Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एनएमसीको स्थापना दिवस ४२ ठाउँमा एकैसाथ सम्पन्न
    समाचार

    एनएमसीको स्थापना दिवस ४२ ठाउँमा एकैसाथ सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०७७ फाल्गुन २५, मंगलवार १६:११ गते2 Mins Read

    कनकाई खबर / नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीेले २८औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न ४२ ठाउँमा स्थापना दिवस समारोह एकैसाथ सम्पन्न गरेको छ ।

    संस्था स्थापना दिवसको अवसरमा झापाका ४२ स्थानमा एकै समयमा छुट्टाछुट्टै कार्यक्रम सम्पन्न गरिएको हो । एनएमसीका ४० वटा बैंकिङ कार्यालय, एनएमसी डेरी र एकीकृत नमूना कृषि फर्ममा स्थापना दिवस मनाइएको हो ।

    २०५० साल फागुन २४ गते संस्था दर्ता भई काँकरभिट्टाको एउटा सानो कोठाबाट कारोबार सुरु गरेको एनएमसीले झापा जिल्लाभर सेवा विस्तार गरेको छ भने भर्खरै मात्र छिमेकी जिल्लामा पनि सेवा केन्द्र खोलेर कारोबार गर्ने अनुमति पाएको बताइएको छ ।

    स्थापना समारोहका लागि संस्थाले केन्द्रीय प्रतिनिधि तोकेर विशेष मन्तव्य मार्फत संस्थाको वस्तुस्थिति अवगत गराएको थियो । सोही अन्तरगत दुर्गापुर कार्यालयमा सम्पन्न स्थापना दिवस समारोहमा केन्द्रिय प्रतिनिधिका रुपमा संस्थाको युवा सरोकार समितिका सदस्य राजकुमार कट्टेलले समग्र संस्थाको वर्तमान वित्तीय अवस्था, बैंकिङ कार्यालयमार्फत भइरहेको वित्तीय कारोबारका बारेमा बोल्दै एनएमसीका पाँचवटै कारोबारको संक्षिप्त जानकारी गराएका थिए ।

    दुर्गापुर कार्यालयगत समितिका संयोजक छविलाल कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वित्तिय कारोवारका हिसावले यस वर्ष उत्कृष्ट हुन सफल दुर्गापुर कार्यालय अन्तर्गतको इकाई नं.२ का पदाधिकारी तथा सदस्यहरुलाई संस्थाका तर्फबाट दोसल्ला ओढाएर विशेष सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा इकाइ संयोजक प्रेमप्रसाद ओलीसहित सदस्यहरु सुजता निरौला, कमला अधिकारी र बजार प्रतिनिधि शान्ता अधिकारी निरौला रहेका छन् ।

    दुर्गापुर कार्यालयका कार्यबाहक प्रमुख विजय ढकालले सञ्चालन गरेको कार्यक्रममा इकाइ नं. १ का संयोजक ताराप्रसाद खनाल, कर्मचारी टिका मिश्रले संस्थामा रहँदाको अनुभव प्रस्तुत गरेका थिए भने इकाइ नं.२ की सदस्य सुजता निरौलाले कविता वाचन गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.