Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिवसताक्षी मेयरकपको तयारी पूरा
    खेलकुद

    शिवसताक्षी मेयरकपको तयारी पूरा

    कनकाई खबरBy कनकाई खबर२०७७ फाल्गुन १४, शुक्रबार १३:१० गते3 Mins Read

    शिवसताक्षी / झापाको शिवसताक्षीमा तेश्रो संस्करणको नगर स्तरीय मेयरकप खेलकुद प्रतियोगिता हुने भएको छ । ८ विधाका १९ वटा खेल नगरका विभिन्न खेल मैदान तथा कवर्डहलमा हुने आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिले जनाएको छ ।

    आयोजकका अनुसार फागुन १७ देखी २८ गते सम्म हुने प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, क्रिकेट, कराँते, कबड्डी र व्याडमिण्टनका खेल हुनेछन् । शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा तामाङ्गका अनुसार नगर स्तरिय फुटबलका बिजेता वडाले ७५ हजार पाउने छ भने उपविजेताले ४१ हजार नगदै पुरस्कार पाउने छ । यो वाहेक मेडल, ट्रफि र प्रमाणपत्र पनि बिजेताले पाउने छन् ।

    फुटबल विधाका सर्वोकृष्ट खेलाडीले १५ हजार र म्यान अफ दि म्याचका विजेताले १४ हजार पाउने छन् । प्रतियोगितामा सर्वाधिक गोल गर्ने वडाले ८ हजार पाउने आयोजक समितिका सन्तोष पौडेलले बताए । वेष्ट किपर, डिफेन्स, मिड फिल्डर, स्ट्राईकरले जनही ५ हजार पाउने छन् । फुटवल दुधेको क्षेत्रीय रंगशालामा १७ गते देखी २८ गते सम्म हुने छ ।
    यस्तै भलिबल खेलमा विजेता वडाले ५० हजार पुरस्कार पाउने छ भने उपविजेताले ३० हजार पाउने छ । पारावारीको खेलमैदानमा १८ गते देखी हुने भलिबल खेलका म्यान अफ दि म्याचको उपाधी पाउने खेलाडीले १४ हजार र वेष्ट प्लेयरले ७ हजार पाउने छन् ।

    यता महिला तथा पुरुष दुवैको एथलेटिक्सि प्रतियोगिता २२ गते देखी हुने भएको छ । व्याङ्गडाँडामा हुने उक्त प्रतियोगिता ८ सय देखी ३ हजार मिटर दुरी सम्मको हुने छ । आयोजकका अन्ुसार छेलो खेलमा महिला पुरुष दुवैले सहभागिता जनाउने छन् । लङ जम्प महिला—पुरुष र हाईजम्पमा महिला मात्र सहभागि हुने छन् । एथलेटिक्स खेलका लागि आयोजकले ६३ हजार ५ सय पुरस्कार राशी छुट्याएको छ ।

    मेयरकप अन्तर्गत क्रिकेट बिधाको खेल १९ गते देखी झिलझिले खेलमैदानमा हुने छ । आयोजक समितिका लक्ष्मण अधिकारीले दिएको जानकारी अनुसार बिजेता वडाले ५० हजार र उपविजेताले ३० हजार पाउने छ । क्रिकेटको म्यान अफ दि म्याच १४ हजार, म्यान अफ दि सिजिर ३ हजार र वेष्ट अफ दि खेलाडीले ५ हजार पाउने आयोजकले जानकारी दिएको छ ।

    मेयर कपमा कराँते खेल पनि हुने छ । कराँते महिला र पुरुष दुबैको फरक फरक हुने छ । माईधारको कवर्ड हलमा २२ गते देखी हुने उक्त प्रतियोगिताका बिजेताले २० हजार पाउने समितिका प्रेम फुँयलले बताए । आयोजकका अनुसार कबड्डी २६ गते देखी र बुद्धिचाल पनि २० गते देखी दुधेमा हुने छ । कबड्डीका बिजेताले १५ हजार र उपविजेताले १० हजार पाउने छन् । यस्तै बुद्धिचालका बिजेताले क्रमश १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।

    यता व्याडमिन्टन तर्फको खेल माईधारमा हुने छ । सो विधाका डवल खेडाली बिजेताले १० हजार र सिङगल बिजेताले ५ हजार पाउने छन् । यस्तै दोश्रो डवल बिजेताले ५ हजार र दोश्रो सिङगल बिजेताले ३ हजार पाउने छन् ।

    शिवसताक्षी नगरपालिकाले मेयर कपलाई मिनि ओलम्पीको उपमा दिएको छ । चालु आर्थिक वर्ष ०७७÷०७८ मा १५ लाख रकम विनियोजन गरेको थियो । गत वर्ष कारोना भाईरसका कारण रोकिएको उक्त प्रतियोगिता फेरी संचालनको तयारी भएको शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले बताए । आयोजकले सबै विधाका खेलमा ५ लाख २९ हजार ५ सय पुरस्कार राशी छुट्याएको छ ।

    आयोजकले प्रतियोगिताको सबै तयारी पुरा भएको जनाएको छ । पुनस्थापित संसदका झापा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद एलपी साँवा लिम्वुले मेयर कपको भव्य समारोहका बिच उद्धघाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.