बिर्तामोड/ झापामा जारी अन्तर पालिका स्तरिय कर्मचारी फुटबल नकआउट प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले हात पारेको छ ।
डोमालाल राजवंशी रंगशालामा दमक नगरपालिकालाई २-१ गोल अन्तरले हराउदै शिवसताक्षी नगपालिकाकाले प्रतियोगिताको उपाधि हत्याउन सफल भएको हो । नकआउट फुटबल प्रतियोगिताको दोस्रो उपाधि दमक नगपालिकाले पाएको छ । उपाधि बिजेता शिवसताक्षीले ५१ हजार, मेडल , ट्रफी र प्रमाणपत्र पाएको छ । उपविजेता दमकले ३१ हजार पाएको छ ।
पहिलो हाफको दशौं मिनेटमा उमेश दाहालले एक गोल गरेर दमक नगरपालिकालाई १-० गोल अन्तरलेपछि पारेका थिए । १-० गोलअन्तरले अगाडि बढेको शिवसताक्षी नगरपालिकाले दोस्रो हाफको ४० औं मिनेटमा कञ्चन मल्लीकले १ गोल गरेर नतिजा दोब्बर बनाए । खेलको ५५ औं मिनेटमा दमक विकि केशरीले १ गोल गरेका थिए ।
बिर्तामोड नगपालिकाको आयोजनामा गएको फागुन २२ देखि जारी अन्तर पालिका स्तरिय कर्मचारी नकआउट फुटबल प्रतियोगितामा झापाका १५ वटै पालिकाको सहभागिता थियो ।