Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » फागुन ८ गते नेकपाको प्रदेशस्तरीय जनसभा
    राजनीति

    फागुन ८ गते नेकपाको प्रदेशस्तरीय जनसभा

    कनकाई खबरBy कनकाई खबर२०७७ माघ २९, बिहीबार १६:५६ गते2 Mins Read

    विराटनगर \ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) १ नं प्रदेश कमिटीले आगामी फागुन ८ गते विराटनगरमा गर्न लागेको सभाका विषयमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलन । सभामा १४ जिल्लाका नेता तथा कार्यकर्ताका साथै जनताको सहभागिता हुने केन्द्रीय सदस्य एवं प्रचार प्रसार कमिटीका संयोजक राजेन्द्र गौतमले जनाउनु भएको छ ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमसत्ताको रक्षा र ताजा जनादेशका पक्षमा सन्देश दिन आगामी फागुन ८ गते विराटनगरमा प्रदेशस्तरीय जनसभाको आयोजना गर्ने भएको छ ।
    नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायत शीर्ष नेताले सम्बोधन गर्ने सभामा प्रदेशका १४ जिल्लाबाट सहभागिता हुने नेकपाको प्रदेश नं १ प्रदेश कमिटीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । नेकपाका केन्द्रीय सदस्य राजेन्द्र गौतमले विकास, समृद्धि र राजनीतिक स्थायित्व, सुदृढ लोकतन्त्रका लागि सभाको आयोजना गर्न लागिएको बताउनुभयो ।
    उहाँले फागुन ६ गते सुनसरीको इटहरी र मोरङको विराटचोकलाई मूल केन्द्र मानेर १० हजारको सहभागितामा मोटरसाइकल ¥यालीको आयोजना गर्ने, फागुन ७ गते बिहान विराटनगर, इटहरी, धरान, इनरुवा, विराटचोक, दमक, विर्तामोडमा युवाको आयोजनामा प्रभातफेरी गरिने बताउनुभयो ।
    प्रेस सङ्गठन नेपालका इञ्चार्ज गौतमले फागुन ७ गते दिउँसो युवा÷विद्यार्थीको मार्चपास र प्रेस सङ्गठन नेपालको प्रदेशस्तरीय भेलाको पनि आयोजना गरिने जानकारी दिनुभयो ।
    प्रदेशस्तरीय सभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सम्बोधन गर्नुहुनेछ । प्रदेश १ का १४ वटै जिल्लाबाट एक लाख ३६ हजार भन्दा बढीको सहभागिता रहने मूल जनपरिचालन समितिका सचिव विनोद ढकालले जानकारी दिनुभयो ।
    जनसभालाई भव्य बनाउनका नेकपा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा एक हजार १११ सदस्यीय समिति निर्माण गरिएको छ । केन्द्रीय सदस्य गौतम र अर्का केन्द्रीय सदस्य तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की उपसंयोजक रहेको प्रचारप्रसार कमिटी समेत गठन गरिएको छ । 

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.