Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » चम्पापुर–दुुर्गापुर खडकखण्डमा अब हिलो बाटोमा हिड्नु नपर्ने !
    सिफारिस

    चम्पापुर–दुुर्गापुर खडकखण्डमा अब हिलो बाटोमा हिड्नु नपर्ने !

    adminBy admin२०७५ भाद्र ७, बिहीबार ०४:४७ गते4 Mins Read

    मनोज बस्नेत
    कनकाई । कनकाई नगरपाकिला वडा नं.–६ को चम्पापुर देखी दुर्गापुर जोडिने जनपथ मार्गको स्तर उन्नतीपछि स्थानियवासी हर्षित वनेका छन् ।

    चम्पापुरको गणतन्त्र चौकदेखी करिव १७ मिटर उत्तर वडा नं.–७ को सिमाना महेन्द्र उप्रेतीको घरसम्मको वाटो निर्माणले आफुहरुले वर्षादको समयमा पनि हिलो वाटो हिड्नु नपरेका कारण उनीहरु हर्षित देखिएका हुन ।

    कनकाई नगरपालिको आगामी २ वर्ष सम्मका लागि नगर विकासको मुख्य योजना भनेको नै सडक यातायत भएका कारण आर्थिक वर्ष २०७४/७५ मा धेरै वजेटहरु वाटोमा नै लगाईएको थियो ।

    आर्थिक वर्ष २०७४/७५ मा कनकाई नगरपालिका भित्रमा ५ किलोमिटरभन्दा बढी कालोपत्रे र ७० किलो मिटर भन्दा बढी वाटोलाई स्तर उन्नती तथा ग्रावेल गरि सकेको र आगामी २ वर्ष भित्रमा सम्पूर्ण वाटाघाटाहरुको स्तर उन्नती तथा आवश्यकता अनुसारको कालोपत्रे कार्यलाई पूर्णता दिइ सक्ने कनकाई नगरका मेयर राजेन्द्र कुमार पोखरेल वताएका छन् ।

    विकास योेजना अन्तरगत कनकाई नगरपालिका वडा नं.–६ स्थित जनपथ मार्गको सडक निर्माण कार्य सम्पन्न भई सकेको छ ।

    नगरपालिकाको मापदण्ड अनुसारको स्तर उन्नतिका साथ उच्च स्तरिय ग्रावलको कार्य कनकाई नगरपालिका वाट १० लाख, वडा नं.–६ को वडा बजेटवाट ४ लाख र स्थानिय उपभोक्ताहरुवाट ४ लाखको १५ प्रतिशतले ६० हजार गरी १४ लाख ६० हजारको लागतमा सम्पन्न गरिएको कुराको जानकारी सडक निर्माण उपभोक्ता समितिका सचिव प्रल्हादप्रसाद ओलीले दिएका छन् ।

    विगत लामो समयदेखी सुचारु अवस्थामा रहेको यो वाटो उत्तरमा दुर्गापूरको महेन्द्र राजमार्ग र दक्षिणमा बाह«दशी गाउँपालिका वडा नं.–७ को डाँडागाउँ हुँदै गएको लामो दुरीको भएता पनि उक्त वाटोको चौडाई भने यो भन्दा अगाडी २० फिट मात्र रहेको थियो ।

    अहिलेको उच्च जनसंख्या वृद्धिदर तथा बाक्लो सवारी साधनका कारण यस वाटोलाई दुवैतर्फ १०–१० फिटका दरले बढाई हाल आएर ४० फिट कायम गरिएको जनाइएको छ ।

    विगत लामो समयदेखी तल्लो भेगका मानिसहरुलाई आवतजावत गर्नका लागि सुरु गरिएको यस वाटोको दुवै तर्फ घरहरु वनाएर बसोवास गर्दै गरेको भएता पनि अहिले एक्कासी वाटो बढाउने क्रममा स्थानिय वासीहरुको गुनासो र असन्तुष्टी आएका छन् ।

    वडा अध्यक्ष लगायत समितिले उनीहरुसँग पटक–पटक बसेर बाटोको स्तर उन्नती पछिको फाईदा र यहाँका जनताले पाउने सुविधाको बारेमा बुझाए पश्चात स्थानिय वासी सन्तुष्ट देखिन्छन् ।

