Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापाका खरेलसहित नौ खेल पत्रकारलाई मन्त्रालयद्वारा सम्मान
    समाचार

    झापाका खरेलसहित नौ खेल पत्रकारलाई मन्त्रालयद्वारा सम्मान

    कनकाई खबरBy कनकाई खबर२०७७ फाल्गुन १६, आईतवार १७:१९ गते2 Mins Read

    बिर्तामोड \  युवा तथा खेलकुद मन्त्रालयले झापा टुडे डटकमका सम्पादक हिमाल खरेलसहित नौजना खेल पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

    मन्त्रालयमा आज आइतबार आयाजित एक कार्यक्रमका बीच खरेलसहित देशभरका नौजना खेल पत्रकारलाई खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान र खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।

    मन्त्रालयले खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान बाँकेका कमल खत्रीलाई प्रदान गरेको छ । पुरस्कारको ५० हजार नगद र प्रमाणपत्र रहेको छ । त्यस्तै, खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार (दलित, महिलातर्फ) दोलखाकी मुना कार्कीलाई प्रदान गरियो । पुरस्कारको राशि २५ हजार नगद र प्रमाणपत्र रहेको छ ।

    प्रदेश १ बाट छनोट भएका खरेल नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हुन् । उनी विगत १७ वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । खरेल हाम्रो खेलकुद डटकमका सम्वाददाता पनि हुन् । उनलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।

    त्यस्तै, खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदेश २ बाट महोत्तरीका रञ्जनकुमार भण्डारी, बाग्मती प्रदेशबाट काठमाडौँका अनिल मल्ल ठकुरी, गण्डकी प्रदेशबाट पाल्पाका माधवप्रसाद अर्याल, लुम्बिनी प्रदेशबाट दाङका मुक्तिबाबु रेग्मी, कर्णाली प्रदेशबाट जुम्लाका भूपेश उपाध्याय र सुदूरपश्चिम प्रदेशबाट डोटीका सीताराम ओझालाई प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार नगद र प्रमाणपत्र रहेको छ ।

    युवा तथा खेलकुदमन्त्री दावा तामाङ, मन्त्रालयका सचिव केदार न्यौपाने, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीलगायतले उनीहरुलाई सम्मान तथा पुरस्कृत गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.