Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विद्यालयमा बालमैत्री टेवलकुर्सीसहित शैक्षिक सामाग्री हस्तान्तरण
    समाचार

    विद्यालयमा बालमैत्री टेवलकुर्सीसहित शैक्षिक सामाग्री हस्तान्तरण

    कनकाई खबरBy कनकाई खबर२०७७ चैत्र ३, मंगलवार १५:२४ गते2 Mins Read

    झापा गाउँपालिका / झापाको दक्षिणी क्षेत्र झापा गाउँपालिका ३ गैरीगाउँस्थित नमूना प्राथमिक विद्यालयमा गुणस्तरीय शिक्षाकालागि विर्तामोडस्थित जिवित बचन मण्डलीले बालमैत्री टेवलकुर्सीसहित शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

    विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा मण्डलीका प्रमुख नामुयल राई र कार्यक्रमका प्रमुख अतिथी झापा गाउँपालिकाका प्रमुख जयनारायण शाहले विद्यालयका अध्यक्ष जगनाथ पौडेल र प्रधानाध्यापक कमला विश्वकर्मालाई ३२ वटा कुर्सी र ८ वटा टेवल हस्तान्तरण गरिएको हो ।

    अति बिपन्न बर्ग र समुदायको बसोबास रहेको यस क्षेत्रमा गुणस्तरीय शिक्षाकालागि स्थानीय सरकार साथै विभिन्न संघसंस्थाको महत्वपूर्ण साथ सहयोग रहेको कुरा व्यक्त गर्दै विद्यालयका अध्यक्ष पौडेलले दाताहरुको सहयोगबाट नै विद्यालयमा कम्प्युटर शिक्षा समेत संचालनमा रहेको बताएका छन् ।

    स्थानीय सरकार झापा गाउँपालिकाको विशेष सहयोगमा वालविकास कक्षा संचालन, दिवा खाजाको व्यवस्था, अंग्रेजी माध्यमको शिक्षा समेत सुरुवात भइसकेको यस विद्यालयमा शिक्षामा सुधार आएसँगै विद्यार्थीहरुको संख्या समेत बढ्दै गएको बताईएको छ ।

    झापा जिल्लाका केही विद्यालयमा शैक्षिक सुधारकालागि संस्थाले यस अघिदेखि नै सहयोग गर्दै आएको विर्तामोडस्थित जिवित बचन मण्डलीका प्रमुख नामुयल राईले बताएका छन् । कक्षा नर्सरीदेखि पाँच कक्षा सम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा हाल १७० जना विद्यार्थी रहेको विद्यालयकी प्रधानाध्यापक कमला विश्वकर्माले जानकारी दिएकी छन् । विद्यालयमा अन्जु पन्त फाउण्डेशनले समेत यस अघि ३ वटा कम्प्युटर सहित न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेको बताइएको छ । यसका साथै गाउँपालिकाको तर्फबाट समेत यस अघि नै एक थान कम्प्युटरसहित शैक्षिक सामाग्री वितरण गरिएको बताइएको छ ।

    झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले विद्यालयलाई नामअनुसारकै नमूना बनाउँने काममा स्थानीय सरकार सकारात्मक रहेको भन्दै गाउँपालिकाले शैक्षिक सुधारकालागि नयाँ अभियान संचालन गरिरहेको बताएका छन् ।

    कार्यक्रमकै अवसरमा गाउँपालिकाका अध्यक्ष शाहबाट यस विद्यालयमा अभिभावकत्व ग्रहण भएको कक्षा २ मा अध्ययनरत विद्यार्थी राज उराउलाई एक वर्षभरीलाई पुग्ने विद्यालय पोशाक, जुत्ता साथै शैक्षिक सामाग्री समेत हस्तान्तरण गरिएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगनाथ पौडेलको सभापतित्व, गाउँपालिका अध्यक्ष जयनारायण शाहको प्रमुख आतिथ्य एवम् विद्यालयकी प्रधानाध्यापक कमला विश्वकर्माले संचालन गरेको कार्यक्रममा झापा गाउँपालिका वडा नं. ३ का अध्यक्ष मोतीलाल गणेश, कार्यपालिका सदस्य टिका विश्वकर्मा, शिक्षक महासंघ झापा गाउँपालिकाका अध्यक्ष जगनाथ राजवंशी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयको कक्षा ३ मा अध्ययनरत निशा टुडु र कक्षा १ मा अध्ययनरत सिरिफुल टुडुले सन्थाल भाषामा गीत प्रस्तुत गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.