Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सेवाका क्षेत्रमा सुरुङ्गा रोटरी
    समाचार

    सेवाका क्षेत्रमा सुरुङ्गा रोटरी

    कनकाई खबरBy कनकाई खबर२०७७ फाल्गुन १३, बिहीबार ०२:०७ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगर क्षेत्रमा क्रियाशिल सामाजिक अभियन्ताहरुको संस्था रोटरी क्लव अफ सुरुङ्गाले वौद्विक अपाङ्गता भएका शारीरिक रुपमा अशक्त वालवालिकाहरुलाई खाद्य सामाग्री वितरण गरेको छ ।
    विश्व रोटरी दिवसको अवसर पारेर सुरुङ्गा रोटरीले मंगलबार कनकाई नगरपालिकाको कार्यालय नजिकै रहेको कनकाई १ स्थित सुस्त मनःस्थिती सरोकार समाज नेपाल नामक संस्थामा रहेका १४ जना वालवालिकाहरुकालागि एक महिनालाई पुग्ने चामल, दाल, खाने तेल लगायतका खाद्य सामाग्री वितरण गरेको क्लवका अध्यक्ष टिकाप्रसाद जमरकट्टेलले बताए । सुरुङ्गा रोटरीका अध्यक्ष कट्टेलको सभापतित्व रहेको खाद्य सामाग्री वितरण कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष एलपी उप्रेती, निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल, इनकमिङ प्रेसिडेन्ट शुसिलकुमार श्रेष्ठ, सुरुङ्गा जेसीजकी अध्यक्ष यदुका उप्रेती लगायत क्लवका पदाधिकारीहरुको उपस्थिती रहेको सचिव तुलसी विमलीले जानकारी दिएका छन् । सामाजिक क्षेत्रमा निस्वार्थ ढङ्गले रचनात्मक कार्य गर्दै आएको क्लवले आफ्नो वार्षिक क्यालेण्डर निर्माण गरी सेवाका क्षेत्रमा समेत महत्वपूर्ण कार्य गर्दै आएको बताइएको छ ।

    सुस्त मनःस्थिती सरोकार समाजकी अध्यक्ष भागीरथा चापागाईँ पोखरेलका अनुसार सडक वालवालिका, बेपत्ता र हिंसा पिडित वौद्धिक रुपमा अपाङ्गता भएका वालवालिकालाई २०७२ सालदेखि संस्थाले संरक्षण दिँदै आएको छ । स्थानीय सरकार कनकाई नगरपालिका साथै १ नं.प्रदेश सरकारबाट भएको थोरै सहयोगले मात्र वालवालिकाको संरक्षणमा कठिन हुँदै आएको भएपनि पछिल्लो समयमा केही सामाजिक संघसंस्थाहरुबाट भएको सहयोगका कारण थोरै भए पनि राहत मिलेको सरोकार समाजकी अध्यक्ष पोखरेलले बताएकी छन् । वालवालिकाको संरक्षणकालागि हाल संस्थाकी अध्यक्ष पोखरेलसँगै सचिवको जिम्मेवारीमा नर्बदा भेट्वाल संग्रौलासहित दुईजना कर्मचारी रहेका छन् । घर भाडासहित वार्षिक रुपमा सात लाख पचास हजार खर्च हुने गरेको यस संस्थामा खर्च अभावका कारण वालवालिकाको संरक्षणकालागि कठिन हुँदै गएको बेला संघसंस्थाबाट भएको सानो सहयोगले पनि ठूलो राहत मिलेको भन्दै संस्थाकी अध्यक्ष पोखरेलले सुरुङ्गा रोटरीले एक महिनाकालागि दिएको खाद्य सामाग्रीकालागि आभार प्रकट गर्दै सहयोगी हातहरुप्रति खुशी व्यक्त गरिन् ।

    सुरुङ्गा रोटरीले स्थापना वर्षदेखि नै स्थानीय स्तरमा लक्षित वर्गलाई न्यानो कपडा वितरण, शुद्ध पिउने पानी तथा सरसफाई, आधारभूत शिक्षामा सहयोग, शारीरिक रुपमा अशक्त भएका वालवालिकाहरुकालागि ह्वील चेयर वितरण लगायत समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा समेत महत्वपूर्ण कार्य गर्दै आएको निवर्तमान अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.