Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मुद्धा हार्दैमा केही हुन्न, हिम्मत भए हटाएर देखाउ
    राजनीति

    मुद्धा हार्दैमा केही हुन्न, हिम्मत भए हटाएर देखाउ

    कनकाई खबरBy कनकाई खबर२०७७ फाल्गुन १६, आईतवार १४:३२ गते2 Mins Read

    कमल \  प्रधानमन्त्री केपी शर्मा ओलीले आफु अदालतबा मुद्धा जितेर प्रधानमन्त्री बन्नेवाला नभएको बताएका छन् ।

    मुद्धा हारेर आफुलाई केही फरक नपर्ने ओलीले बताए ।

    आज झापाको कमलमा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै उनले त्यस्तो बताएका हुन् ।

    ‘पचास वर्षको राजनीतिमा मुद्धा कति हारियो कति,’ उनले भने–‘अविश्वास प्रस्ताव पास गरेर देखाउनु पर्यो नि, त्यसपछि दुई तिहाई जनमत ल्याएर प्रधानमन्त्री बन्नेछु ।’

    ओलीले प्रचण्ड नेपाल समूहलाई अविश्वास प्रस्ताव ल्याएर आफुलाई प्रधानमन्त्री पदबाट हटाउन चुनौति दिए ।

    ‘गल्ती नगर्ने तर मुद्धा हार्नै आएको व्यक्ति हुँ, मुद्धा जितेर प्रधानमन्त्री बन्नेवाला होइन,’ ओलीले भने । जनताको हात आफ्नो टाउकामाथि आशिर्वादको रुपमा रहेसम्म आफु नहार्ने उनले बताए ।

    नेकपा प्रचण्ड नेपाल समूहका नेता पुष्पकमल दाहाल र माधव कुमार नेपाल संसद् पुनस्र्थापन लगत्तै लड्डु खाएर चितवनको सभा छाडेर बुढानिलकण्ठका देवताको पाउ पूजामा गएको ओलीले टिप्पणी गरे ।

    ‘चितवनको सभा छाडेर, लड्डु खाएर, प्लेन चढेर सिधै सुतिरहेका बुढानिलकण्ठको पाउ पूजा गर्न गए भन्ठानेको थिएँ,’ ओलीले कांग्रेससँग सहयोग माग्न प्रचण्ड नेपाल समूह गएको प्रसंगमा कटाक्ष गर्दै भने–‘सुतिरहेका होइन, उठिरहेका बुढानिलकण्ठको पाउ पूजा गर्न पो जानु भएको रहेछ ।’

    नेकपा प्रचण्ड नेपाल समूहका नेतालाई दुई मिस्टरको संज्ञा दिदै ओलीले माधव कुमार नेपालले हिन्दीमा खुशीलायी साटेको सन्दर्भलाई कतातिर फोन गरेको भन्दै प्रश्न गरे ।

    ‘सुनियो त्यस्तो, कता फोन गरेको हो त्यो थाहा भएन,’ उनले भने–‘लड्डु खाए लगत्तै एउटा फोन आएछ, हेल्लो कैसे हो आप ? आपके सहयोगके लिए बहुत बहुत धन्यवाद ।’

    आफुलाई हटाएर अर्को प्रधानमन्त्री बन्ने कुरा अर्को (भारत) देशका लागि अनुकूल भएको समाचार विभिन्न मिडियामा आएको उनले बताए । लोकतन्त्रपोष्टबाट

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.