Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा जेसीजद्धारा उद्यमशिल महिलालाई सम्मान
    समाचार

    सुरुङ्गा जेसीजद्धारा उद्यमशिल महिलालाई सम्मान

    कनकाई खबरBy कनकाई खबर२०७७ फाल्गुन २४, सोमबार १८:२७ गते2 Mins Read

    कनकाई खबर \ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सुरुङ्गा जेसीजले स्थानीय एक उद्यमशिल महिलालाई सम्मान गरेको छ ।

    श्रमजिवी उद्यमशिल महिला सम्मान कार्यक्रम अन्तरगत जेसीजले उद्यमशिलताको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएकी कनकाई ३ निवासी कल्पना नेपाललाई विशेष सम्मान गरेको हो । समाजमा उदाहरणीय काम गर्दै आएकी नेपालले केही वर्ष अघिदेखि नै पेन्टीङ्को चुनौतीपूर्ण काम सम्हाल्दै आएकी छन् । सुरुङ्गा जेसीजको सचिवालयमा सम्पन्न एक विशेष समारोहकाबिच कार्यक्रमकी प्रमुख अतिथी कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँ साथै सुरुङ्गा जेसीजकी अध्यक्ष यदुका(उषा) उप्रेतीद्वारा उद्यमी महिला नेपाललाई विशेष सम्मान गरिएको हो । कनकाईको सुरुङ्गालाई कर्मथलो बनाएर केही वर्षदेखि पेन्टर (घरमा रङ लगाउँने ) कार्यमा व्यस्त देखिने नेपाल अवसर पाउँदा महिला पनि जस्तोसुकै काममा सफल वन्न सक्ने उदाहरण वनेकी छन् ।

    उद्यमी महिला नेपाललाई सम्मान गर्दै कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँले देवीको अवतारका रुपमा रहेका महाकाली, महालक्ष्मी र महासरस्वतीको तस्वीर पूजा गर्ने पुरुषले आफ्नै घरकी देवीको महत्व बुझ्न नसक्नु ठूलो भूल भएको बताएकी छन् । समाज रुपान्तरणकालागि महिला र पुरुष एकै ठाउँमा रहनु पर्ने कुरामा जोड दिँदै उपप्रमुख प्रसाईँले वर्षमा एक पटक नारी दिवस मनाएर मात्र लक्ष्यमा पुग्न नसक्ने बताएकी छन् । सुरुङ्गा जेसीजकी अध्यक्ष उषा (यदुका)उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका निवर्तमान अध्यक्ष त्रिलोचन उप्रेती, पूर्व अध्यक्षहरु शिव कँडेल, सरला दाहाल पोखरेल, जविन तिम्सिना, भिम भट्टराई, कमल कट्टेल, कनकाई सामुदायिक वनकी सदस्य तथा सुनौलो बचत समूहका अध्यक्ष दिव्यस्वरा फुयाँल, कनकाई महिला च्याम्बरकी कोषाध्यक्ष मिना मैनाली लगायतको उपस्थिती रहेको कार्यक्रम संयोजक मनुषा श्रेष्ठले बताएकी छन् ।

    उपाध्यक्ष मुक्ता कार्कीको स्वागत एवम् सचिव चन्द्रकला ढकालले आस्थावाचन गरेको कार्यक्रममा जेसीज मिसन एण्ड भिजन विनिता मैनालीले प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन जेसीजकी महासचिव मेनुका उप्रेती (देवका) ले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.