Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा भएको महिला फुटबलको उपाधि आयोजकलाई
    खेलकुद

    झापामा भएको महिला फुटबलको उपाधि आयोजकलाई

    कनकाई खबरBy कनकाई खबर२०७७ फाल्गुन २४, सोमबार १९:४८ गते2 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा संचालित छैटौ जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि आयोजक कनकाई नगरपालिकाको महिला फुटबल टिमले हात पारेको छ ।

    सोमबार भएको फाइनल खेलमा अर्जुनधाराको पारीजात महिला फुटबल क्लवलाई १ – ० गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधि हात पारेको हो ।
    उपाधिसँगै कनकाई महिला फुटबल क्लवले ६५ हजार रुपैँया पुरस्कार प्राप्त गरेको छ । उपबिजयी हुने पारिजात महिला फुटबल क्लव अर्जुनधाराले ४० हजार रुपैँया प्राप्त गरेको खेल संयोजक गोविन्द सुवेदीले बताए । प्रतियोगितामा एक मात्र बिजयी गोल पहिलो हाफको ३७ औं मिनटमा कनकाईकी नेहा चौधरीले गरेकी थिइन् ।

    कनकाईले पाएका करिव आधा दर्जन गोलको अवसरलाई सदुपयोग गर्न नसक्दा थप गोल सङ्ख्या थप्न सकेन । खेलको नायक बन्नुभएकी नेहा चौधरी खेलको ओमन अफ द म्याच घोषित भएकी छन् । आयोजक टिमकै सरिता सेर्पा सर्वोत्कृष्ट खेलाडी घोषित भएको बताइएको छ । बिजयी तथा उपबिजयी खेलाडीलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाई, संविधानसभा सदस्य अम्बिका राजवंशी, कनकाई २ का वडाअध्यक्ष परशुराम गिरी, वडा नं.८ का अध्यक्ष प्रेम कटुवाल लगायतले नगद पुरस्कार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिताको आर्थिक सहयोग कनकाई नगरपालिकाले गरेको हो ।

    कनकाई नगर क्षेत्रमा खेलकुद गतिविधिकै लागि ६ वर्ष अघि स्थापना भएको प्रतिष्ठानले सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा छैटौं संस्करणका रुपमा संचालन गरेको प्रतियोगितामा झापाका ८ वटा महिला फुटबल टिमको सहभागीता रहेको बताइएको छ । फागुन १७ गतेदेखि संचालन भएको प्रतियोगिता अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर २४ गते सोमबार समापन भएको हो । प्रतिष्ठानका अध्यक्ष दिननाथ खतिवडाको सभापतित्वमा प्रतियोगिता सम्पन्न भएको सचिव विनोद रानामगरले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.