Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई घाटमा विद्युत शव्दाह गृह निर्माणमा पहल सुरु (भिडियो सहित)
    समाचार

    कनकाई घाटमा विद्युत शव्दाह गृह निर्माणमा पहल सुरु (भिडियो सहित)

    कनकाई खबरBy कनकाई खबर२०७७ माघ ११, आईतवार ०३:४० गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई घाटमा विद्युत शव्दाह गृह निर्माण गर्नकालागि पहल सुरु भएको छ । मृत्यु वरण पश्चात हुने अव्यवस्थित दाहसंस्कारबाट वातावरणमा समेत असर पर्ने भन्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले स्थानीय सरकारका तर्फबाट विद्युत शव्दाह गृह निर्माणमा सहयोग गर्ने बताए । कनकाई घाट संचालक समितिलाई आवश्यक प्रक्रिया अघि बढाउँन अनुरोध गर्दै नगर प्रमुख पोखरेलले नगरपालिकाको तर्फबाट पहिलो चरणमा १० लाख रुपैंयाँ उपलव्ध गराउँने साथै आफ्नो व्यक्तिगत तर्फबाट समेत सहयोग गर्ने प्रतिवद्धता जनाए ।

    कनकाई नगरपालिका ४ स्थित पवित्र कनकाई नदिको पूर्वि किनारमा रहेको कनकाई घाटको छैटौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले वातावरणको शुद्धतामा जोड दिँदै विद्युत शव्दाह गृह निर्माणमा एक जुट हुन सम्बन्धित सबैमा आग्रह गरेका हुन् ।

    वातावरणमा हुने प्रदुषणका कारण मानव स्वास्थ्यमा ठूलो क्षति हुने भन्दै नगर प्रमुख पोखरेलले दाताहरुको सहयोगबाट निर्माण भएको हालको चितास्थलको सरसफाईमा समेत विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।

    “सानो रकम, सवैको सहभागिता –व्यवस्थित घाट, हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ २०६७ सालमा स्थापना भएको कनकाई घाटमा हाल सम्ममा पाँचवटा चितास्थल संचालनमा आएको घाट समितिका अध्यक्ष प्रभाखर कडरीयाले बताए । संस्थाका संस्थापक, आजीवन, संरक्षक र सहयोगी सदस्यहरुबाट प्राप्त रकमबाट दुईवटा शव दाहस्थल निर्माण भएको हो भने विर्तामोड निवासी तिलरुपा खड्काले आफ्ना पति स्व.जगत खड्काको स्मृत्तिमा तेस्रो चितास्थल निर्माण भएको बताइएको छ । त्यस्तै मारवाडी सेवा समिति विर्तामोडबाट चौथो चितास्थल र विर्तामोड निवासी द्वारिकालाल मित्तलका सुपुत्र प्रदिप मित्तल र परिवारहरुवाट पाँचौ चितास्थल निर्माण भई संचालनमा आएको संस्थाका अध्यक्ष कडरीयाले जानकारी दिए । संस्थाको तर्फबाट भावी योजनासहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कडरीयाले कोटीहोम क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै हाल सम्म निर्माण भएका संरचनाहरुको संरक्षण साथै सरसफाईमा विशेष ध्यान दिने प्रतिवद्धता जनाएका छन् । साधारण सभाको अवसरमा संस्थालाई विशेष सहयोग गर्ने आजीवन सदस्य साथै संरक्षक सदस्य, मानार्थ, विशिष्ट, सहयोगी र साधारण सदस्य समेतको नामावलीलाई व्यवस्थित गर्न अभिलेख निर्माणको शिलान्यास गरिएको छ ।

    अध्यक्ष कडरीयाको सभापतित्वमा सम्पन्न साधारण सभामा कोषाध्यक्ष मेनुका मैनालीले ३३ लाख ८१ हजार ८ सय ४ रुपैंयाँ बराबरको संस्थाको आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् । संस्थाका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र पोखरेलको स्वागत तथा महासचिव सूर्यप्रसाद उप्रेतीको संचालन रहेको सभामा प्रदेश सभा सदस्य हीराकुमार थापा, कनकाई ४ का वडाअध्यक्ष गोविन्द पौडेल, दाता तीलरुपा खड्का, कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली, मारवाडी सेवा समिति विर्तामोडका अध्यक्ष पवन केडीया, वेदप्रकाश अग्रवाल लगायतले कनकाई घाटलाई थप व्यवस्थित बनाउँने प्रतिवद्धता जनाएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.