Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई सामुदायिक वनको अध्यक्षमा ख्याम ओली विजयी
    समाचार

    कनकाई सामुदायिक वनको अध्यक्षमा ख्याम ओली विजयी

    कनकाई खबरBy कनकाई खबर२०७७ चैत्र ३०, सोमबार २२:२० गते2 Mins Read

    कनकाई खबर \ कनकाई सामुदायिक वनको आगामी तीन वर्षे कार्यकालकालागि ख्याम ओली पुनः निर्वाचित भएका छन् ।

    सन्तोष रायमाझीले नेतृत्व गरेको नेपाली कांग्रेस सहित माओवादी, राप्रपा र जनता समाजवादी पार्टीको गठबन्धनलाई तोड्दै ओली निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष ओली नेतृत्वको प्यानलमा नेकपा एमालेको समर्थन प्राप्त एकलौटी उम्मेद्वार थिए । अध्यक्षका अर्का प्रत्यासी नारायण ओलीले नेतृत्व गरेको प्यानल साझा विवेकशील पार्टीको समर्थन प्राप्त थियो ।
    हिजो सोमबार भएको निर्वाचनको बेलुका ७ बजेबाट मतगणना प्रक्रिया अघि बढेको थियो । राती दुई बजे मत गणनाको अन्तिम परिणाम सार्वजनिक गर्दै निर्वाचन समितिले ओली लगायत अन्य सवै पदाधिकारीको अन्तिम मत परिणाम सार्वजनिक गरेको हो ।

    अध्यक्ष ओलीले आफ्ना प्रतिस्पर्धी सन्तोष रायमाझीलाई १७ मतको अन्तरले पछि पार्दै विजयी बनेका हुन् । नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार २ सय १८ मत प्राप्त गरी विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी रायमाझीले १ हजार २ सय एक मत प्राप्त गरेका थिए । त्यस्तै अध्यक्षका अर्का प्रतिस्पर्धी नारायण ओलीले ९५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

    उपाध्यक्षमा रायमाझी प्यानलका ललितवहादुर कार्कीले १ हजार १ सय ९१ मत प्राप्त गर्दै विजयी बनेका छन् । उनका प्रतिस्पर्धी ओली प्यानलका हिरण्य राईले १ हजार १ सय ४ मत प्राप्त गरेका थिए भने अर्का प्रतिस्पर्धी जीतवहादुर श्रेष्ठले १ सय ४७ मत प्राप्त गरेका थिए । सचिवमा रायमाझी प्यानलकी मान्ता खरेलले १ हजार २ सय ३ मत प्राप्त गरी विजयी बनेकी छन् । उनका प्रतिस्पर्धी ओली प्यानलकी मेनुका मैनालीले १ हजार ६४ मत प्राप्त गरेकी छन् । अर्की प्रतिस्पर्धी अम्बिका चापागाईँले १ सय ८३ मत प्राप्त गरेकी छन् । विजयी बनेका उपाध्यक्ष र सचिव यस अघिको कार्यसमितिमा समेत सोही जिम्मेवारीमा थिए । उनीहरुले आफ्नो जिम्मेवारी दोहोर्याएका छन् । सहसचिवमा रायमाझी प्यानलकै केशव संग्रौलाले १ हजार १ सय २४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी ओली प्यानलका चेतराज श्रेष्ठले १ हजार ७१ मत प्राप्त गरेका थिए । अर्का प्रतिस्पर्धी सचिन तामाङ्ले २ सय २३ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा ओली प्यानलका श्रीप्रसाद खरेलले १ हजार १ सय ७५ मत प्राप्त गरी विजयी बनेका छन् भने रायमाझी प्यानलका गोपी पाण्डेले १ हजार १ सय २५ मत प्राप्त गरेका छन् । त्यस्तै अर्का प्रतिस्पर्धी खड्गप्रसाद चुडालले १सय २७ त प्राप्त गरेको निर्वाचन समितिका संयोजक टिकाकुमार पोखरेलले बताएका छन् । खरेल यस अघि कार्यसमितिको सहसचिवको जिम्मेवारीमा थिए ।

    सोमबार सम्पन्न निर्वाचनमा २ हजार ८ सय ६१ मतदाता मध्ये २ हजार ५ सय ९० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.