Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रेल्वे प्रभावितलाई चलनचल्तीकै मूल्यसहित छिट्टै मुआब्जा वितरण
    आर्थिक

    रेल्वे प्रभावितलाई चलनचल्तीकै मूल्यसहित छिट्टै मुआब्जा वितरण

    कनकाई खबरBy कनकाई खबर२०७७ चैत्र १२, बिहीबार १५:३१ गते2 Mins Read

    विर्तामोड \ जिल्ला प्रशासन कार्यालय झापाले रेल्वे प्रभावितहरुलाई मुआब्जा वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पु¥याएको छ ।

    झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले रेल्वे प्रभावितका लागि मुआब्जा वितरण गर्न जग्गा तथा संरचनाको मूल्यांकन गर्ने कार्य सकिएको बताएका छन् ।
    बिर्तामोडस्थित संवाद समूहको कार्यालयमा विहीवार प्रजिअ तिमिल्सिनासहित सुरक्षा निकायका प्रमुखहरुबीच भएको छलफलमा त्यस्तो बताइएको हो ।
    रेल्वे प्रभावितहरुको माग र संघर्षप्रति लक्षित उनले केही समय धैर्य गर्न प्रवावितहरुलाई आग्रह गरे । प्रभावितहरुको चित्त बुझ्ने गरी मुआब्जामा चलन–चल्तीको मूल्य दिन मूल्यांकन गरी प्रशासनले तयारी गरेको छ ।

    ‘चलन–चल्तीको मूल्यभन्दा कम नहुने गरी मुआब्जा दिन मूल्यांकनको काम सकिएको छ’– प्रजिअ तिमिल्सिनाले भने– ‘त्यस बारे चैत अन्तिमसम्ममा निर्णय गरी ३५ दिने सूचना जारी गरेर प्रभावितको निवेदनका आधारमा मुआब्जा वितरण गरिनेछ ।’ आगामी बैशाखमा मुआब्जा वितरण सुरु हुने उनले बताए । झापा, मोरङ र सुनसरीमा एकैपटक मुआब्जा वितरण गर्ने बुझिएको छ । झापाको छ पालिकाका २५ वडामा मुआब्जा वितरण गरिने बताइएको छ । उक्त कार्यका लागि उपसमितिले आवश्यक सबै काम सम्पन्न गरेको प्रजिअ तिमिल्सिनाले बताए । स्रोतका अनुसार तीन जिल्लामा करिब १५ अर्ब रुपैयाँ मुआब्जामा खर्च हुनेछ ।

    प्रजिअ तथा सुरक्षा प्रमुखहरुवीच कोभिड–१९को दोस्रो लहर र झापामा आवश्यक सुरक्षा सतर्कता अपनाउने, विपद्को पूर्वतयारी, लागूऔषध लगायत जिल्लाका विविध समस्यामा छलफल भएको थियो ।
    विषयगत तथा सरोकार राख्ने विषयमा संवाद, छलफल र समन्वयको काम गरिदिन संवाद समूहलाई प्रजिअ तिमिल्सिनाले आग्रह समेत गरेका छन् ।
    खुल्ला सीमाका कारण भइरहेका घटना र चुनौति, लागूऔषध, आत्महत्या, बढ्दो अपराध, दुर्घटना लगायतका विषयमा तथ्यांकसहित छलफल भएको थियो भने न्यूनीकरणका लागि जनचेतनामा जोड दिइएको थियो ।

    छलफलमा नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी अमरजंग थापा, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक शानुराम भट्टराई, सशस्त्र प्रहरी बल २ नं. गण झापाका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डे र जिल्ला अनुसन्धान कार्यालयका उपअनुसन्धान निर्देशक तिलक शर्मा प्रसाईंले जिल्लाको वस्तुस्थितिको बारेमा जानकारीसहित अवका दिनमा गर्नुपर्ने कार्य बारे बताउदै विभिन्न सुझाव दिएका थिए ।

    कोभिड–१९ नियन्त्रणका लागि राजनीतिक दल, सुरक्षाप्रशासन, सामाजिक संस्था वीचको समन्वयबाट विगतमा झैं प्रभावकारी अभियान सञ्चालन गर्न सबैको जोड थियो ।
    झापामा शान्ति स्थापना र विभिन्न समस्या समाधानमा विगत देखि संवाद समूह र राजनीतिक दलले निर्वाह गरिरहेको भूमिकाको प्रजिअ तिमिल्सिनासहित सुरक्षा प्रमुखहरुले प्रशंसा गरेका थिए । रेल्वे प्रभावितको संघर्ष र समस्या समाधानमा संवादले सहजीकरण गरी पुलको काम गरिरहेको बारे पनि चर्चा भएको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.