Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सहारा नेपालबाट कोभिड सहायता रकम हस्तान्तरण
    आर्थिक

    सहारा नेपालबाट कोभिड सहायता रकम हस्तान्तरण

    कनकाई खबरBy कनकाई खबर२०७७ फाल्गुन ८, शनिबार १०:४४ गते2 Mins Read

    कनकाई खबर \ “रोग लाग्नै नदिन प्रयत्न तपाईंको , केही भएमा सहयोग गर्ने बाचा हाम्रो” भन्ने नारालाई सार्थक बनाउँदै झापाको चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरु समक्ष कोभिड सहायता रकम हस्तान्तरण गरेको छ ।
    शुक्रबार सुरुंगाको होटल डिलाइटस्थित सभा हलमा आयोजित कोभिड सहायता कार्यक्रम मार्फत संस्थाले कोरोनाबाट निधन हुने ३ जना शेयर सदस्य र १ जना कर्मचारीका परिवारलाई ९ लाख ८७ हजार ३ सय ७३ रुपैया सहायता रकम वितरण गरेको हो । संस्थाका विभिन्न शाखा मार्फत सहारामा आवद्ध शेयर सदस्यहरु मध्येबाट कोरोना पोजेटिभ भई आईसोलेसनमा बसेका ९८ जनालाई १४ दिनको आसोलेसन भत्ता वापत जनही ७ हजारका दरले ६ लाख ८६ हजार रुपैया वितरण गरिएको छ । उपचारको लागि अस्पताल भर्ना भएका १४ जना शेयर सदस्यलाई १५ लाख ९७ हजार ७ सय ६३ रुपैया प्रदान गरिएको छ ।
    लकडाउनको बेला पनि अति विपन्न लघुवित्तमा आवद्ध सदस्यहरुलाई खाद्यन्न लगायतका अतिआवश्यक बस्तु उपभोग गर्नेगरी ७ हजार ८ सय १६ जनालाई २ करोड ६८ लाख २३ हजार रुपैया सापटी उपलब्ध गराएर उदाहरणीय संस्था बनेको सहारा साकोसले गत आर्थिक बर्षमा सदस्य हितका लागि १० प्रतिशत व्याज मिनाहामा ३ करोड ४५ लाख छुट प्रदान गरेको जीवन वरदान कार्यक्रमका प्रमुख भक्त खड्काले जानकारी दिए ।
    ‘कोभिड महासंकटको वेला सहाराले सदस्य बाहिर रहेका समुदायमा पनि उल्लेखनीय सहयोग उपलब्ध गराएको थियो । जस अनुसार प्रदेश सरकार, स्थानीय निकाय, जिल्ला विपद व्यवस्थापन समन्वय समितिसंगको सहकार्यमा क्वारेन्टाइनमा बसेका विभिन्न जिल्लाका व्यक्ती, झापाको दमकमा रहेको भुटानी शरणार्थी शिविरमा बसोबास गर्ने परिवार र प्रदेश १ का विभिन्न जिल्लामा रहेका विपन्न वर्गका परिवारमा निशुल्क खाद्यन्न वितरण र सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री गरी ५७ लाख ३५ हजार २ सय ५७ रुपैया राहत प्याकेज उपलव्ध गराईएको’ सहारा साकोसका कार्यकारी निर्देशक महेन्द्र गिरीले बताए । समुदाय स्तरबाट स्थापना गरिएको पिसिआर ल्यावका लागि सहयोग उपलव्ध साथै कोरोना कहरका कारण व्यापार व्यवसाय चल्न कठिन भएको अवस्थालाई मध्यनजर गरेर सरल व्याजमा कर्जा उपलब्ध गराईएको जानकारी दिईएको छ ।
    संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।
    कार्यक्रममा कनकाई नगरपालिका वडा नम्बर ३ का अध्यक्ष रुद्रप्रसाद चिमरिया, सुरुङ्गा जेसीज एवम् लायन्स क्लव सुरुङ्गाका संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरिया, सुरुङ्गा खानेपानी संस्थाका अध्यक्ष भिमप्रसाद अधिकारी, कनकाई सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष ख्याम ओली लगायते सहारा साकोसले शेयर सदस्य र समुदायका लागि गरेको कार्यको प्रशंसा गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.