Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिनालाई सुरुङ्गा जेसीजको अभिनन्दन(भिडियो सहित)
    समाचार

    राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिनालाई सुरुङ्गा जेसीजको अभिनन्दन(भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ माघ १५, बिहीबार १४:१५ गते3 Mins Read

    कनकाई खबर / सुरुङ्गा जेसीजसहित एक दर्जन बढी सामाजिक संघसंस्थाहरुबाट महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीलाई अभिनन्दन गरिएको छ ।

    सुरुङ्गा जेसीजको १२ औं पद हस्तान्तरण तथा उत्कृष्ठ नागरीक सम्मान कार्यक्रमका अवसरमा क्रिकेटर क्षेत्रीलाई अभिनन्दन गरिएको हो । झापा जिल्लालाई कर्मथलो बनाएर खेलकुद विधाको क्रिकेटबाट देशकै नाम चिनाउँन सफल क्षेत्रीलाई सुरुङ्गा जेसीजले अभिनन्दन गरेको हो । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तानको जिम्मेवारीमा रहेकी रुबिनालाई सुरुङ्गामा जेसीजसहित एक दर्जन बढी विभिन्न सामाजिक संघसंस्थाहरुका तर्फबाट अभिनन्दन गरिएको हो । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनाल, झापा क्षेत्र नं.४ का निवर्तमान संघिय सांसद एलपी साँवा लिम्बू, प्रदेश सभा सदस्य हीरा थापा लगायतले क्रिकेटर क्षेत्रीलाई नगद सहित अभिनन्दन गरेका हुन् । झापाको मेची नगर १० निवासी क्षेत्रीले खेल क्षेत्रको माध्यमबाट देश विदेशमा समेत पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान स्वरुप नौमति बाजासहित अभिनन्दन गरिएको उत्कृष्ट नागरिक छनौट समितिका संयोजक सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष जविन तिम्सिनाले बताएका छन् ।

    सम्मानित व्यक्तित्वको अभिनन्दन पत्र छनौट समितिकी सदस्य सुरुङ्गा जेसीजकी पूर्व अध्यक्ष सरला दहाल पोखरेलले वाचन गरेकी थिइन् । छनौट समितिमा तिम्सिनासहित सुरुङ्गा जेसीजका पूर्व अध्यक्षद्वय सरला पोखरेल र भिम भट्टराई सदस्य रहेको समितिले यस वर्षको सुरुङ्गा जेसीजको उत्कृष्ट नागरिकका रुपमा क्रिकेटर क्षेत्रीलाइ अभिनन्दन गर्ने निर्णय गरेको बताइएको छ । सुरुङ्गा जेसीजबाट पाएको यो सम्मानले खेल क्षेत्रमा थप उर्जा मिलेको क्रिकेटर क्षेत्रीले बताएकी छन् ।

    सुरुङ्गा जेसीज वर्ष २०२० का अध्यक्ष त्रिलोचन उप्रेतीको सभापतित्व एवम् नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालको प्रमुख आतिथ्य रहेको पद हस्तान्तरण तथा उत्कृष्ठ नागरीक सम्मान कार्यक्रममा वर्ष २०२१ की अध्यक्ष यदुका उप्रेतीलाई वर्ष २०२० का अध्यक्ष त्रिलोचन उप्रेतीले आफ्नो गलाको चेन हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेका हुन् । पदभार ग्रहणसँगै वर्ष २०२१ की अध्यक्ष उप्रेतीले आफ्नो समितिलाई पूर्णता दिएकी छन् ।

    केही दिन अघि सम्पन्न साधारण सभाबाट सर्वसम्मत निर्वाचित भएका पदाधिकारी बाहेक अन्य केही जिम्मेवारीलाई पूर्णता दिँदै नयाँ समितिले पदभार ग्रहण गरेको हो । सुरुङ्गा जेसीजको वर्ष २०२१ का लागि पदभार ग्रहण गर्नेहरुमा नव निर्वाचित अध्यक्ष यदुका ओली उप्रेती सहित , कार्यकारिणी उपाध्यक्षद्वय राजकुमार कट्टेल र टिकाराम भण्डारी(सुदिप), कानुनी सल्लाहकार सुष्मा न्यौपाने उप्रेती, महासचिव मेनुका शिवाकोटी(देवका), कोषाध्यक्ष दिपेन्द्र प्रधान, सचिव चन्द्रकला ढकाल, उपाध्यक्षहरु मुक्ता कार्की, रिसवसिंह चाहर, खुस्बु पौड्याल , प्रतावबाबु जमरकट्टेल, तालिम संयोजक विनिता मैनाली, जनसम्पर्क अधिकारी किशोर दहाल, प्रकरण निर्देशक सुमन कार्की, शाखा सम्पादक विजय पाठक, स्वास्थ्य संयोजक सुशिला बोहोरा, खेलकुद संयोजक विवेक शिवाकोटी, जेसीज सप्ताह संयोजक केशव शिवाकोटी, साँस्कृतिक संयोजक मनुशा श्रेष्ठ, व्यापार संयोजक अनमिका सिटौला, शिक्षा संयोजक सन्दिप मरासिनी, संचार संयोजक रोहित कोइराला, संघसंस्था संयोजक पुष्पराज ढकाल रहेका छन् ।

    कार्यक्रम संयोजक सुमन कार्कीले स्वागत साथै विनिता मैनालीले आस्थावाचन गरेको कार्यक्रममा निवर्तमान संघीय सांसद एलपी साँवा लिम्बू, प्रदेश सभा सदस्य हीराकुमार थापा, कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईँ, सम्मानित व्यक्तित्व रुबिना क्षेत्री, विर्ता जेसीजका निवर्तमान अध्यक्ष मिजास पोखरेल, सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष कुमारमणि पोखरेल लगायतले वर्ष २०२१ को समितिलाई सफलताको शुभकामना दिएका थिए । पहिलो सत्रको कार्यक्रमको संचालन वर्ष २०२० का महासचिव अर्जुन बोहोराले र दोस्रो सत्रको कार्यक्रम वर्ष २०२१ की महाचिव मेनुका शिवाकोटीले संचालन गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.