछि आम व्यवसायीहरुको हितका लागि निस्वार्थका साथ निरन्तर रुपमा अघि वढ्दै संघका अग्रज नेतृत्व वर्ग, समाजका अगुवा व्यवसायीहरुसँगको सहकार्यलाई निरन्तर रुपमा अघि वढाउँने कुराको प्रतिवद्धता जाहेर गर्न चाहन्छु । संस्थाद्वारा व्यवसायीक हित र सुविधाका लागि यस अघि चलाइएका सम्पूर्ण नियमित कार्यहरुलाई निरन्तरता दिँदै आवश्यक्ता र अवस्थालाई हेरेर तत्काल साथै दिर्घकालिन कार्ययोजनालाई छलफलमा राखेर सहमति, सहकार्य र एकताका साथ संवादको संस्कृतिको विकास गर्दै आएको निस्कर्षलाई प्राथमिक्तामा राख्ने योजना रहेको तपाईको संचार माध्यम मार्फत सार्वजनिक गर्न चाहन्छु । साथै यो संचार र प्रविधिको युगमा संस्थाको तर्फवाट भए गरेका सवै गतिविधिहरुलाई संचारको माध्यमवाट समय सापेक्ष सार्वजनिक गर्नका लागि हरपल स्थानीय संचारकर्मीहरुसँग समन्वय गर्दै जाने योजनालाई समेत प्राथमिक्तामा राखेको जानकरी गराउँन चाहन्छु ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुरुङगाका गौरव ः डा.फुयाललाई जेसीजको उत्कृष्ट नागरिक सम्मान

    २०८२ माघ ३, शनिबार २१:०७ गते

    डिपिएल कनकाईको पदभार ग्रहण गर्दै शिक्षासेवी ओमविक्रम

    २०८२ माघ ३, शनिबार १५:१७ गते

    एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती

    २०८२ पुष २७, आईतवार १७:१३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुरुङगाका गौरव ः डा.फुयाललाई जेसीजको उत्कृष्ट नागरिक सम्मान

    २०८२ माघ ३, शनिबार २१:०७ गते

    डिपिएल कनकाईको पदभार ग्रहण गर्दै शिक्षासेवी ओमविक्रम

    २०८२ माघ ३, शनिबार १५:१७ गते

    एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती

    २०८२ पुष २७, आईतवार १७:१३ गते

    कनकाई माइमेलाको तयारी तीब्र

    २०८२ पुष २६, शनिबार १५:४८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.