Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेपालको गीति संग्रह ‘प्रीति पुष्प’ र गीति एल्बम् ‘ प्रीति ’को विमोचन
    समाचार

    नेपालको गीति संग्रह ‘प्रीति पुष्प’ र गीति एल्बम् ‘ प्रीति ’को विमोचन

    कनकाई खबरBy कनकाई खबर२०७७ माघ २१, बुधबार १२:१० गते3 Mins Read

    बिर्तामोड \ साहित्य चौतारी बिर्तामोड झापाको आयोजनामा साहित्यकार टीका भट्टराई नेपालको गीति संग्रह ‘प्रीति पुष्प’ र गीति एल्बम् ‘प्रीति’को विमोचन गरिएको छ ।
    साहित्य चौतारी बिर्तामोड झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा संस्थापक अध्यक्ष तथा सल्लाहकार शिवशंकर थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संगीत उपाध्यक्ष दिपक राजमाझीले गरेका थिए ।
    कार्यक्रममा वरिष्ठ संगीतकार टीका भण्डारी, कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी, प्राज्ञ सुभद्रा भट्टराई, साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, संस्थापक अध्यक्ष शिवशंकर थापा, अध्यक्ष हस्त परियार, साहित्यकारहरु कोमलप्रसाद पोखरेल, पुण्यप्रसाद खरेल , नवराज घिमिरेलगायतले गीति संग्रह ‘प्रीति पुष्प’ र गीति एल्बम् ‘प्रीति’कोे विमोचन गरिएको थियो ।
    कार्यक्रममा साहित्यकार केशव आचार्यले गीति संग्रह ‘प्रीति पुष्प’को समिक्षा गरेका थिए । सुरुङ्गा निवासी स्रष्टा टीका भट्टराई नेपालले एक सय छ वटा गीत समेटिएको गीति संग्रह प्रीति पुष्प निकालेर गीतकारका रुपमा आफूलाई अव्वल सावित गराएको उनले बताए ।
    कार्यक्रममा वरिष्ठ संगीतकार टीका भण्डारी, कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी, प्राज्ञ सुभद्रा भट्टराई, साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, प्रगतिशील लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्रौला, सुसेली साहित्य परिवार झापाका अध्यक्ष पुण्यप्रसाद खरेल , लेखनाथ पुस्तकालय झापाका अध्यक्ष नवराज घिमिरेलगायतले स्रष्टा टीका भट्टराई नेपालका गीत सन्देशमुलक रहेको बताएका थिए ।
    कार्यक्रममा दृष्टिविहीन गायक मेनुका पौडेल , मणी वर्देवा, भिम सुहाङ लिम्वू लगायतले स्रष्टा टीका भट्टराई नेपालका गीत प्रस्तुत गरेका थिए ।
    सोही कार्यक्रममा टीका भट्टराई नेपालको गीति एल्बम ‘प्रीति’मा समेटीएको दुईवटा गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गरिएको थियो ।
    स्रष्टा टीका भट्टराई नेपालको शव्द ,गायक तथा संगीतकार नरेन्द्र प्यासीको संगीत रहेको ‘देखेँ सन्ततिले भुलेको कहानी ’बोलको गीतमा गायक निशान भट्टराईको स्वर रहेको छ भने निर्देशन चलचित्र निर्देशक दिनेशराज शर्माले गरेका छन् ।
    त्यस्तै स्रष्टा टीका भट्टराई नेपालको शव्द ,गायक तथा संगीतकार नरेन्द्र प्यासीको संगीत रहेको ‘वसन्तमा फुल्ने पुष्प’ बोलको गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ भने नृत्य निर्देशक राज शेर्माले निर्देशन गरेका छन् ।
    झापाको दोमुखा, कोटीहोम , माइधार लगायतका स्थानमा छायाँङ्कन गरिएको गीतको म्यूजिक भिडियोको छायाँङ्कन र सम्पादन सन्तोष राना मगरले गरेका छन् भने ड्रोन क्यामरामा नगेन धिमाल र श्रृङ्गार कृष्ण सुवेदीको रहेको छ ।
    गीतको म्यूजिक भिडियोका कलाकारहरुमा उत्तम केसी नेपाल, दिप्सन भट्टराई,टीका भट्टराई नेपाल, तेजस्वीनी बाँस्कोटा, निर्मला चौलागाईँ, अभिषेक धमला, जीना झर्ना काफ्ले( जोडी),बाल कलाकार प्रतीक नेपाल र देवीचरण भण्डारी रहेका छन् ।
    वि.सं. २०५६ सालमा ‘आमाको माया शोक काव्य’ प्रकाशन गरेर साहित्य विधामा आफ्नो परिचय बनाएकी टीका भट्टराई नेपाल पछिल्लो समय गीतकारका रुपमा परिचित छिन् ।
    गीतकार टीका भट्टराई नेपालको यस अघि ‘तस्विर तिम्रो यी आँखामा आउँछ कैलेकैले ’ बोलको गीत शिशिर योगीको संगीत र स्वरमा सार्वजनिक भइसकेको छ भने गायक तथा संगीतकार नरेन्द्र प्यासीको स्वर र संगीत रहेको ‘पिरतीमा यो मन पगालेर आए’ बोलको गीत सार्वजनिक भइसकेको छ ।
    उनको गीतमा निशान भट्टराई, नरेन्द्र प्यासी, प्रमोद खरेल, मेनुका पौडेल, यसोदा पराजुली लगायत चर्चित गायक गायिकाहरुको स्वर रहेको बताइएको छ ।
    कार्यक्रमको सञ्चालन साहित्य चौतारी बिर्तामोड झापाकी सचिव खगेन्द्रा खुशीले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.