Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक लाख सम्मको उपचार सेवा निशुल्क
    समाचार

    पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक लाख सम्मको उपचार सेवा निशुल्क

    कनकाई खबरBy कनकाई खबर२०७७ माघ १६, शुक्रबार ०२:३४ गते2 Mins Read

    कनकाई खबर / झापाको विर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा विपन्न परिवारका क्यान्सर पिडितले एक लाख सम्मको उपचार सेवा निशुल्क पाउँने भएका छन् ।

    नेपाल सरकार स्वास्थ्य सेवा विभागको विपन्न नागरिक औषधी उपचार कोष कार्यक्रम अन्तर्गत रहेर अस्पतालले सेवा संचालन गरेकोे बताइएको छ । अस्पतालले गत पुस २१ गते नेपाल सरकारसँग गरेको सम्झौताका आधारमा यहि माघ १ गतेदेखि यो सेवा सुचारु गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रोमिश गिरीले जानकारी दिए । अस्पतालमा आएका विपन्न परिवारका विरामीले पनि खर्चको अभावमा उपचारबाट बन्चीत हुन नपरोस् भन्ने उद्येश्यका साथ नेपाल सरकारसँग सम्झौता गरी विपन्न नागरिक औषधी उपचार कोष मार्फत सेवा संचालनमा ल्याएको जनसम्पर्क अधिकृत गिरीले बताए ।

    स्थानीय सरकारका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत साथै सम्बन्धित पालिकाको स्वास्थ्य प्रमुखले हस्ताक्षर गरेको विपन्नताको सिफारीसका आधारमा सेवा उपलव्ध हुने पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा.विरेन्द्र यादबले जानकारी दिए । मुलुककै अत्याधुनिक सुविधासम्पन्न पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडले विपन्न नागरिक उपचार कोष मार्फत एक लाख रुपैयाँसम्मको उपचार सेवा संचालनमा ल्याएको बताइएको छ ।

    नेपाल सरकारले यस अघि चितवनको वीपी कोइराला क्यान्सर अस्पतालमार्फत एक लाख रुपैयाँको उपचारमा सहयोग दिदै आएको थियो । अब यो सरकारी सहयोग पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गर्दा पनि प्राप्त हुने भएको छ ।

    हालसम्ममा अस्पतालबाट १ सय ४० जना विरामीले यो सुविधाकालागि सिफारीस लिइसकेको बताइएको छ । त्यस्तै २७ हजार ८ सय विरामीले ओपिडि मार्फत सेवा लिइसकेको पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर एवम् क्यान्सर रोग विशेषज्ञ डाक्टर विरेन्द्र यादबले जानकारी दिए । डाक्टर यादवका अनुसार क्यान्सर अस्पतालले यो सेवा सुरु गरे यता ३ सय जनाको सर्जरी भइसकेको छ ।

    अत्याधुनिक सुविधा सम्पन्न पूर्वाञ्चल क्यान्सर अस्पतालमा राम्रो उपकरण र सुविधा भएपनि विरामीहरु एक लाख सहयोग पाउने आशाले भरतपुर धाउने गरेको बताउँदै डाक्टर यादवले अब त्यो सुुविधा पाउने भएपछि विरामीको चाप यहाँ बढ्न थालिसकेको जानकारी दिए । क्यान्सरका विरामीलाई आवश्यक पर्ने सबै उपचारमा विपन्न नागरिक औषधि उपचार कोशको सुविधा लागू हुने बताइएको छ ।

    यो सुविधा पाउनका लागि विरामीलाई क्यान्सर लागेको पुष्टि हुने बायोप्सी रिपोर्ट अनिवार्य गरिएको छ । विरामीले सर्वप्रथम अस्पतालमा क्यान्सरको डाइग्नोसिस गराएको हुनुपर्ने र त्यही कागजको आधारमा आफ्नो स्थानीय तहमा गएर विपन्नको सिफारिस ल्याउनु पर्ने बताइएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.