झिलझिले / सताक्षी प्रेस क्लबका निवर्तमान अध्यक्ष शिवसताक्षी निवासी पत्रकार छबिलाल दवाडीलाई पत्नी शोक परेको छ ।
शिवसताक्षी ११ दुधे निवासी पत्रकार दवाडीकी ५९ बर्षिया धर्मपत्नी अनिता दवाडीको आज मंगलबार दिउँसो साढे ३ बजे अचानक निधन भएको हो ।
घरायसी कामकै सिलसिलामा एक्कासी बेहोस भएर लडेकी दवाडी पत्नीलाई तत्काल उपचारका लागि विर्ता सिटी अस्पताल विर्तामोड पुरयाइएको थियो । उनलाई तत्कालै चिकित्सकहरुले मृत घोषणा गरेका छन ।
स्वर्गीय दवाडीको भोलि बुधबार बिहान ९ बजे कन्काई नदीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । पत्रकार दवाडी झिलभिलेवाट प्रकाशित हुने सताक्षी खबर साप्ताहिकका सहसम्पादक हुन् । पत्रकार दवाडीका एक मात्र छोरा राम दवाडी र बुहारी शोभा छन ।
कमेन्टस्