Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » महत्वपूर्ण निर्णय गर्दै प्रेस चौतारी झापाको बैठक सम्पन्न
    समाचार

    महत्वपूर्ण निर्णय गर्दै प्रेस चौतारी झापाको बैठक सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०७७ चैत्र ३, मंगलवार ००:१२ गते2 Mins Read

    शिवसताक्षी \ नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका विषयमा केन्द्रित रहेर प्रेस चौतारी नेपाल झापा शाखाको पहिलो बैठक सोमबार शिवसताक्षीको झिलझिलेमा सम्पन्न भएको छ ।
    पत्रकारका संघ–संगठनसँग समन्वय गरेर निर्वाचन केन्द्रित कार्यक्रम अघि बढाउनका लागि प्रेस चौतारी झापाका अध्यक्ष टीकाराम उप्रेतीको अध्यक्षतामा सात सदस्यीय निर्वाचन समन्वय तथा परिचालन समिति गठन भएको छ । सो समितिले तत्काल सबै संगठनसँग बार्ता गरेर महासंघको नेतृत्व सर्वसम्मत बनाउन पहल गर्नेछ ।

    झिलझिलेको वाटर किङ्डम पार्क एन्ड रिसोर्टमा बसेको बैठकले समन्वय तथा निर्वाचन परिचालन समितिको सदस्यमा चौतारीकी केन्द्रीय सदस्य अम्बिका भण्डारी, नेकपा एमाले जिल्ला कमिटिका प्रचार विभाग प्रमुख तथा नेपाल पत्रकार महांघका झापाका पुर्व अध्यक्ष माधव विद्रोही, आमसञ्चार प्रतिष्ठान प्रदेश नम्बर १ का सदस्य गोपाल काफ्ले, महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी न्यौपाने फोनिजका जिल्ला अध्यक्ष विशाल नेम्वाङ, प्रदेश सदस्य मीनप्रकाश उप्रेतीलाई चयन गरेको छ । बैठकले जिल्ला कार्यसमितिको सदस्य पदमा सरोज भट्टराईलाई चयन गर्ने निर्णय गरेको सचिव विनोद सापकोटाले जानकारी दिए । यसैगरि संगठनलाई आर्थिक रुपमा मजबुत बनाउन उपाध्यक्ष मनकुमार गदालको संयोजकत्वमा ११ सदस्यीय आर्थिक समिति गठन भएको छ ।

    बैठकले प्रेस चौतारी झापाको पदाधिकारी सम्मिलित सचिवालय समेत गठन गरेको छ । अध्यक्ष टिकाराम उप्रेती, उपाध्यक्ष मनकुमार गदाल, प्रदिप परियार, गंगा बराल, प्रकाश पौडेल, सचिव विनोद सापकोटा, सहसचिव राम निरौला, सागर गौतम,उमानाथ भण्डारी र कोषाध्यक्ष गीता ढँुगाना रहेको सचिवालय गठन भएको हो ।

    बैठकले प्रेस काउन्सिल नेपालको सदस्यमा नियुक्त भएका प्रेस चौतारी नेपाल १ नम्बर प्रदेशका अध्यक्ष गणेश पोख्रेल, आम संचार प्रतिष्ठानको १ नम्बर प्रदेशको सदस्यमा नियुक्त भएका संगठनका पुर्व झापा जिल्ला अध्यक्ष गोपाल काफ्ले र नेपाल पत्रकार महासंघ झापाले वितरण गर्ने केटो पत्रकारीता पुरस्कारबाट पुरस्कृत प्रेस चौतारी झापाकी कोषाध्यक्ष गीता ढुँगानालाई बधाई तथा शुभकामना प्रदान गरेको छ । बैठकमा सहभागी शिवसताक्षी नगरपालिकाका नगरप्रमुख चन्द्रकुमार शेर्माले प्रेस चौतारीको सफलताको शुभकामना व्यक्त गरेका थिए । पत्रकारले सूचना पाएपछि आम सर्व साधारणलाई आफुले काम गर्ने संचारमाध्यमबाट निस्पक्ष ढङ्गले सुसूचित गर्नुपर्ने उनले धारणा राखेका थिए ।

    पत्रकारले चलाएको कलमले समाजमा भईरहेको राम्रो नराम्रो सबै विषय बस्तु उजागर गर्नुपर्ने उनको धारणा थियो । उनले भने, ‘समाजलाई बेफाईदा हुने गतिविधि हुदैछ भन्ने पत्रकारले सूचना पाएपछि सरकारको ध्यानाकर्षण हुनेगरी संचारमाध्यममा ती कुरा लेख्नुपर्यो, फाईदा हुने गतिविधि छ भने पनि लेख्नुपर्यो ।’ चौतारीका प्रदेश नं. १ का अध्यक्ष गणेश पोखरेल, केन्द्रीय सदस्य भण्डारी, प्रचार विभाग प्रमुख विद्रोही, महासंघका पुर्व केन्द्रिय सदस्य मोहनकाजी न्यौपानेले संगठनलाई चलायमान बनाउने र इमान्दारपूर्वक काम गर्न जिल्ला समितिलाई निर्देशन दिएका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.