Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई सामुदायिक वनमा त्रिपक्षीय भिडन्त
    समाचार

    कनकाई सामुदायिक वनमा त्रिपक्षीय भिडन्त

    कनकाई खबरBy कनकाई खबर२०७७ चैत्र २१, शनिबार ००:४३ गते2 Mins Read

    कनकाई खबर \ कनकाई सामुदायिक वन समुहको मुख्य पाँच पदकालागि हुने निर्वाचनमा शुक्रबार उम्मेद्वारी मनोनयन भएको छ ।

    आगामी तीन वर्षे कार्यकालकालागि चैत ३० गते हुने निर्वाचनमा त्रि—पक्षिय भीडन्त हुने भएको छ । स्थानीय क्रियाशिल राजनीतिक दलहरु विचमा सर्वसम्मतकालागि भएको प्रयास विफल भएपछि अन्ततः उम्मेद्वारी मनोनयन भएको हो । आ—आफ्नै राजनीतिक दलका तर्फबाट निर्वाचनमा होमिएका उम्मेद्वारहरु मध्ये मौजुदा समितिमा रहेर वन समूहको सफल नेतृत्व गरिसकेका स्थानीय सामाजिक अभियन्ता ख्याम ओलीले आफ्ना अधुरा रहेका महत्वपूर्ण योजनालाई सफल बनाउँने उद्येश्यका साथ अध्यक्ष पदकालागि पुनः उम्मेद्वारी मनोनयन गरेका छन् । स्थानीय उपभोक्ता माझ लोकप्रिय मानिएका ओली नेकपा एमालेको समर्थन प्राप्त उम्मेद्वार हुन् । ओली नेतृत्वको प्यानलमा उपाध्यक्ष पदकालागि हिरण्य राईलाई अघि सारिएको छ भने सचिव पदकालागि मेनुका मैनालीले उम्मेद्वारी मनोनयन गरेकी छन् । त्यस्तै सहसचिवमा चेतराज श्रेष्ठ र कोषाध्यक्षमा श्रीप्रसाद खरेललाई अघि सारिएको छ । खरेल यसअघिको समितिमा सहसचिवको जिम्मेवारीमा रहेका थिए ।

    त्यसैगरी पछिल्लो समय सामाजिक क्षेत्रमा आफ्नो छुट्टै छवि बनाउँदै आएका युवा सन्तोष रायमाझीले समेत अध्यक्षकालागि उम्मेद्वार मनोनयन गरेका छन् । नेपाली कांग्रेसको समर्थन प्राप्त रायमाझीको नेतृत्वमा रहेको प्यानलमा उपाध्यक्ष पदकालागि ललितबहादुर कार्की र सचिवमा मान्ता खरेलले उम्मेद्वारी मनोनयन गरेका छन् । उपाध्यक्ष र सचिव पदका उम्मेद्वार कार्की र खरेलले सोही पदकालागि आफ्नो उम्मेद्वारी दोहोर्याएका हुन् । रायमाझि प्यानलमा सहसचिवमा केशव संग्रौला र कोषाध्यक्षमा गोपीलाल पाण्डेले उम्मेद्वारी मनोनयन गरेका छन् । ।

    त्यसैगरी साझा विवेकशील पार्टीका तर्फबाट छुट्टै प्यानल निर्माण गरी नारायण ओली नेतृत्वको प्यानल चुनावी मैदानमा होमिएको छ । नारायण ओलीको नेतृत्वमा तेस्रो प्यानल चुनावी मैदानमा आएपछि यस पटकको निर्वाचन थप रोचक बनेको छ । नारायण ओलीको प्यानलबाट उपाध्यक्षमा जीतबहादुर श्रेष्ठ, सचिवमा अम्बिका सुवेदी सहसचिवमा सचिन लामा र कोषाध्यक्षमा खड्गप्रसाद चुडाल निर्वाचनमा होमिएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.