Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विश्व क्यान्सर दिवसको अवसरमा झापा घोषणा पत्र जारी
    समाचार

    विश्व क्यान्सर दिवसको अवसरमा झापा घोषणा पत्र जारी

    कनकाई खबरBy कनकाई खबर२०७७ माघ २२, बिहीबार १७:२३ गते3 Mins Read

    कनकाई खबर / विश्व क्यान्सर दिवसको अवसर पारेर झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोग विरुद्धको झापा घोषणा पत्र जारी गरिएको छ ।

    क्यान्सर रोग न्युनिकरणकालागि सचेतना जगाउँने उद्येश्यले स्थानीय सरोकारवालाहरुको उपस्थितीमा अस्पतालले आयोजना गरेको विशेष कार्यक्रममा प्रतिवद्धतासहित पाँच वुँदे झापा घोषणा पत्र जारी गरिएको हो ।
    जारी घोषणा पत्रमा क्यान्सर रोग विरुद्ध सचेतना फैलाउने, वातावरण स्वच्छताको विषयमा कार्यक्रम संचालन गर्ने, क्यान्सर रोग विरुद्ध प्रचार प्रसार गर्ने, अस्पतालसंँग सहकार्य गरेर स्वास्थ्य शिविर संंचालन गर्ने, झापामा क्यान्सर रोगीको संंख्या न्युन बनाउन सबै पक्षसँंग हातेमालो गर्ने गरी पाँच बुँद्धे घोषणा पत्र जारी गरिएको हो ।

    पूर्वाञ्चल क्यान्सर अस्पताल र वीरता लेडी जेसीजको आयोजनामा संचालन भएको अन्तरक्रियामा जिल्ला तथा नगर स्वास्थ्य प्रमुख, अस्पतालका चिकित्सक, संचार क्षेत्र र युवाहरुको संस्था रोट्रयाक्ट क्लबका प्रतिनिधि सहितको उपस्थितीमा सार्वजनिक गरिएको साझा धारणालाई घोषणा पत्रको रुप दिएको हो ।

    अन्तरक्रिया कार्यक्रममा क्यान्सर रोग कसरी लाग्छ ? क्यान्सर लाग्न नदिन के गर्ने ? रोग लागेपछि उपचार को विधि र प्रक्रिया कस्तो हुन्छ ? लागुपदार्थ र क्यान्सर रोगको सम्बन्ध लगायतका विषयमा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई, मेडिकल डाईरेक्टर एवम् क्यान्सर रोग विशेषज्ञ डाक्टर विरेन्द्र यादव, क्यान्सर तथा स्त्रीरोग विशेषज्ञ डाक्टर प्रियंका कटुवाल, इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख सन्तोष आचार्य, जिल्ला जनस्वास्थ कार्यालय झापाका प्रमुख जीवन चौलागाईं, विर्तामोड नगर स्वास्थ्य प्रमुख तुलसी पोखरेल, पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटा, वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य र रोट्रयाक्ट क्लब विर्तामोड सिटीकी उपाध्यक्ष सालु कोईरालाले आ—आफ्नो धारणा सहित प्रतिवद्धता व्यक्त गरेका थिए ।

    अस्पतालका मेडिकल डाईरेक्टर विरेन्द्र यादवले गत आर्थिक बर्षमा अस्पतालमा १८ हजार ४ सय ४५ जना क्यान्सरका विरामीले सेवा लिएको, दैनिक सरदर ६२ जना विरामीलाई सेवा प्रदान गरिएको र आगामी दिनमा बार्षिक ६ हजार जना विरामीलाई सेवा दिने लक्ष्यका साथ अस्पताल अघि वढिरहेको बताएका छन् । उनले अस्पतालमा उपचार गराउन आउनेहरुमा सबै भन्दा बढी झापालीहरु रहेको जसमा १४ सय ६२ जना, त्यसैगरी मोरङबाट ४ सय ३१, सुनसरीबाट २ सय ९२ र इलामबाट २ सय ३६ जनाले सेवा लिएको जानकारी दिए । उनले तयार पारेको तथ्याङक अनुसार देशका ६० भन्दा धेरै जिल्लाबाट क्यान्सरका विरामीहरु आई रहेको उल्लेख गरिएको छ । जसमा स्तन, पाठेघर र मुख क्यान्सरका विरामीहरु धेरै रहेका छन् ।

    पूर्वाञ्चल क्यान्सर अस्पतालमा विभिन्न जिल्लाबाट ६ सय ७८ जना महिला क्यान्सर रोगीले सेवा लिएको र क्यान्सर रोगीहरु डर र लाजका कारण जचाउँन र उपचारको लागि नआउने गरेको कारण धेरै क्यान्सर रोगीले घरमै क्यान्सर रोग लुकाएर राखेको हुनसक्ने क्यान्सर रोग विशेषज्ञ डा.प्रियंका कटुवालले बताईन् । उनको भनाई अनुसार ‘कुनै पनि क्यान्सर लाग्ने वित्तिकै थाहा नहुने, लागेको ५–१० बर्ष सम्म क्यान्सर चेक गर्न अस्पताल आउने नगर्नाले क्यान्सरका कारण धेरैको मृत्यु हुने गरेको छ । समयमा नै जाँच गराएर उपचार गर्ने हो भने सबै प्रकारको क्यान्सरको उपचार सम्भव रहेको भन्दै सरोकार तथा सबै पक्षले यो संदेश फैलाउनु पर्ने आग्रह गरिन् ।

    अस्पतालकी अध्यक्ष इन्दिरा गिरीको अध्यक्षतामा करिव एकसय जनाको उपस्थिती रहेको कार्यक्रमको संचालन अस्पतालका प्रवक्ता प्रमिश गिरीले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.