Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपाली जनतालाई कम्फोर्टेवल सरकार चाहियो : प्रधानमन्त्री ओली
    राजनीति

    नेपाली जनतालाई कम्फोर्टेवल सरकार चाहियो : प्रधानमन्त्री ओली

    कनकाई खबरBy कनकाई खबर२०७७ फाल्गुन १९, बुधबार ०३:४० गते2 Mins Read

    कनकाई खबर / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको जनजीवन सहज हुने गरीको सरकार नेपाली जनतालाई आवश्यक भएको बताएका छन् ।

    झापाको विर्तामोडमा अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहितको विश्वस्तरीय उपचार सेवा दिँदै आएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक हिसाबले सजीलो हुने गरीको सरकार नेपाली जनताले चाहेको बताएका छन् ।

    प्रधानमन्त्री ओली र संविधानसभा सदस्य सुवास नेम्वाङले मंगलबार अस्पताल परिसरमा आयोजित विशेष समारोहका विच क्यान्सर अस्पतालको उद्घाटन गरेका हुन् ।
    उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नुका साथै कक्षहरु अवलोकन पनि गरे ।

    बिर्तामोड निवासी दुर्गा प्रसाईँको रु. ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण भएको हो जसमा तीन सय शैय्या छन् । करीब एक वर्षअघि नै सेवा शुरु गरेको अस्पतालको मंगलबार विधिवत् उद्घाटन भएको हो । एक वर्षको अवधिमा करीब दुई हजार सात सय बिरामीले अस्पतालबाट सेवा लिएका छन् जसमध्ये करीब एक हजार तीन सय विरामीहरु झापाकै बासिन्दा रहेको बताइएको छ
    प्रधानमन्त्री ओलीले बिएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने प्रक्रिया अगाडि बढेको जानकारी दिए । पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पताल तथा मेडिकल कलेज दुवैका कार्यकारी निर्देशक दुर्गा प्रसाईं हुन् ।

    ओलीले मेडिकल कलेजको सम्बन्धनको प्रक्रिया अगाडि बढेको पनि बताए । उनले बिएण्डसीलाई काठमाडौँ विश्वविद्यालयले सम्बन्धन दिन लागेको जानकारी दिए । ’बिएण्डसी टिचिङ अस्पताल बनाउने काम अगाडि बढिसकेको प्रसाईंलाई थाहा छ, यो काम अगाडि बढिसक्यो,’ प्रधानमन्त्री ओलीले भने, ’अब यो अस्पतालका रुपमा मात्र होइन, शिक्षण अस्पतालको रुपमा हुन्छ ।’
    मेडिकल कलेजको सम्बन्धनका लागि भौतिक पूर्वाधार, उपकरण, जनशक्ति लगायतका मापदण्ड पूरा भएकाले कलेजलाई सम्बन्धन दिन कुनै अप्ठ्यारो नहुने प्रधानमन्त्री ओलीले प्रष्ट पारेका छन् । ओलीले देशकै लागि क्यान्सर अस्पताल गौरवको विषय भएको बताए ।

    उनले पूर्वाञ्चल क्यान्सर अस्पताल अत्याधुनिक अस्पताल भएकाले अब नेपालीलाई उपचारमा सहज भएको बताए । उनले नेपाल उपचारका लागि सस्तो हुने भन्दै पूर्वाञ्चल क्यान्सर अस्पतालबाट छिमेकी देश भारतका नागरिकलाई समेत उपचारमा सहज हुने बताए ।

    उद्घाटनपछि देशमा विकासको लहर छाइरहेको भन्दै दुर्गा प्रसाईं साहसी व्यक्ति भएको उनले चर्चा गरे । ओलीले कसैले आलोचना गर्दैमा प्रसाईं पछि नहट्ने मानिस रहेको बताए । आलोचनालाई ब्रान्ड बनाउने प्रसाईंको विशेषता रहेको उनको भनाइ थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.