Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भवानी खानेपानीमा पुनः चिरञ्जीवी
    समाचार

    भवानी खानेपानीमा पुनः चिरञ्जीवी

    कनकाई खबरBy कनकाई खबर२०७७ चैत्र २१, शनिबार १५:५९ गते3 Mins Read

    राम निरौला,

    कनकाई खबर \ झापाको कनकाई नगरपालिका ६ स्थित भवानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा पुनः चिरञ्जीवी उप्रेतीलाई सर्वसम्मत रुपमा चयन गरेको छ । शनिवार सम्पन्न सभाबाट उप्रेती अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् । संस्थाको अध्यक्ष पदकालागि चारजना प्रत्यासीको ना सार्वजनिक भएको भएपनि निर्वाचन समितिको पहलमा ८७ वर्षिय उप्रेतीको नेतृत्वमा पुरानै समिति सर्वसम्मत भएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष उप्रेती

    अध्यक्षको प्रत्यासीका रुपमा संस्थाका उपाध्यक्ष चन्द्रमान कन्दङ्वा, कोषाध्यक्ष भरत थपलिया र सदस्य रामगोपाल ओलीको नाम सार्वजनिक भएको थियो । संस्था स्थापनामा महत्वपूर्ण भूमिका खेलेका उप्रेती खानेपानी निर्माण स्थलको जग्गादाता समेत हुन् । नवनिर्वाचित अध्यक्ष उप्रेतीले संस्थामा बाँकी रहेका केही महत्वपूर्ण कामहरु आफ्नै नेतृत्वमा पूरा गर्ने तीब्र ईच्छा व्यक्त गरेपछि साधारण सभाको बन्द सत्रले

    उप्रेतीकै नेतृत्वमा रहेको समितिलाई सर्वसम्मत रुपमा पास गरेको निर्वाचन समितिका संयोजक रुद्रवहादुर थापाले जानकारी दिए ।
    अध्यक्ष उप्रेतीसँगै उपाध्यक्षमा चन्द्रमान कन्दङ्वा, सचिवमा जीवनकुमार श्रेष्ठ, सहसचिवमा अनुप ओली र कोषाध्यक्षमा भरतकुमार थपलिया सर्वसम्मत भएका हुन् । सदस्यहरुमा क्रमशः हरीप्रसाद शिवाकोटी, निर्मला कार्की डोली, कमला सिटौला र रेखा राजवंशी रहेका छन् ।

    कार्यक्रममा सहभागी उपभोक्ता

    त्यसैगरी लेखा समितिको संयोजकमा शम्भु पोखरेल, सदस्यद्वय प्रकाश शिवाकोटी र मनोजकुमार थापा चयन भएका छन् । सर्वसम्मत नेतृत्व चयनकालागि रुद्र थापाको नेतृत्वमा अनिरुद्र ओली र प्रेमप्रसाद भण्डारी सदस्य रहेको निर्वाचन समितिले भूमिका खेलेको थियो । पार्टी प्रतिनिधिका रुपमा नेकपा एमालेबाट तुलाराम बस्नेत र नेपाली काँग्रेसबाट यादब उप्रेतीले सहजीकरण गरेको लेखा समितिका सदस्य प्रकाश शिवाकोटीले बताए ।
    संस्थाका अध्यक्ष चिरञ्जीवी उप्रेतीको सभापतित्व एवम् कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै कनकाई नगर क्षेत्रमा शुद्ध पिउने पानीको विस्तार तिव्र गतिमा भएको बताए । नगरको वडा नं.५ मा शुद्ध पिउने पानीको समस्या समाधानकालागि वडामा रहेका तीनवटा खानेपानी योजनामा नगरले ५० लाख रुपैंया उपलव्ध गराएको नगर प्रमुख पोखरेलले जानकारी दिए ।
    शुद्ध पिउने पानी, शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन विकासको क्षेत्र प्राथमिक्तामा परेको भन्दै नगर प्रमुख पोखरेलले निर्वाचनका समयमा जनप्रतिनिधिले गरेको प्रतिवद्धता अनुसार शुद्ध पिउने पानीको विस्तारमा स्थानीय सरकारले नगरबासीसँग सहकार्य गरेको बताए । संस्थाले हालै ७० लाख १९ हजारको लागतमा निर्माण कार्य सम्पन्न गरेको सभा हलको नगरप्रमुख पोखरेलले रिबन काटेर समुद्घाटन गरेका थिए ।
    पछिल्लो समयमा कनकाई ६ मा स्थापना भइ नगरका चारवटा वडामा शुद्ध पिउने पानी वितरण गर्दै आएको भवानी खानेपानी संस्थामा हाल १२ सय ५६ उपभोक्ता सदस्य रहेका छन् । संस्थामा हाल २ लाख २५ हजार लिटरको एउटा ओभरहेड ट्याङ्की रहेको छ ।
    संस्थाका उपाध्यक्ष चन्द्रमान कन्दङ्वाको स्वागत तथा सचिव जीवन श्रेष्ठले संचालन गरेको कार्यक्रममा कनकाई ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली, सुरुङ्गा खानेपानीका अध्यक्ष भीमप्रसाद अधिकारी, लक्ष्मीपुर खानेपानीका अध्यक्ष लिलावहादुर कटुवाल, दुर्गापुर साझा सहकारी संस्थाका अध्यक्ष गोपाल उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.