Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सिभिल बैंकद्वारा नगदरहित अभियानको सुरुवात
    आर्थिक

    सिभिल बैंकद्वारा नगदरहित अभियानको सुरुवात

    ramBy ram२०७७ चैत्र १३, शुक्रबार ११:३७ गते2 Mins Read

    बिर्तामोड \ सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै झापा बिर्तामोडका टेम्पु चालकलाई क्युआर कोड वितरण गरेको छ ।

    शुक्रबार एक कार्यक्रमका बीच बैंकले बिर्तामोड आसपासमा टेम्पु चलाउने ५१ जना चालकलाई क्युआर कोड प्रदान गरिएको बिर्तामोड शाखा प्रमुख टंक पौड्यालले जानकारी दिए ।

    ग्लोबल मनी विकको अवसर पारेर बैंकले पूर्वेली मजदुर यातायात प्रालिको सहकार्यमा बैंकका प्रदेश १ प्रमुख राजेश ढकालले टेम्पु चालकहरुलाई क्युआर कोड हस्तान्तरण गरेर अभियानको उद्घाटन गरका थिए ।

    कार्यक्रममा बैंकका प्रदेश १ प्रमुख ढकालले बैंकले आफ्ना ग्राहकलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणालीमार्फत नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गरे । उनले यातायातका अन्य साधनहरुमा पनि क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    बिर्तामोड शाखा प्रमुख पौड्यालले क्युआर कोड प्रविधिको प्रक्रिया तथा प्रभावकारिता बारेमा प्रस्ट्याएका थिए । कार्यक्रमको सञ्चालन बिर्तामोड शाखाका रिलेसनसिप मेनेजर राजु श्रेष्ठले गरेका थिए ।

    कार्यक्रममा पूर्वेली मजदुर यातायात प्रालिका अध्यक्ष हरिप्रसाद बाँस्तोलाले सिभिल बैंकले उपलब्ध गराएको क्युआर कोडले चालकहरुलाई स्मार्ट बनाउने बताए । उक्त अवसरमा टेम्पु सवारी चालकहरुलाई बैंकको तर्फबाट चालक पोशाक पनि वितरण गरिएको थियो ।

    समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको बैंकले करिब पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ७ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले करिब ८१ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ७६ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.