Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नारी दिवसमा विविध साँस्कृतिक कार्यक्रमसहित सम्मान
    समाचार

    नारी दिवसमा विविध साँस्कृतिक कार्यक्रमसहित सम्मान

    कनकाई खबरBy कनकाई खबर२०७७ फाल्गुन २४, सोमबार १५:४३ गते2 Mins Read

    कनकाई खबर / अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा झापाको कनकाई नगरपालिकाले विविध साँस्कृतिक प्रस्तुतिसहित विशेष सम्मानको कार्यक्रम सम्पन्न गरेको छ ।

    नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँको अध्यक्षता एवम् संविधान सभा सदस्य अम्बिका राजवंशीको प्रमुख आतिथ्य रहेको कार्यक्रम कनकाईको लक्ष्मीपुरस्थित हिमाली माविमा सम्पन्न भएको हो । विविध साँस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको नारीदिवस विशेष कार्यक्रममा कनकाई नगरपालिका क्षेत्रका दुईजना महिलालाई दोसल्ला ओढाएर नगदसहित सम्मान पत्रबाट सम्मान गरिएको छ ।

    नेपाली साहित्यको क्षेत्रमा निरन्तर कलम चलाउँदै समाजलाई सकारात्मक बाटो देखाउँन प्रेरणा जगाएको भन्दै कनकाई ३ सुरुङ्गा निवासी टिका भट्टराई नेपाललाई सम्मान गरिएको हो । त्यस्तै खेल विधाबाट राष्ट्रिय खेलमा त्रिभुवन आर्मी क्लव तथा अन्तर्राष्ट्रिय रुपमा नेपालको तर्फबाट १३ औं दक्षिण एसियाली महिला वास्केट बल खेलमा कास्य पदक विजेता हुन सफल कनकाई ५ निवासी गरिसा सेलवालले खेलको माध्यमबाट देशको नाम चिनाउँन सफल भएको भन्दै विशेष सम्मान गरिएको हो । सम्मानित दुवैजनालाई कार्यक्रमकी प्रमुख अतिथी संविधान सभा सदस्य अम्बिका राजवंशी, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, नगर उपप्रमुख मन्जु प्रसार्इँ लगायतले जनही नगद ५ हजार ७ सय ५० सहित दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरेका हुन् ।

    सम्मान ग्रहण गर्दै साहित्यिक स्रष्टा नेपाल र बास्केट बल तर्फकी राष्ट्रिय खेलाडी सिलवालले खुशी व्यक्त गरेका छन् । स्थानीय सरकारका रुपमा रहेको कनकाई नगरपालिकाले गरेको यो सम्मानले आफ्नो कार्य क्षेत्रमा अघि बढ्न थप उर्जा प्राप्त भएको प्रतिक्रिया दिएका छन् । कार्यक्रममा कनकाई ९ निवासी झुमा आचार्य बेडारीले प्रस्तुत गरेको नृत्यले दर्शकहरुलाई समेत छमछमी नचाएको थियो । त्यस्तै नारी चेतना महिला समूहको संगिनी नृत्य, दिपशिखा महिला कृषि सहकारी संस्था अन्तर्गतको किशोरी समुहको मारुनी नृत्य, सुर्योदय क्लवको एकल नृत्य जस्ता प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

    नगर क्षेत्रका क्रियाशिल संघसंस्था, विभिन्न महिला समूह लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले मुलुकको समृद्धिकालागि महिलाहरु पुरुष भन्दा कमजोर नभएको बताएका छन् । मुलुकमा भएको विभिन्न चरणको आन्दोलनमा महिला दिदीबहिनीहरुले समेत आफ्नो ज्यानको बलिदानी दिएको स्मरण गराउँदै दलित महिला संजाल झापाकी अध्यक्ष हर्कमाया विकले महिलाहरुलाई प्राथमिक्ताका साथ स्वरोजगारमूलक कार्यक्रममा पहिलो प्राथमिक्तामा राख्नु पर्ने भन्दै स्थानीय सरकारसँग जोडदार माग गरेकी छन् ।

    कनकाई नगरपालिकाको ८ नं.वडा कार्यालय साथै लक्ष्मीपुर बजार व्यवस्थापन समितिले व्यवस्थापन गरेको कार्यक्रममा बजार व्यवस्थापन समितिकी कोषाध्यक्ष ईश्वरा थापाले स्वागत गरेकी थिइन् । कार्यक्रमको संचालन कनकाई नगरपालिकाकी महिला तथा वालवालिका शाखाकी प्रमुख टिका खतिवडाले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.