Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा जिल्लास्तरीय महिला फुटबल संचालन, उद्घाटन खेलमा कनकाईको विजय सुरुवात
    खेलकुद

    कनकाईमा जिल्लास्तरीय महिला फुटबल संचालन, उद्घाटन खेलमा कनकाईको विजय सुरुवात

    कनकाई खबरBy कनकाई खबर२०७७ फाल्गुन १७, सोमबार १७:३८ गते2 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा संचालन भएको जिल्लास्तरीय महिला फुटबल प्रतियोगितामा आयोजक कनकाई खेलकुद प्रतिष्ठानले ५— ० को फराकिलो अन्तरले विजय सुरुवात गरेको छ ।
    आज सोमबार भएको उद्घाटन खेलमा नवकिरण स्पोर्टिङ क्लव कचनकबललाई पछि पार्दै कनकाईको तर्फबाट लक्ष्मी श्रेष्ठले पहिलो हाफ्मै तीन गोल गर्दै खेललाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफ्पछि पनि श्रेष्ठबाटै थप एक गोल भएको थियो भने खेलको ६२ औं मिनटमा कनकाईकै नेहा चौधरीले पाचौं गोल गरेर आफ्नो टिमलाई अग्रस्थानमा सुरक्षित गरेकी हुन् । खेलको म्यान अफ द म्याच कनकाईकी लक्ष्मी श्रेष्ठ घोषित भएको खेल संयोजक गोविन्द सुवेदीले जानकारी दिए । ं
    कनकाई नगर क्षेत्रमा खेलकुद गतिविधिकै लागि ६ वर्ष अघि स्थापना भएको कनकाई खेलकुद प्रतिष्ठानले सुरुङ्गास्थित कनकाई माविको खेल मैदानमा छैटौं संस्करणका रुपमा संचालन गरेको प्रतियोगितामा झापाका ८ वटा महिला फुटबल टिमको सहभागीता रहने प्रतिष्ठानका अध्यक्ष दिननाथ खतिवडाले बताए । आज फागुन १७ गतेदेखि संचालन भएको प्रतियोगिता अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर २४ गतेका दिन समापन हुने बताइएको छ । प्रतियोगिताको प्रथम पुरस्कारको राशि नगद रु.६५ हजार र दोस्रो पुरस्कारको राशि ४० हजार रहेको बताइएको छ । प्रतियोगितामा म्यान अफ द म्याचको पुरस्कार स्थानीय युवा व्यवसायी अशोक बरालले सौजन्य गरेका छन् भने स्वास्थ्य सामाग्रीको व्यवस्थापन सुरुङ्गास्थित न्यूरो फार्मेसीले गरेको बताइएको छ ।
    प्रतिष्ठानका अध्यक्ष दिननाथ खतिवडाको सभापतित्वमा संचालन भएको उद्घाटन खेलको प्रदेश सभा सदस्य हीराकुमार थापाले उद्घाटन गरेका हुन् । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाई, वडाअध्यक्षहरु गोविन्द्रप्रसाद पौडेल, रुद्रप्रसाद चिमरिया, सुरुङ्गा खानेपानीका अध्यक्ष भीमप्रसाद अधिकारी, कनकाई उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कुमारमणि पोखरेल, राप्रपा नेपालका नगर उपाध्यक्ष इन्द्र रोक्का लगायातले प्रतियोगिताको सफलताको कामना गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.