कनकाई खबर \ झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई पितृ शोक परेको छ ।
नगर प्रमुख पोखरेलका ८७ वर्षिय पिता गणेशप्रसाद पोखरेलको आज बुधबार साँझ उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा निधन भएको हो । मुटु सम्बन्धिको समस्याका कारण केही दिनदेखी बिएण्डसीको सघन उपचार कक्षमा उपचार गराइरहेका स्व.पोखरेल तत्कालिन सुरुङ्गा गाउँ पञ्चायतमा लगातार चार पटकसम्म प्रधानपञ्चका रुपमा निर्वाचित भई सफल कार्य सम्पादन गर्दै आएका समाजका एक अग्रज व्यक्तित्वका रुपमा स्थापित थिए ।
स्व. पोखरेलका श्रीमति देवीमाया पोखरेल, छोराहरु क्रमशः सामाजिक अभियन्ता कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलसँगै पोखरेल वंश प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष निर्माण पोखरेल, बहुचर्चित चलचित्र ‘नाइ नभन्नु ल’ का निर्माता समेत रहेका अन्तर्राष्ट्रिय झापाली समाजका निवर्तमान अध्यक्ष दिनेश पोखरेल, डा.फाल्गुनी पोखरेल रहेका छन् । बुहारीहरु क्रमशः मुना(हेलेनवस्ती), शलिना, अनुजा सहित ७ जना छोरी र ज्वाइँहरु क्रमशः सुधा र प्रजापती बास्तोला, अप्सरा र बेनु भट्टराई, दुर्गां र राजेश प्याकुरेल, भगवती ंर डिके आचार्य, अञ्जु र सुमन कोईराला, रञ्जु र बिनयदेव आचार्य, तुलसा र ंरत्नमणि नेपालका अभिभावकका रुपमा रहेका स्व.पोखरेलको विहिबार विहान ११ बजे कनकाई माइमा दाहसंस्कार गरिने भतिजा कुमारमणि पोखरेलले जानकारी दिए ।
स्व.पोखरेको निधनका कारण कनकाई नगरपालिकाले एक सुचना जारी गर्दै विहिवारका दिन शोक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले कनकाई नगरपालिकाको तर्फबाट बुधबार साँझ नै एक सुचना जारी गर्दै नगरको मातहतका सवै वडा कार्यालय, शैक्षिक संस्था साथै स्वास्थ्य संस्था समेतको शोक विदाकालागि सुचना सार्वजनिक गरीसकेको बताइएको छ ।