Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वीरता जेसीज द्वारा दुई पत्रकार सहित छ जनालाई सम्मान
    समाचार

    वीरता जेसीज द्वारा दुई पत्रकार सहित छ जनालाई सम्मान

    कनकाई खबरBy कनकाई खबर२०७७ माघ १०, शनिबार १७:०१ गते2 Mins Read

    बिर्तामोड / झापाको विर्तामोडमा रहेको वीरता जेसीजको ४० औं पदहस्तान्तण समारोहमा दुई पत्रकार सहित ६ जनालाई सम्मान गरिएको छ ।
    सम्मानित हुनेहरुमा आमसंचार डटकमका समाचार प्रमुख, नेपाल फोटोपत्रकार महासंघ झापाका अध्यक्ष विनोद पाण्डे, पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसी प्रसाद निरौला, जेसी कुशल खतिवडा, वीरता जेसीज पूर्व अध्यक्ष सजेश शिवाकोटी, डा. गोविन्द कँडेल र पब्लिक रिलेसन अफिसर बमबहादुर बस्नेतलाई सम्मान गरिएको थियोे । शनिबार विर्तामोडमा आयोजित पदहस्तान्तण समारोहका बिच सम्मान गरिएको हो ।
    वीरता जेसीजका पूर्व अध्यक्ष अग्रज पत्रकार मदन ढकालको स्मृतिमा स्थापित ‘मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार’ बाट पत्रकार पाण्डेलाई सम्मान गरिएको हो । पुरस्कारका संस्थापक सावित्रा ढकाल , झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना , वीरता जेसीज सन् २०२० का अध्यक्ष मिजाश पोखरेलले पत्रकार पाण्डेलाई नगद १५ हजार र सम्मान पत्र प्रदान गरेका थिए ।
    त्यसैगरी वीरता जेसीजका मानार्थ सदस्य बशन्त रिमालले आफ्नी आमा दमयन्ता रिमालको स्मृतिमा स्थापना गरेको दमयन्ता रिमाल स्मृति उत्कृष्ट जेसीज  सम्मान द्वारा पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला र जेसी कुशल खतिवडालाई प्रदान गरिएको छ । उनिहरुलाई जनही पाँच हजार एक सय रुपैयाँको उक्त पुरस्कार र सम्मान पत्र  पुरस्कारका संस्थापक बशन्त रिमाल, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना , वीरता जेसीज सन् २०२० का अध्यक्ष मिजाश पोखरेलले उपसम्पादक निरौलालाई प्रदान गरेका थिए । गतवर्षको सोही पुरस्कार कानुनी सल्लाहकार कुशल खतिवडालाई प्रदान गरिएको थियो ।
    त्यस्तै वीरता जेसीजका पूर्व अध्यक्ष सजेश शिवाकोटीलाई दिलकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कार प्रदान गरिएको थियो । १५ हजार रुपैयाँ र सम्मान पत्र पुरस्कार संस्थापक रेखा शर्मा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, वीरता जेसीज सन् २०२० का अध्यक्ष मिजाश पोखरेलले शिवाकोटीलाई प्रदान गरेका थिए ।
      त्यस्तै कोभिडको समयमा  स्वास्थ्य सेवामा पुर्याएको योगदानको कदर गर्दै मेची प्रादेशिक अस्पताल भद्रपुरका वरिष्ठ जनरल फिजिसियन डा.गोविन्द कँडेल, पूर्णटुङ्ग बिर्तासिटी हस्पिटलका बिर्तामोडका पब्लिक रिलेसन अफिसर बमबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।
    त्यस्तै वीरता जेसीज सन् २०२० का अध्यक्ष मिजाश पोखरेलले उत्कृष्ट जेसीज अवार्ड दिवाकरलाल चौधरीलाई र वेष्ट एक्टीभ अवार्ड लोकचन्द्र श्रेष्ठ (एलसी) लाई प्रदान गरेका थिए भने विकास वस्नेत, दिवाकर प्रसाई, अनन्तलाल महतो, सञ्जीव घिमिरे, रोहित प्रसाईं, घनश्याम चौधरी, प्रभात मास्के, जनक खड्का, टिकाराम खतिवडा, आशिष वन, प्रविण खड्कालाई जेसीज अफ द मन्थको अवार्ड प्रदान गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते

    झापा–४ कांग्रेसको क्षेत्रीय सभापतिमा शिव कडेलको बलियो दाबेदारी

    २०८३ आश्विन ११, आईतवार १७:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.