Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जमरकट्टेल तथा सिटौला परिवारबाट स्थापित अक्षयकोषबाट सम्मान
    समाचार

    जमरकट्टेल तथा सिटौला परिवारबाट स्थापित अक्षयकोषबाट सम्मान

    कनकाई खबरBy कनकाई खबर२०७७ फाल्गुन २७, बिहीबार ०६:१९ गते3 Mins Read

    कनकाई खबर / झापा गाउँपालिका ७ स्थित जनकल्याण माध्यमिक विद्यालयमा एक विशेष कार्यक्रमका विच शिक्षक—विद्यार्थी सम्मान तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।
    ‘भिष्मत—कुबेरलाल जमरकट्टेल स्मृत्ति अक्षय कोष २०७२’ एवम् ‘आमाबुबा इन्दिरा—विष्णु सिटौला शैक्षिक अक्षयकोष २०७५’ बाट विद्यालयका पूर्व शिक्षक एवम् उत्कृष्ट विद्यार्थी सम्मानित भएका हुन् । यसरी सम्मानित हुने विद्यालयका पूर्व शिक्षकहरुमा हाल कनकाई नगरपालिका—८, रमाइलोबस्ती निवासी सीताराम अधिकारी साथै विद्यालयका पूर्व प्रधानाध्यापक हाल काठमाण्डौ महानगरपालिका—३२,सुविधानगर निवासी धनपति पौडेल रहेका छन् ।

    विद्यालयका पूर्व शिक्षक अधिकारीले शिक्षण पेशाको प्रारम्भमा जनकल्याण माध्यमिक विद्यालयमा शिक्षण पेशामा आवद्ध भई शैक्षिक विकासमा पुर्याएको महत्वपूर्ण योगदानको उच्च मूल्याङ्कन गर्दै दुवै अक्षयकोषबाट नगद सहित सम्मान गरिएको हो । सम्मानित व्यक्तित्व अधिकारीले विभिन्न विद्यालयमा गरेर ४० वर्ष सम्मको सफल शैक्षिक यात्रा पूरा गरेर स्वेच्छिक अवकाश लिएका हुन् ।
    त्यस्तै सम्मानित हुने विद्यालयका पूर्व प्रधानाध्यापक पौडेलले जनकल्याण माध्यमिक विद्यालयको प्रारम्भिक चरणमा शिक्षाको उज्यालो प्रकाश छर्न पुर्याएको योगदानको उच्च मूल्याङकन गर्दै विशेष सम्मान गरिएको हो । जीवनको प्रारम्भदेखि नै शिक्षण पेशामा क्रियाशिल पौडेलले विभिन्न शैक्षिक संस्थामा आवद्ध भई शिक्षाको उज्यालो ज्योती छर्ने काम गरेर अवकास लिएका थिए । सम्मानित दुवैजना पूर्व शिक्षकहरुलाई दुवै कोषबाट नगद र सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

    त्यस्तै २०७५ को एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउँने विद्यालयका विद्यार्थी पूर्णिमा कुमारी मण्डल र अंकित दास त्यस्तै २०७६ को एसइईबाट अन्जर आलम र मौसम प्रसाईँ सम्मानित भएका हुन् । सम्मान पत्रका साथमा दोसल्ला ओढाएर सम्मानित भएका चारैजना विद्यार्थीहरुलाई भिष्मत—कुबेरलाल जमरकट्टेल स्मृत्ति अक्षय कोषबाट जनही ४ हजार ५ सय नगद साथै आमाबुबा इन्दिरा—विष्णु सिटौला शैक्षिक अक्षयकोषबाट जनही ३ हजारका दरले नगदसहित सम्मान गरिएको जमरकट्टेल स्मृत्ति अक्षय कोषका संंरक्षक टिकाप्रसाद जमरकट्टेलले बताएका छन् ।

    अक्षयकोषबाट सम्मानित हुने शिक्षक तथा विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेसका नेता समाजसेवी देउमान थेवे, जमरकट्टेल वंश प्रतिष्ठानका केन्द्रिय अध्यक्ष देवीप्रसाद जमरकट्टेल, कोषका संरक्षक टिकाप्रसाद जमरकट्टेल, आमाबुबा इन्दिरा—विष्णु सिटौला शैक्षिक अक्षयकोषका संरक्षक विष्णु सिटौला लगायतले सम्मान गरेका हुन् । सम्मान पत्र वाचन जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक पदम अधिकारीले गरेका थिए ।

    २०७२ सालदेखि स्थापना भएको भिष्मत—कुबेरलाल जमरकट्टेल स्मृत्ति अक्षय कोषको राशी २ लाख १ हजारको रहेको छ भने आमाबुबा इन्दिरा—विष्णु सिटौला शैक्षिक अक्षयकोषको राशी १ लाख १३ हजार रहेको बताइएको छ । सिटौला शैक्षिक अक्षयकोषका संरक्षक विष्णु सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तबहादुर बानियाँ, जगनाथ राजवंशी, नेत्र प्रसाईँ, शिव कडेल, रुद्र बजगाईँ साथै सम्मानित व्यक्तित्वद्वय पूर्व शिक्षक सीताराम अधिकारी र धनपति पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष समेत रहेका शिक्षासेवी भिष्मत—कुबेरलाल जमरकट्टेल स्मृत्ति अक्षय कोषका संरक्षक टिकाप्रसाद जमरकट्टेलले अक्षयकोष स्थापनाको औचित्यमाथि प्रकाश पार्दै पारिवारीक वातावरणमा विद्यालयस्तरको शिक्षा आर्जन गरेको यस जनकल्याण माविसँग आफ्ना बुबाआमासहित परिवारका सवै सदस्यहरुको भावनात्मक सम्बन्ध गाँसिएको भन्दै यो सम्बन्धलाई अझै सुमधुर बनाउँन अक्षयकोष स्थापना गरेको बताएका छन् । कार्यक्रमको संचालन जमरकट्टेल कोषका सदस्य भवानी कट्टेलले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.