Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा टेक्सी व्यवसायीको अध्यक्षमा पुनः लुईँटेल
    समाचार

    सुरुङ्गा टेक्सी व्यवसायीको अध्यक्षमा पुनः लुईँटेल

    ramBy ram२०७५ पुष ८, आईतवार १४:४६ गते2 Mins Read

      सुरुङ्गा \ सञ्चालक र चालकको एकता, उचित भाडा दरको प्रतिवद्धता’ भन्ने मूल नारासहित संगठित भएका सुरुङ्गाका टेक्सी व्यवसायी परिवारको एक विशेष कार्यक्रमका विच छैटौं साधारण सभा सम्पन्न भएको छ ।
    धनुषकोटी धामको वनभोज स्थलमा सम्पन्न भएको साधारण सभाले दुई वर्षे कार्यकालका लागि पुनः ओमनाथ लुइटेललाई अध्यक्षका लागि सर्वसम्मत रुपमा चयन गरेको हो । यस अघि संस्थाको सहसचिव, सचिव हुँदै दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरीसकेका लुईटेल तेस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् । मानवसेवामा समर्पित सक्रिय युवा व्यवसायीका रुपमा परिचित लुईटेलको असल र सफल नेतृत्वकै कारण सामाजिक क्षेत्रमा संस्था स्थापित हुन पुगेको वताइएको छ ।

      यसैगरी संस्थाको उपाध्यक्षमा तारा कोइराला, सचिवमा किशनकुमार ठाकुर, सहसचिवमा गुरुप्रसाद प्रसाईँ, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ र सदस्यहरुमा क्रमशः गंगा कार्की, दुर्गा प्रसाईँ, सरोज खड्का र महेश भट्टराई चयन भएका छन् । संस्थाको ऋण संयोजकमा पूर्णलाल श्रेष्ठ, दुर्घटना संयोजकमा बसन्त विमली, इन्जिन संयोजकमा मनोज शंकर र फाइन संयोजकमा अर्जुन भट्टराई सर्वसम्मत रुपमा चयन भएको वताइएको छ । टेक्सी संचालनका नाममा व्यक्तिगत स्वार्थलाई भन्दा पनि सामाजिक उत्तरदायित्व समेत बहन गर्दै मानविय सेवामा अघि वढेका यी व्यवसायीहरुले समृद्ध समाज निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै साधारण सभाको अवसरमा प्रमुख अतिथी समाजसेवी खेमनाथ मिश्रले यस क्षेत्रका अगुवा टेक्सी व्यवसायीहरुलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए ।

      कनकाई माईको पूर्व र लक्ष्मीपुरको घाग्रा पुल पश्चिम तर्फ रहेका टेक्सी व्यवसायीहरु विच एकता कायम गरी सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहने उद्येश्यका साथ अघि वढेको यस समूहमा हाल ५५ जना भन्दा वढी सदस्यहरु आवद्ध रहेको समूहका अध्यक्ष ओमनाथ लुइटेलले वताएका छन् । संस्थाको तर्फवाट भावी योजना सहितको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष लुइटेलले समूहमा आवद्ध सवारी साधनहरुको संरक्षण साथै संचालक र चालक विचमा एकता कायम गरी सम्वन्धलाई सुमधुर वनाउँदै जाने संस्थाको उद्येश्य रहेको प्रष्ट पारेका छन् । आर्थिक अवस्था कमजोर भई विभिन्न समस्यावाट पिडामा परेका विपन्न परिवारमा मलम पट्टी लगाउँदै मानव सेवामा समर्पित सुरुङ्गा टेक्सी व्यवसायीको सेवा समाजमा अव्बल भएको भन्दै सहभागीहरुले प्रशंसा गरेका थिए ।

      अध्यक्ष ओमनाथ लुईटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा टेक्सी व्यवसायी परिवारका ऋण समिति संयोजक तारा कोइरालाको स्वागत तथा सदस्य राजन पाठकले संस्थाको उद्येश्यमाथि प्रकाश पारेका थिए । सह सचिव किशनकुमार ठाकुरले संस्थाको आय व्यय विवरण सार्वजनिक गरेको साधारणसभामा समाजसेवीहरु टिका पोखरेल, श्याम ओली, भक्तवहादुर पौडेल, संचाकर्मी रामप्रसाद निरौला लगायतले मन्तव्य राखेका थिए भने कर्यक्रमको संचालन पूर्व सचिव पूर्णलाल श्रेष्ठले गरेका थिए ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.