Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा सडक मानव मुक्त जिल्ला घोषित
    समाचार

    झापा सडक मानव मुक्त जिल्ला घोषित

    कनकाई खबरBy कनकाई खबर२०७७ पुष ९, बिहीबार १६:०३ गते2 Mins Read

    कनकाई खबर / सडकमा आश्रित बेसहारा, अभिभावक विहीन मानवको उद्धार गर्दै झापा जिल्लालाई सडक मानव मुक्त जिल्लाका रुपमा घोषणा गरिएको छ ।

    प्रदेश नं.१ सामाजिक विकास मन्त्रालयको संयोजन एवम् जिल्लाका १५ वटै स्थानीय तह साथै मानवसेवा आश्रम विराटनगरको सहयोगमा झापाको सुरुङ्गामा भएको घोषणा कार्यक्रममा जिल्लाका ७४ जना सडक मानवको उद्धार गरिएको छ । यसरी उद्धार गरिएका मध्ये मेचीनगरबाट २९, दमकबाट १२, वुद्धशान्तीबाट ४, विर्तामोडबाट ७, भद्रपुरबाट ३, कनकाईबाट १४ र गौरीगञ्जबाट ५ जना रहेका छन् ।
    सडक मानवलाई कार्यक्रमस्थल सुरुङ्गास्थित खानेपानीको कार्यालय परिसरमा नुहाउँने, कपाल काट्ने साथै नयाँ कपडा लगाईदिएर सामुहिक भोजन समेत गराइएको थियो । उनीहरुको स्वास्थ्य परिक्षण समेत गर्दै आवश्यक्ताअनुसार प्राथमिक औषधीउपचारको व्यवस्था गरिएको छ ।

    उद्धार गरिएका सडक मानव सवैलाई विराटनगरस्थित मानवसेवा आश्रममा व्यवस्थापन गरिने आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिएका छन् । सडक मानवको पालनपोषण एवम् औषधोपचार खर्च स्थानीय तहहरुबाट नै हुने कुराको जानकारी दिँदै आश्रमका संस्थापक अध्यक्ष अधिकारीले विराटनगरमा दुईवटा हल भाडामा लिएर आश्रम संचालन गर्दै आएको बताए । आश्रममा बेसहारा सहयोगापेक्षी सडकआश्रित मानवहरुको अवस्था अध्ययन तथा विवरण संकलन, उद्धार एवम् पालनपोषण, मनोचिकित्सकीय सेवा, जिविकोपार्जन सम्बन्धि तालिम, पारिवारीक पुनर्मिलन, पारिवारीक परामर्श, जनचेतनामूलक कार्यक्रम एवम् मानवता प्रवद्र्धनकालागि उत्प्रेरणात्मक तालिम लगायतका मानवीय सेवा संचालन हुने आश्रमका संस्थापक अध्यक्ष अधिकारीले जानकारी दिए ।

    शारिरीक तथा मानसिक रुपमा अस्वस्थ भई खुला आकाशमुनी रात बिताउन बाध्य भएका घरबार बिहिन बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सडकआश्रित मानव रहित राष्ट्र निर्माण गर्ने सरकारको अभियान सफल पार्ने उद्येश्यले कार्यक्रम संचालन गरिएको प्रदेश नं. १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले बताएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोष अनुसार तीनवटै तहका सरकारको कार्यक्रमका रुपमा सडक मानवको उद्धार गर्ने कार्यलाई अभियानका रुपमा अघि बढाउनु पर्नेमा जोड दिँदै कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी राज्यमन्त्री गजमेरले मानव सेवामा सधैं सकारात्मक बन्न सवैलाई अनुरोध गरेकी छन् ।

    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको सभापतित्वमा सम्पन्न सडक मानव मुक्त जिल्ला घोषणा कार्यक्रमको सम्पूर्ण व्यवस्थापन कनकाई नगरपालिकाबाट भएको हो । सडकमा आश्रित बेसहारा मानवकालागि २ सय जनालाई लगाउँने कपडा सहारा नेपाल (साकोस) ले सौजन्य गरेको बताइएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, सामाजिक विकास मन्त्रालय १ नं. प्रदेशका सचिव गोविन्दबहादुर कार्की, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, मेची नगरपालिकाकी कार्यबाहक नगर प्रमुख मीना उप्रेती, दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी लगायतले घोषणा कार्यक्रममा स्थानीय सरकारका तर्फबाट ऐक्यवद्धता जनाएका थिए । औपचारीक कार्यक्रमको संचालन सामाजिक विकास महाशाखाकी प्रमुख दुर्गा बरालले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.