Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई माईको पूर्वी तटमा बाढीबाट बच्न स्पोरसहित तटबन्धन
    कनकाई खबर बिशेष

    कनकाई माईको पूर्वी तटमा बाढीबाट बच्न स्पोरसहित तटबन्धन

    adminBy admin२०७५ भाद्र ७, बिहीबार ०४:३९ गते2 Mins Read

    सीएम शर्मा
    कनकार्इ । कनकाई नगरपालिका वार्ड नं. ४ मा पर्ने कनकाई माईको पूर्वी तटमा बाढी जोखिम न्यूनीकरण गर्न कटान क्षेत्रमा स्पोर तथा बाँध निर्माण कार्य सम्पन्न भएको छ ।

    कनकाई नगरपालिकाको १५ लाख अनुदान र जनश्रमदान २ लाख २६ हजार ४ सय ३९ रुपैयाँ ६० पैसा बराबरको लागतमा ५०/५० मिटरको अन्तरमा कनकाई पुलको दक्षिणी भागमा ३ वटा स्पोर र ३ सय पचास मिटर तटबन्धन निर्माण गरिएको छ ।

    स्पोर र तटबन्धन निर्माणले वर्षा लाग्नु अगावै बाढीबाट हुने सम्भावित खतराबाट सुरक्षित रहन सहयोग पुग्ने कनकाई नदी नियन्त्रण तथा तटबन्धन समितिका सल्लाहकार रत्न प्रधानले बताएका छन् ।

    यसबाट प्रत्यक्ष रुपमा ३ सय घरधुरीका १ हजार बढी जनता लाभान्वित हुनेभएका छन् । समितिका सचिव सोमनाथ खतिवडाले उपभोक्ताको प्रत्यक्ष निगरानीमा निर्माण कार्य सम्पन्न भएकाले काम गुणस्तरीय भएको वताएका छन् ।

    बाढीबाट बच्न निर्माण गरिएका स्पोर र बाँधले सहयोग गर्ने र बाढीको त्रासबाट राहत मिलेको स्थानीय टेकबहादुर माझी बताउँछन् ।

    तोकिएको योजना अनुरुपको काम गर्न स्थानीय उपभोक्ताहरुको भेलाबाट गठित निर्माण समितिलाई जिम्मा दिएकाले समितिले स्वतन्त्रतापूर्वक काम गरेको वार्ड नं. ४ का सदस्य रोशन सुबेदीले बताए ।

    कनकाई नगरपालिकामा आर्थिक वर्षको अन्त्य हुनै लाग्दा कतिपय योजनामा परेका विकास निर्माणका कामहरू पूरा भई सकेका छन् भने कतिपयको निर्माण तीब्र गतिमा अघि बढिरहेको छ ।

    कनकाई नगरमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले कार्यभार लिएपछि विकासनिर्माणले तीब्रता लिएको हो । यसै क्रममा स्थानीय उपभोक्ता उत्साहित भएर नगरपालिकाको सहयोगमा यो बाटो निर्माण गरेका हुन् ।

    उपभोक्ताहरुले नगरभित्र गरिएका पिच सडकमा यो सडकखण्ड पनि गणनायोग्य स्तरीय रुपमा रहने दावी गरेका छन् । उनीहरुले बाटो निर्माणप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।

    स्थानीय उपभोक्ता मीना कार्कीले यो बाटो पिच भएकोमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई वन समूह, सडक बोर्ड लगायत बाटो निर्माणमा अहोरात्र खट्ने समितिहरुलाई धन्यवाद दिएकी छन् ।

    उनले भनिन्, ‘गाउँको भित्रीभागमा यसरी पिच बाटो बन्ला भनेर हामीले सोचेका पनि थिएनौ । यो बाटो निर्माणमा नगरपालिकाका मेयर पटकपटक आएर अनुगमन गर्नुभयो, हामीले केही समस्या भएर बोलाउने बित्तिकै उहाँ आउनुभयो, यो बाटोका लागि मेयरले धेरै ध्यान दिनुभएको छ, हामी आफै लागेर बाटो गुणस्तरीय बनाएका छौं ।’

    त्यसै गरी अर्का उपभोक्ता निशान आचार्यले पहिला खाल्डाखुल्डी धेरै भएको, आवातजावतलाई धेरै समस्या भएको थियो भने अहिले पिच भएपछि सहज र सुविधा भएको बताएका छन् ।

    उनले भने, ‘समयसमयमा मर्मतसम्भारका लागि पनि नगरपालिकाबाट सहयोग भए सडक लामो समयसम्म टिक्ने थियो ।’

    नगरपालिकाको निगरानी र उपभोक्ताको प्रत्यक्ष संलग्नता र सहभागितामा निर्माण कार्य सम्पन्न भएकाले काम गुणस्तरीय भएको सबै पक्षबाट स्वीकार गरिएको छ ।

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    विकास निर्माण
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते

    शिक्षा र समाज रूपान्तरणको अग्रणी यात्राः प्यारागन एकाडेमी

    २०८३ बैशाख ३, बिहीबार ०२:०४ गते

    आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म,हप्तामा दुई दिन विदा

    २०८२ चैत्र २३, सोमबार ११:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.