Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘मुलुक चुनावमा जाने सम्भावना बढेको छ’ – राप्रपा अध्यक्ष थापा
    राजनीति

    ‘मुलुक चुनावमा जाने सम्भावना बढेको छ’ – राप्रपा अध्यक्ष थापा

    कनकाई खबरBy कनकाई खबर२०७७ फाल्गुन ८, शनिबार १२:४३ गते2 Mins Read

    गौरीगंज / राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष कमल थापाले मुलुक चुनावमा जाने सम्भावना बढेको बताएका छन्  ।
    पार्टीको  झापा क्षेत्र नं. ५ समितिद्वारा गौरीगंजमा आज  आयोजित वृहत मोटरसाइकल र्यालीको समापन कार्यक्रममा पार्टी अध्यक्ष थापाले केही दिनमै अदालतले चुनावको पक्षमा  फैसला गर्ने बताउदै पार्टी नेता तथा कार्यकर्तालाई  तयारी अवस्थामा रहन आग्रह गरेका थिए ।  
    नेपाली जनताले तिरेको  कर र विदेशीको ऋण लिएर संघियताको बोझलाई नेपाली जनताले धन्न नसकिने बताउँदै अध्यक्ष थापाले संवैधानिक राजासहित हिन्दुराष्ट्रको विकल्प नरहेको बताए ।
    सभामा उनले भने – ‘हामीले राजा आउ देश बचाउ अब भन्ने होइन, हामीले जनता आउ राजा ल्याउ, जनता आउ हिन्दु राष्ट्र ल्याउ भन्ने हो, राजाले मात्र देश बचाउने होइन अब राजा र जनता मिलेर देश बचाउने हो ।’ २००७  सालमा राजा र जनता मिलेर प्रजातन्त्र ल्याएको स्मरण गराउँदै पार्टी अध्यक्ष थापाले  राजा र जनताको साझा प्रयासबाट देश बचाउने र बनाउने काम गर्नुे पर्ने बताए ।
    राजालाई वनवास पठाउनु भो, हिन्दुराष्ट्रलाई खारेज गरियो त्यसबाट पाठ सिकेर अव नेपाली परिवेशमा सबैले अटाउने मौलिक प्रजातन्त्र विकास गर्न सबै राजनीतिक दलहरुलाई हातेमालो गर्न उनले आग्रह गरे ।
    राजसंस्था र हिन्दुराष्ट्रलाई  समाप्त पार्दा  प्रजातन्त्रको लागि कहिल्यै लडनु नपर्ने बताएका प्रचण्डलगायतका नेताहरु अहिले सडकमा रहेको देख्दा कति दयनिय र निरिह रहेको अध्यक्ष थापाले  टिप्पणी गरेका थिए ।  नेकपा भित्रको झगडाका कारण  प्रतिनिधि सभाको विघटन  गर्न नहुने बताउदै अध्यक्ष थापाले गणतन्त्रलाई गाईजात्रामा परिणत गरेको आलोचना गरे ।
    पार्टीका झापा क्षेत्र नं. ५ का क्षेत्रिय अध्यक्ष विजय बरालको अध्यक्षतामा भएको मोटरसाइकल र्यालीको समापन सभामा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेन,पार्टीका केन्द्रिय सदस्य टेकनारायण राजवंशी, प्रदेश नं.१ का संयोजक राम थापा, झापा जिल्ला अध्यक्ष अमर विष्टलगायतले बोलेका थिए । जिल्ला सदस्य तथा गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले स्वागत गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनौ कार्यकर्ता राप्रपा प्रवेश गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.