Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ‘हामीलाई सिध्याउँछु भन्ने प्रचण्ड आफै सिद्धिनुभयो’
    राजनीति

    ‘हामीलाई सिध्याउँछु भन्ने प्रचण्ड आफै सिद्धिनुभयो’

    कनकाई खबरBy कनकाई खबर२०७७ फाल्गुन ८, शनिबार ११:४१ गते2 Mins Read

    विराटनगर \ प्रधानमन्त्री केपी ओलीले प्रचण्ड सिद्धिने बाटोमा हिँडेको आरोप लगाएका छन्। शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका अ‍ोलीले यस्तो आरोप लगाएका हुन्। 

    अझैसम्म फर्किएर आउन र जनताको सागरमा मिसिन आग्रह गर्दै उनले सिद्धिने बाटोमा नहिँड्न सुझाव दिए। ‘अझै फर्किएर आउनुहोस्, नेपाली जनताको सागरमा मिसिनुहोस्। भीरबाट लड्नेलाई राम भन्न सकिन्छ काँध हाल्न सकिँदैन’, प्रचण्डको नाम लिँदै ओलीले भने, ‘उहाँ आउने र फर्किने बाटोमा हिँड्नु भएको होइन। सिधै गएर सिद्धिने बाटोमा हिँड्नु भएको हो। उहाँको हविगत सिद्धिने बाटोमा छ।’ 

    सुरुमा वैद्यको साथमा बसेका प्रचण्ड त्यसपछि डाक्टरको साथमा लागेको र डाक्टरले पनि छोडेपछि अहिले झाक्रीको साथमा पुगेको भन्दै ओलीले व्यङ्ग्य गरे। 

    ‘पहिला प्रचण्ड वैद्यको साथमा हुनुहुन्थ्यो, त्यसपछि डाक्टरलाई साथमा लिनुभयो। वैद्य र डाक्टर छोड्नुभयो। अहिले झाक्रीलाई साथमा लिनुभयो’, ओलीले भने, ‘गलत बाटोमा हिँड्नुभयो उहाँलाई झाक्रीले पनि छोड्छन्।’ 

    ओलीले दुई चार सिटमा सीमित प्रचण्डलाई सुरुमा ठूलो जुरो हालिदिएको त्यसपछि सिङ्ग हादिदिएपछि अहिले उहाँ आफूहरुलाई सिध्याउँछु भन्दै हिँडेको आरोप लगाए। 

    ‘दुई चार सिटमा सीमित हुने प्रचण्डलाई ठूलो जुरो हालिदिएको थिएँ। त्यसपछि लामा सिङ्ग हालिदिएको थिए’, प्रचण्डको आलोचना गर्दै ओलीले भने, ‘त्यसपछि उहाँले नै हामीलाई सिध्याउँछु भन्नुभयो। अब उहाँ सिद्धिनुभयो।’ 

    ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्। प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी प्रदर्शन गरिरहेका बेला ओली नेतृत्वको सत्ता पक्षलेसमेत आमसभा गर्दै आएको छ। 

    ओली पक्षको विराटनगरमा आयोजित आमसभामा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेका छन्। ओली समूहले वैशाख १७ र २७ गतेका लागि घोषणा गरेको चुनावको तयारीमा जुट्न आग्रह गर्दै विभिन्न ठाउँमा सभा गर्दै आएको हो।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.