Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा जेसीजको ‘रि–ईन्जिनियरिङ बिजनेस’ तालिम सम्पन्न
    समाचार

    सुरुङ्गा जेसीजको ‘रि–ईन्जिनियरिङ बिजनेस’ तालिम सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०७७ चैत्र २, सोमबार ०१:४७ गते2 Mins Read

    कनकाई खबर / बदलिँदो परिस्थितीमा व्यवसायबाट कसरी सफल बन्ने भन्ने विषयमा सुरुङ्गा जेसीजले एक दिवसीय ‘रि–ईन्जिनियरिङ बिजनेस’ तालिम सम्पन्न गरेको छ ।

    सुरुङ्गा जेसीज एवम् कनकाई उद्योग वाणिज्य संघले संयुक्त रुपमा संचालन गरेको तालिममा स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यवसायी, शैक्षिक तथा विभिन्न वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सभागिता रहेको सुरुङ्गा जेसीजकी तालिम संयोजक विनिता मैनालीले जानकारी दिएकी छन् । जेसीज अन्तर्गत झापाका १५ वटै शाखा साथै जिल्ला बाहिरका शाखाहरुको समेत सहभागिता रहेको तालिममा जेसीजका पदाधिकारीसहित एक सय बढी सहभागीहरु लाभान्वीत भएको बताइएको छ ।

    ‘रि–ईन्जिनियरिङ बिजनेस’ नाम दिइएको तालिम सुरुङ्गा जेसीजको सभा हलमा सम्पन्न भएको हो । सुरुङ्गा जेसीजकी अध्यक्ष यदुका ओली उप्रेती(उषा) र कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरीयाको संयुक्त अध्यक्षता रहेको तालिममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष उद्योगपति भोलेश्वर दुलालको प्रमुख आतिथ्यता रहेको थियो ।

    प्रमुख प्रशिक्षक राजाबाबु शाह साथै अन्तर्राष्ट्रिय प्रशिक्षक प्रितम गोस्वामीबाट संचालन भएको तालिम कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी उद्योगपति दुलालले व्यवसायबाट कसरी सफल बन्न सकिन्छ भन्ने विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए । पारदर्शिता, धैर्यता र इमान्दारीता भएमा जुनसुकै व्यवसायबाट सफलता प्राप्त गर्न सकिने कुराको जानकारी गराउँदै प्रमुख अतिथी दुलालले कुनै पनि व्यवसायलाई सिस्टममा लान सकेमा व्यवसायीले निराश हुनु नपर्ने प्रष्ट पारेका छन् । तालिमबाट व्यवसायको वृद्धिमा थप टेवा पुग्ने विश्वास जगाएको भन्दै सहभागीका तर्फबाट सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष कुमारमणि पोखरेल, बुधबारे जेसीजका वर्तमान अध्यक्ष अनिल वाग्ले, स्थानीय सुनचाँदी व्यवसायी खेम प्रसाईँ लगायतले तालिम उपलव्धीमूलक भएको बताए ।

    तालिम कार्यक्रममा भारतीय प्रशिक्षक विनय शर्मासहितको उपस्थिती रहेको थियो । सुरुङ्गा जेसीजकी कानुनी सल्लाहकार सुस्मा उप्रेतीले आस्थावाचन गरेको उद्घाटन समारोहमा जेसीज मिसन भिजन रिसवसिंह चाहारले प्रस्तुत गरेका थिए । सुरुङ्गा जेसीजकी तालिम संयोजक विनिता मैनालीले स्वागत गरेको उद्घाटन समारोहमा सुरुङ्गा जेसीजकी वर्तमान अध्यक्ष यदुका उप्रेतीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । कार्यक्रमको संचालन जेसीजकी महासचिव मेनुका उप्रेती शिवाकोटी(देवका) ले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.