    घर वाट निस्कँदा कुनै पनि ठाउँमा पानी नटेकी दुर्गापूर सम्म पुग्न सक्ने अवस्थाको वाटो वनाई दिएकोमा कनकाई नगर, वडा अध्यक्ष तथा निर्माण समितिप्रति स्थानिय चन्द्रमणि आचार्यले खुसी व्यक्त गरेका छन् ।

    यसपालीको बजेटले यस वाटोलाई पूर्णता दिन नसकिएता पनि आगामी वर्ष २०७५/०७६मा भने यसलाई पूर्ण कालोपत्रे वनाउँनका लागि पहल भईरहेको वडा अध्यक्ष्य लक्ष्मी ओलीले वताएका छन् ।

    निर्माण कार्य सम्पन्न गरि रहँदा अनुगमन समितिका संयोजक प्रेम सिटौला तथा कनकाई नगरका मेयर समेतको निगरानी रहेकाले हामीहरुलाई काम गर्न सहज भएको निर्माण समितिकी कोषाध्यक्ष माया श्रेष्ठले वताएकी छन् ।

    निर्माणाधिन अवस्थामा गाली खाएता पनि हाल आएर स्थानियवासीको धन्यवादको पात्र वन्न सकेको कुरा बताउँछन् निमार्ण समितिका अध्यक्ष भिम तामाङ्ग ।

    करिब १७ सय मिटर लामो उक्त बाटोलाई रेखाङ्कनमा ४० फिट र सडकको दुवै तर्फ ५/५ फिटका दरले पानीको ड्रेन (नाला) निर्माण गरी यो वाटो ५० फुटको बन्ने वडा नं.–६ का अध्यक्ष लक्ष्मीप्रसाद ओलीले बताएका छन् ।

    कनकाई नगरपालिकाको मापदण्ड भित्र पर्ने गरीको लागत स्टमेटमा बनेको उक्त वाटोमा विचको २० फिट चौडाईलाई उच्च स्तरको ग्रावल गरिएको छ ।

    आर्थिक वर्षको अन्त्यतिर मात्र काम सम्पन्न हुने भएका कारण यसको सबै चौडा एकै पटकको बजेटले नपुग्ने भएका कारण यसलाई बिचको २० फिट मात्र ग्रावल गरिएको वडा अध्यक्ष लक्ष्मीप्रसाद ओलीले वताएका छन् ।

    बाटो बढाउने क्रममा जति पनि उपभोक्ताहरुको घर र आँगन अगाडी पटी भने जसजसको थियो उहाँहरुले आ–आफ्नै लगानीम माटो तथा बालुवा लगाएर पुर्दै बाटो बनाएको हुनाले पनि काम गर्न सहजता मिलेको कुराको जानकारी वाटो निर्माण समितिका अध्यक्ष भिम तामाङ्गले बताए ।

    जनपथ वाटोको क्षेत्रफलमा रहेको ९० प्रतिशत जमिन नम्वरी भएको तथा यस वाटोमा कसैको तीन विगाहा हुनेको एक विगाहा र एक विगाहा दश कठ्ठा हुनेको बाह« कठ्ठा जमिन पूर्ण रुपमा क्षती हुँदा समेत उनीहरुलाई नगरपाकिलामा नै बोलाएर सम्झाई सम्झौता पत्रमा हस्ताक्षर समेत गराएर यस वाटोको कार्यलाई विवात रहति तवरवाट सम्पन्न गरिएको सम्वन्धित जग्गाधनीहरु वताउँछन् ।

    यस वाटोको ४० फिट चौडाई भित्र कुनै पनि घर तथा बिजुलीको पोलहरु समेत नपरेका हुनाले सम्पूर्ण विनियोजित रकम अन्य पोल सार्ने तथा अन्य कुनै पनि किसिमको फाल्तु खर्च गर्नु नपरेका कारण योजना अनुसारको काम गरिएको उपभोक्ता समितिको भनाइ रहेको छ ।

    कमेन्टस्

    Author

    • admin
      admin
      View all posts
    विकास निर्माण
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.