Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » प्रविधिको उच्चतम प्रयोग गर्दै नगर बाल संजालको साधारण सभा सम्पन्न, अध्यक्षमा चापागाईँ
    समाचार

    प्रविधिको उच्चतम प्रयोग गर्दै नगर बाल संजालको साधारण सभा सम्पन्न, अध्यक्षमा चापागाईँ

    कनकाई खबरBy कनकाई खबर२०७७ पुष ८, बुधबार १४:१८ गते3 Mins Read

    कनकाई खबर / बालमैत्री नगर घोषणाको तयारीमा रहेको कनकाई नगर बाल संजालले प्रविधिको उच्चतम रुपमा प्रयोग गर्दै अधिवेशनसहितको तेस्रो साधारण सभा सम्पन्न गरेको छ ।
    ‘समृद्ध कनकाई हाम्रो पहिचान, बालमैत्री नगर हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै सुरुङ्गा जेसीजको सभा हलमा क्लवको साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा प्रोजेक्टरको माध्यमबाट क्लवका विभिन्न गतिविधिहरु सार्वजनिक गरेको बताइएको छ । सोही अवसरमा हाल अष्ट्रेलियामा रहेका क्लवका संस्थापक अध्यक्ष नारायण गौतम(नविन) ले क्लवलाई दिएको शुभकामना सन्देशको भिडियो प्रस्तुत गरिएको थियो ।

    क्लवका अध्यक्ष हिमांशु उप्रेतीको सभापतित्व एवम् कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले सभ्य र सुसंस्कृत नयाँ नेपालको निर्माणमा अबका बालबालिकाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । कनकाई नगर क्षेत्रका बालबालिकाहरु संगठित भएर एकताका साथ सकारात्मक अनि रचनात्मक कार्यमा क्रियाशिल हुँदै आएको वर्तमान अवस्थालाई आँफूले नजिकबाट हेर्दै आएको बताउँदै नगर प्रमुख पोखरेलले यसै वर्ष कनकाई नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने योजना रहेको बताए । जसकालागि नगरपालिकाका तर्फबाट समेत आवश्यक तयारी भइरहेको नगर प्रमुख पोखरेलले जानकारी दिए ।

    अधिवेशनसहितको साधारण सभाले आगामी कार्यकालकालागि खेमराज चापागाईँको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । सुरुङ्गा जेसीजको सभा हलमा सम्पन्न क्लवको अधिवेशनसहितको तेस्रो साधारण सभाबाट चापागाईँ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । नगरको नौवटै वडालाई समेट्दै सर्वसम्मत चयन भएका अन्य पदाधिकारीहरु क्रमशः उपाध्यक्षमा हिमाल थापामगर, सचिवमा प्रतिमा आचार्य, सहसचिवमा सार्थक निरौला र कोषाध्यक्षमा प्रिती रिजाल चयन भएका छन् । सदस्यहरुमा अभिषेक मिश्र, अनुप भण्डारी, नविन आचार्य र मोहम्बद इकलाख गरी नौ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो । क्लवको पहिलो बैठकले अरु दुई सदस्य मनोनित गर्दै ११ सदस्यीय नगर स्तरीय बाल संजाललाई पूर्णता दिने नवनिर्वाचित अध्यक्ष चापागाईँले जानकारी दिएका छन् ।

    क्लवको निवर्तमान र पूर्वअध्यक्ष स्वतः सल्लाहकारका रुपमा रहने भएकाले निवर्तमान अध्यक्ष हिमांशु उपे्रती र पूर्व अध्यक्ष सारिका गिरी सल्लाहकारका रुपमा रहेका छन् । क्लवले साधारण सभाको अवसरमा नगरभरीको उत्कृष्ट बाल क्लवका रुपमा वडा नं.१ को प्रगतिशिल वाल क्लवलाई विशेष सम्मान गरेको छ । त्यस्तै विभिन्न गतिविधिमा क्लवलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको क्लवका नवनिर्वाचित सहसचिव सार्थक निरौलाले जानकारी दिएका छन् ।

    कार्यक्रममा क्लवका अध्यक्ष उप्रेतीले वर्षभरी भएका गतिविधिलाई समेटिएको अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै क्लवको वार्षिक आय व्यय समेटिएको आर्थिक प्रतिवेदन कोषाध्यक्ष भूमिका गौतमले प्रस्तुत गरेकी थिइन् । क्लवका सदस्य कुमार कोइरालाले स्वागत गरेको कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाई, नगर शिक्षा प्रमुख पिताम्बर गौतम, जेष्ठ नागरीक संघ कनकाईका अध्यक्ष पुण्यप्रसाद बारकोटी, कनकाई नगरपालिकाकी कार्यपालिका सदस्य सुनिता खरेल सिग्देल, कनकाई नगर बाल संजालकी पूर्व अध्यक्ष सारिका गिरी, लियो क्लव अफ कनकाईका अध्यक्ष रबिन गुप्ता, संचारकर्मी सरोज पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई कनकाई नगर उपप्रमुख मन्जु प्रसाई र क्लवकी पूर्वअध्यक्ष सारिका गिरीबाट सपथग्रहण समेत गराइएको थियो । कार्यक्रमको संचालन भूमिका गौतम र हिमाल थापामगरले संयुक्त रुपमा गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.