Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झिलझिलेमा वाटरपार्क रिसोर्ट सञ्चालनमा
    मनोरञ्जन

    झिलझिलेमा वाटरपार्क रिसोर्ट सञ्चालनमा

    कनकाई खबरBy कनकाई खबर२०७७ चैत्र १, आईतवार ०७:१४ गते2 Mins Read

    झिलझिले, २९ फागुन । झिलझिलेमा भर्खर सञ्चालनमा आएको जीप फ्लाइङ र साइक्लिङ सुविधासहितको वाटरपार्क रिसोर्टले पहिलो वर्ष एक लाख पर्यटकलाई स्विमिङ गराउने घोषणा गरेको छ ।

    शिवसताक्षी–८ झिलझिलेमा २ बिगाहा ५ कठ्ठा जग्गामा स्थानीय राजकुमार संग्रौलाले ४२ करोड रुपैयाँको निजी लगानीमा वाटर किङ्डम पार्क एन्ड रिसोर्ट प्रा.लि. स्थापना गरेका हुन् ।

    पत्रकार सम्मेलन गरी सञ्चालकहरुले यो रिसार्ट १ नं. प्रदेशकै पहिलो जीप फ्लाइङ र जीप साइक्लिङ सुविधासहितको वाटरपार्क रिसोर्ट भएको बताए । प्रवेश शुल्क एक सय रुपैयाँ तोकेको रिसोर्टले वाटरपार्कका सबै आइटमको आनन्द लिनका लागि ६०० रुपैयाँ शुल्क तोकेको छ । पर्यटकले जीप फ्लाइङ र जीप साइक्लिङका लागि अलग्गै ५०० रुपैयाँका दरले तिर्नुपर्ने छ ।

    रिसोर्टभित्र पानीमा खेलेर रमाउन सकिने आठ किसिमका खेलहरु रहने छन् । ४५ मिटर लामो कृत्रिम सुरुङ र समुन्द्री छालको जस्तो वेभ पुलले पर्यटकको मन तरङ्गित गर्नेछ ।

    स्विमिङ पुल, चिल्ड्रेन पुल, सावर डान्स, नाइट क्लब, सोनाबाथ, फिटनेस सेन्टर लगायतका अनेकौं मनोरञ्जनात्मक सुविधाले भरिपूर्ण रिसोर्ट प्रदेशकै नमुना पर्यटकीयस्थल बनाइने सञ्चालक समितिकी अध्यक्ष मेनुकादेवी सिटौलाले बताइन् । स्थानीय वडा नं. ८ का अध्यक्ष केहरसिंह बस्नेतको प्रमुख आतिथ्य र सञ्चालक समितिकी अध्यक्ष सिटौलाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पत्रकार, व्यवसायी, सामाजिक अगुवालगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । झिलझिलेस्थित राजमार्गबाट ३०० मिटर दक्षिणमा रहेको यो रिसोर्ट सताक्षीधाम, चिल्लागढ, दोमुखा जस्ता प्रख्यात पर्यटकीय स्थलको नजिक रहेको हुँदा त्यहाँ आउने पर्यटकलाई समेत खान, बस्न र डुलफिर गर्न सुविधा पुग्ने सञ्चालक समितिका सदस्य समेत रहेका पत्रकार विनोद सापकोटा बताउँछन् ।

    तारमा रोमाञ्चक यात्रा हुने जीप फ्लाइङ र साइक्लिङलाई नयाँ तथा साहसिक खेल मानिन्छ । यसले आन्तरिक पर्यटकलाई निकै आकर्षित गर्ने सम्भावना छ । स्विमिङ पुल, चिल्ड्रेन पुल, सावर डान्स, नाइट क्लब, सोनाबाथ, फिटनेस सेन्टर लगायतका अनेकौं मनोरञ्जनात्मक सुविधा रिसोर्टले प्रादन गर्ने भएको छ । वाटरपार्क डुल्न अब भारतको सिलिगुढी जान नपर्ने अवस्था सिर्जना गर्न र नाफासँगै सेवाको भावनाले रिसोर्ट सञ्चालन गरिएको सिटौलाले बताए । रिसोर्टमा मनोरञ्जनका लागि खेल तथा सुविधाहरुसँगै बस्न र खानका लागि अलगअलग ननभेज र भेज रेस्टुरेन्ट सञ्चालन गरिएको छ । परिवार र साथीसँग डुलफिरका लागि वाटर किङ्डम रिसोर्ट उपयुक्त स्थान भएको उनले बताए ।

    शिवसताक्षी नगरपालिका वडा नं. ८ का अध्यक्ष केहरसिंह बस्नेतले आफ्नो क्षेत्रमा खुलेको रिसोर्टलाई नगरकै गौरवको परियोजना ठान्दै त्यसलाई सफल बनाउन सहयोग गरिने बताएका छन् ।

    रिसोर्ट सञ्चालक समितिका सदस्य गणेश घिमिरेले वार्षिक एक लाख जनालाई पौडी खेल्नका रिसोर्टभित्र प्रवेश गराइने लक्ष्य रहेको बताए ।

    उनले निश्चित शुल्क तोकेर दुई हजार जनालाई यस वर्ष स्विमिङ पुलको ग्राहक बनाउने समेत जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.