Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » निर्वाचन एकमात्र निकास – डा. शेखर कोइराला
    राजनीति

    निर्वाचन एकमात्र निकास – डा. शेखर कोइराला

    कनकाई खबरBy कनकाई खबर२०७७ फाल्गुन २६, बुधबार ०९:१५ गते2 Mins Read

     विर्तामोड \ नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले वतर्मान देशको राजनीतिक निकास निर्वाचन बाहेक अन्य विकल्प नभएको बताएका छन् । आज झापाको विर्तामोडमा नेपाल प्रेस युनियन झापा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डा. कोइरालाले सो बताएका हुन् ।

    डा. कोइरालाले भने, ‘सर्वाेच्चको फैसलाले एमाले र माओवादी अलग भएको छ । प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजिनामा नदिएकाले अब सदनबाट विश्वासको मत दिन पर्ने बाध्यता छ । माओवादीले समर्थन नदिएको खण्डमा यो सरकार ढल्छ । त्यसपछि विभिन्न राजनीतिक दलको समिकरणबाट सरकार बन्ने छ ।’

    डा. शेखर कोइरालाले अगाडि भने, ‘संसद पूर्नस्थापना भएपनि अनिर्णयको बन्दी बन्न पुगेको छ । अब नेपाली कांग्रेस पर्ख र हेर भन्ने अवस्थामा छैन । सबै खाले राजनीतिक दलसँग छलफल गरेर निर्वाचन गराउने सरकार गठन गर्ने तर्फ लाग्ने छ । र चुनाव नै एकमात्र निकास हो त्यसको विकल्प छैन ।’ उनका अनुसार आगामी चैत २०७८ सम्ममा चुनाव गराउन सम्भव देखिने उनले बताए ।

    आगामी अधिवेशनमा तपाईँ नेपाली कांग्रेसको सभापतिको उम्मेद्वार हो ? भन्ने संचारकर्मीको जिज्ञासामा सबै क्षेत्रका कांग्रेस कार्यकर्तासँग छलफल र केन्द्रिय समितिमा घनिभूत छलफल पश्चात मात्र निश्कर्षमा पुग्ने कोइरालाले बताए ।

    डा. कोइरालाका साथमा केन्द्रिय सदस्य चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ्ग, सरिता प्रसाई लगायतको उपस्थित देखिएकाले, के कृष्ण सिटौला पनि तपाईँको टिममा हुनुहुन्छ ? भन्ने संचारकर्मीको प्रश्नमा डा. कोइरालाले सिटौलाको आफ्नो टिमलाई समर्थन भएको बताउँदै तर सिटौला माथ्लो नेता भएकाले उहाँसँग छुट्टै कुरा गर्न जरुरी भएको बताए ।

    यसै प्रशंगमा झापामा कांग्रेस कार्यकर्तासँग छलफल गर्न आएको बताउँदै डा. कोइरालाले भने, ‘झापा राजनीती क्षेत्रमा देशभरि कै बलियो र सशक्त भुमी हो । संविधान बनाउने नेता पनि झापा कै, संविधानलाई ध्वंश पार्ने नेता पनि झापा कै र फेरी संविधानलाई जोगाउने न्यायधिश पनि झापा कै हुन ।

    प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा केन्द्रिय सदस्य धनराज गुरुङ्ग र गुरुराज घिमिरेले मन्तव्य राख्दै देशको राजनीतिक स्थिती अत्यन्तै जटिल भएको बताए । यसलाई जोगाउन निर्वाचन एकमात्र उपाय भएको बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.