भद्रपुर \ झापामा कोरोना भाइरसविरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउन सुरु भएको छ ।मेची प्रादेशिक अस्पतालका डा. मनिष सुबेदीले पहिलो खोप लगाएका छन् । उनलाइ स्वास्थ्यकर्मी रमला अधिकारीले खोप लगाइदिएकी थिइन् । दोस्रो खोप जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले लगाएका छन् ।
यसैगरी, तेस्रो खोप स्वास्थ्य कर्मचारी बालकृष्ण भण्डारी, चौथो खोप मनोज भट्टराई र पाँचौ खोप ल्याव टेक्निसियन रमेश भण्डारीले लगाएका थिए । भद्रपुर नगरपालिकाका प्रमुख जीवन कुमार श्रेष्ठले खोप अभियानको शुभारम्भ गरेका थिए ।
मेची प्रादेशिक अस्पतालमै खोप कार्यक्रम सञ्चालन गरिएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालगायत जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति थियो ।
कमेन्टस्